
नयाँ संविधानको धारा २८८ मा ‘मन्त्रिपरिषद्को गठनसम्बन्धी व्यवस्था’ अन्तर्गत उपधारा २ मा भनिएको छ, ‘यो संविधान प्रारम्भ भएपछि धारा २८६ को उपधारा (६) बमोजिम आव्हान गरिएको व्यवस्थापिका–संसदको अधिवेशन प्रारम्भ भएको मितिले सात दिनभित्र प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद् गठन हुनेछ ।’ धारा २८६ को उपधारा ६ मा उल्लेख छ, ‘यो संविधान प्रारम्भ हु“दाका बखत व्यवस्थापिका–संसदको अधिवेशन चलिरहेको रहेनछ भने राष्ट्रपतिले यो संविधान प्रारम्भ भएको मितिले सात दिनभित्र व्यवस्थापिका–संसदको अधिवेशन आव्हान गर्नेछ ।’ जबकि अहिले संसद्को अधिवेशन चालू छ । यस आधारमा हेर्दा सात दिनभित्रै नयाँ सरकार बन्नुपर्ने हुन्छ ।
भदौभित्रै संविधान जारी भए असोजको पहिलो साताभित्र नयाँ सरकार बनाइसक्नुपर्नेछ । तर, असोज ६ गते प्रधानमन्त्री कोइराला स्वास्थ्य उपचारका साथै संयुक्त राष्ट्रसंघको साधारणसभामा भाग लिन अमेरिकाको न्युयोर्क जाने तय भइसकेको छ । संवैधानिक प्रावधान मिलाउन लागि हाल चलिरहेको संसद्को अधिवेशन तत्कालै अन्त्य गर्ने, संवैधानिक प्रावधानअनुरुप सात दिनभित्र नयाँ अधिवेशन आव्हान गर्ने र पहिलो बैठक बस्न १५ दिनको अवधि राख्ने गरी तीन दलबीच सहमति भएको छ । स्रोतले भन्यो, ‘त्यसो गर्दा असोजको तेस्रो साता प्रधानमन्त्रीले राजीनामा दिनेछन् र नयाँ सरकारको बाटो खुल्नेछ ।’
स्रोतका अनुसार, यससम्बन्धी प्रस्ताव काँग्रेसका तर्फबाट एमाले नेतृत्वसमक्ष पुगिसकेको छ । सरकारको नेतृत्व गर्न स्वाभाविक दाबेदारका रुपमा हेरिएका नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले ‘ठीकै छ, सुशीलजीको स्वास्थ्य उपचारको पनि कुरा छ, त्यसमा केही आपत्ति छैन’ भनिसकेकाले प्रधानमन्त्रीको प्रस्तावित अमेरिका भ्रमणमा फरक नपर्ने भएको छ ।
– See more at: http://www.nepalese.org/article/2015/09/13/25231/#sthash.pAb3UnMi.dpuf
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्