
बन्दले सार्वजनिक यातायातका साधन नचल्दा बिरामी सहज रुपमा अस्पताल पुग्न समेत सकेका छैनन। बन्दको सबै भन्दा बढी मारमा दुर्घटनामा परी घाइते भएका, प्रसुति ब्यथाले छटपटिएका महिला , मुटु र ब्लड प्रेसर जस्ता जटिल स्वास्थ्य समस्या भएका बिरामीहरु परेका छन।
कैलालीकी मुटुरोगकी बिरामी रत्ना टमाटाले औषधी खान थालेको वर्षाै भइसक्यो। डाक्टरले औषधी खान भने देखि रत्नाले कहिल्यै औषधी छुटाएकी थिइनन्।
गाउँ घरका मेडिकल र नजिकको बजारमा रहेका औषधी पसलमा मुटुको औषधी पाइदैन। बन्दका कारण नेपालगन्ज जान नसकेका कारण यसपालिको बन्दमा औषधी समेत किनेर खान पाइएन। ‘औषधी छुटे पछि कति बेला के हुने हो भनेर निक्कै डर लाग्यो। बन्द र हडलातका कारण गाडी नचले पछि मोटर साइकलमा बिरामी लेखेर औषधीको पर्चा सहित श्रीमानलाई नेपालगन्ज पठाएर औषधी मगाएर खाइ रहेकी छु’ टमटाले भनिन् , ‘डाक्टर सापले एक महिना पछि फ्लो अप चेकिङका लागि आउनु भन्नु भएको थियो तर जान सकेकी छैन।’
बन्द हडतालपछि शान्ति सुरक्षाको अवस्था संवेदनशील बन्दै गएका कारण लामो समय देखि कर्फ्यु लागेका कारण कैलालीको टीकापुरका बिरामीहरु थप मारमा छन। कैलालीे टिकापुरका नेपराज भन्डारी रोगले थलिए पनि एक साता सम्म घर मै बस्न बाध्य भए।
निरन्तरको कर्फ्यु, यातायात बन्दबाट आजित भएपछि जोखिम मोलेरै कैलालीको टिकापुरबाट सुरक्षाकर्मी र आन्दोलनकारीहरुलाई आफ्नो स्वास्थ्य समस्या बताउँदै मोटरसाइकल मै नेपालगन्जसम्म आइपुगेको बताए।
बाँके, बर्दिया र दाङका मुटु, ब्लड प्रेसर र छातीसम्बन्धी रोगका दर्जनौ बिरामीहरुले छाती तथा मुटुरोग विशेषज्ञ डा. मिलन प्रकाश श्रेष्ठलाई फोन गरेर खाँदै आएको औषधी सकिएको बन्द र हडतालका कारण थप औषधी किन्न नपाएका कारण वर्षाैदेखि खादै आएको औषधी खान छुटेको, फ्लो अफ चेक जाँचका लागि अस्पतालसम्म आउन नसकेको भन्दै त्यस्तो अवस्था के गर्नु पर्ला भनेर सल्लाह माग्न थालेका छन्।
आर्थिक अवस्था राम्रो भएका बिरामीहरु एम्बुलेन्स रिर्जभ गरेर अस्पताल पुगे पनि गरीब तथा विपन्न परिवारका बिरामी भने घर मै थलिएर बस्न बाध्य भएका छन्।