
संधैको दाताले सुशीलको पक्षमा मतदानका निम्ति चर्को दवाव दिएपछि राजेन्द्र महतो यसरी गिड्गिडाए, ‘उसोभए राजीनामा दिएका लक्ष्मणलाल कर्ण, विमल केडिया र मेर श्रीमती शैलकुमारी महतोलाई लानुस तर राजीनामा दिन बाँकी २ जनालाई छाडिदिनुस् ।’
विचराले यसो भन्दा पनि सुख पाएनन् । रुखो स्वरमा भनियो ‘हैन, हामि कमिटेड भइसकेका छौँ, तपाईंहरु जानै पर्छ ।’ यसरी मधेसी दल आफ्नो मुठ्ठीमा भएको व्यहोरा दक्षिणले प्रमाणित गराई छाड्यो ।
तमलोपा महामन्त्री जितेन्द्र सोनल पनि आइतबार बिहान ११ बजेसम्म जनआस्थालाई भन्दै थिए, ‘हेर्दै जानुहोला, हामी तटस्थ बस्छौँ, नजित्ने मान्छेलाई कसले भोट हाल्छ ?’ तर, उनको अडान तुहिन आधा घण्टा पनि लागने ।
सर्वेन्द्रनाथ शुक्ला त झन सुरुदेखि नै पावरमा नाजुपर्छ भन्ने सोचाइका मानिस, उनको पनि दाल गलेन । दुई साताअघि बिहीबार देखि राजधानीमा डेरा जमाएका र बचिमा एक खेप दिल्ली पुगेर फर्किएका ‘र’का पुर्व उपप्रमुख एबि माथुर हिजोसम्म पनि यतै थिए ।
मधेसी दल उतैका गोटी हुन् भन्ने छाप यसपटक राम्रै सँग पुष्टि भयो । ती सबै दललाई चाहेअनुरुप नै सुशील क्याम्पमा हुलियो । उपेन्द्र यादवले नमान्लान् कि भन्ने डर थियो तर सबभन्दा पहिला सुशीलको पक्षमा मत्दान गर्न उनै तयार भए ।
संसदबाट बिच्किएर हिँडेपछि सधंँका लागि बाहिर परिन्छ कि भन्ने आशंका रहेछ, त्यसैले उनलाई सेफल्याढिडङका लागि यो एउटा राम्रै बाहाना बन्न पुग्इो । विजय गच्छदारले बरु सत्ताकै निमित्त भए पनि अडान लिए तर राजेन्द्र महतोलाई दायाँ– बायाँ ढिम्कनै दिइएन । जनआस्था साप्ताहिकमा खबर छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page









प्रतिक्रिया दिनुहोस्