
‘अहिलेसम्म लाख वा करोड रुपैयाँ भ्रष्टाचार भएको सुन्नु भएको थियो, यो यस्तो आयोजना हो जसमा खरब रुपैयाँभन्दा माथि भ्रष्टाचार हुँदै छ’ मंगलबार बिहान भरतपुरमा भएको कार्यक्रममा पौडेलले भने।
सबै क्षेत्रबाट विरोध भएपनि फाष्ट ट्रयाक निर्माणको जिम्मा भारतीय कम्पनी इन्फास्टक्चर लिजिङ एण्ड फाइनान्सियल सर्भिसेस लिमिटेड (आईएल एण्ड एफएस)लाई दिने प्रयास जारी नै रहेकाे उनले खुलाए। अधिकतम ९० अरब रुपैयाँ खर्च गरेर बन्ने मार्गमा कम्पनीले सवा सय अरब लगानी गर्ने बताएको पौडेलको भनाइ छ।
सवासय अरब लगानी गर्ने कम्पनीले आठसय अरब रुपैयाँ प्रतिफल लैजाने तयारी गरेको उनले बताए। ‘त्यसैले यो परियोजनामा चानचुने होइन खरब रुपैयाँ नै भ्रष्टचार हुँदै छ’ पौडेलले भने। नागरिक समाज चितवनले अयोजना गरेको अन्तरक्रिया कार्यक्रममा पौडेलले यस्तो धारणा राखेका हुन्। नेपाल आफैले बनाउन सक्ने परियोना कमिसनकै चक्करमा भारतीय कम्पनीलाई सुम्पन थालेको उनले बताए।
‘म मुख्य सचिव हुँदै ज्यान कै जोखिम मोलेर चार पेज पत्र लेखेर यो परियोना भारतलाई नदिन प्रधानमन्त्रीलाई जानकारी गराएकै हुँ, म रहदासम्म पारित गर्न ल्याउने आँट कसैले गरेन।’ उनले भने ‘अलिहे कमिसनको खेलमा उसैलाइ जिम्मा लगाउन ज्यान फालेर लागेका छन्।’ उनले देश जोखिममा परेका बेलामा यस्ता आयोजनाको लुछाचुडीमा नभुल्न दलहरुलाई अपिल गरे।
‘दक्षिण एसियामा सबैभन्दा पुरानो राष्ट्र नेपालकै अस्तित्व मेट्ने गरेर धेरै ठूलो डिजाइन तयार भएका छन्, यस्तो बेलामा नेताहरु लालची हुन भएन। संविधान निर्माणका बेलाको जस्तो एकता नदेखाए देशकै नामोनिसान गुम्ने खतरा छ।’ पौडेलले भने। उनले यस्तो बेलामा नेताको खवरदारी नगरे पछुताउने दिन पक्कै आउँछ भन्दै विभिन्न पार्टीका कार्यकर्ता र अाम नागरिकलाई सजग हुन अनुरोध गरे।
सुगौली सन्धियताका विभिन्न समस्याहरु थुप्रदै थुप्रदै अहिले यस्तो विष्फोटक अवस्थामा आएको उनले बताए। ‘त्यसैले यो समस्याबाट निस्कन कुनै छोटो बाटो, जादु वा अचुक फर्मुला केही छैन।’ उनको भनाइ थियो ‘प्रत्येक नागरिकमा नैतिकता, इमान्दारी, मिहनेत गर्ने परिपाटी, अनुशासन र जोखिम उठाउने हैसियत तथा त्यागको भावना भएमा मात्रै हामी सही बाटोमा आउँछौं।’
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्