CORPORATE
मुक्तिनाथ विकास बैंक र ग्राण्डी इन्टरनेशनल अस्पतालबीच सम्झौता, बैंकका ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट
काठमाडौँ – मुक्तिनाथ विकास बैंक लि. र ग्राण्डी इन्टरनेशनल अस्पताल, टोखा काठमाडौँबीच बैंकका ग्राहकहरुलाई अस्पतालको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त सम्झौता पत्रमा ग्राण्डी अस्पतालको तर्फबाट बजारीकरण तथा व्यवसाय विकास विभाग प्रमुख दिनेश पौड्याल र मुक्तिनाथ विकास बैंक लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन[...]