ARCHIVE
अवरुद्ध केआईसिंह राजमार्ग सञ्चालनमा, नागरिकलाई आवतजावत गर्न सहज

डोटी । बाढीपहिराले अवरुद्ध यहाँको केआईसिंह राजमार्ग सञ्चालन भएसँगै नागरिकलाई सहज भएको छ । बाढीपहिराले राजमार्ग बगाएपछि आवतजावत सातादेखि बन्द थियो । सडक डिभिजन कार्यालय, सेना, प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीयवासीको सहयोगमा अहिले उक्त राजमार्ग सञ्चालन गरिएपछि सहज भएको हो । राजमार्ग सञ्चालनसँगै यहाँका पहाडी जिल्ला डोटी, अछाम र बाजुरामा[...]