×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ऋद्धिसिद्धि ज्वेलर्सले अव सुनमा जर्ती नकाट्ने, ज्याला मात्र लिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

ऋद्धिसिद्धि ज्वेलर्सले अव सुनमा जर्ती नकाट्ने, ज्याला मात्र लिने

Artha Sarokar

२ असार २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ऋद्धिसिद्धि ज्वेलर्सले अव सुनमा जर्ती नकाट्ने भएको छ । असार १ गतेदेखि नै लागु हुनेगरी ज्वेलर्सले यस्तो घोषणा गरेको हो ।  नेपाल रत्न तथा आभूषण संघ काठमाडौंका बरिष्ठ उपाध्यक्षसमेत रहेका नरेन्द्र गुप्ताले संचालनमा ल्याएको ऋद्धिसिद्धिमा यो अफर लागु भएपछि यस विषयमा विभिन्न कोणबाट बहस सुरु भएको छ ।

अहिले एक तोला सुनको गहना खरिद गर्दा ५ देखि १० लाल जर्ती काट्ने गरिएको छ । यसको अर्थ सुन किन्ने ग्राहकले काटिएको जर्तीबराबरको रकमको शुल्क छुट्टै थप्नुपर्छ वा जर्ती काटिएको कम तौलको सुन लैजानुपर्छ । सुनलाई कुँदेर गहना बनाउने क्रममा केहि टुक्रा नास भएर जाने सुनलाई जर्ती भनिने गरिन्छ ।

ऋद्धिसिद्धि ज्वेलर्सले यस्तो सुरुवात गरेपछि केहि व्यवसायीले यसको विरोध गरेका छन् भने केहिले भने ऋद्धिसिद्धिले चालेको कदम उसको मर्जीको विषय भएको दाबी गरेका छन् । विश्वभर पनि जर्ती नलिने, बरु ज्यालामात्र लिने चलन भएको भन्दै ऋद्धिसिद्धिले जर्ती नकाट्ने निर्णय गरेको हो । थाइल्याण्ड, दुवई लगायतका ठाउँमा पनि सुन किन्दा ज्यालाको मात्र अतिरिक्त शुल्क लिने गरिएको छ । नेपालमा लामो समयदेखि जर्तीका नाममा शुल्क लिने गरिएको छ ।  कतिपय सुनचाँदी पसलले भने अघोषित रुपमा यसमा केहि छुट दिँदै आएका थिए । सुनचाँदी व्यवसायीहरुले १०० भन्दा बढी प्रकारका गहनामा जर्ती कटाउने गरेका छन् ।

गहना बनाउँदा कुन परिमाणमा सुन नास हुन्छ भन्ने कुनै पनि एकिन आधार छैन । यहि मौकाको फाइदा उठाएर नेपाली सुनचाँदी व्यवसायीहरुले आफुखुसी जर्ती कटाएर ग्राहकलाई पैसा थप्न लगाउने वा कम तौलको सुन लैजान लगाउने गरेका छन् । ऋद्धिसिद्धि ज्वेलर्सले पनि यसअघि जर्ती काट्ने गरेको थियो । तर अव भने ऋद्धिसिद्धिले सुन बेच्दा जर्ती नकाटी ज्यालामात्र काट्ने भएको छ ।

केहि व्यवसायीहरुले यसअघि जर्तीका नाममा बढी सुन मासेको देखाएर र ज्याला कम लिएर ग्राहकलाई गुमराहमा राख्दै आएका थिए ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी