×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिंहदरबारमा बदनामीको चाङ बनाउने एमालेका मन्त्रीहरु यी हुन्

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

सिंहदरबारमा बदनामीको चाङ बनाउने एमालेका मन्त्रीहरु यी हुन्

Artha Sarokar

१८ आश्विन २०७२, सोमबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

२०५१ सालको अल्पमतको सरकारको स्वाद चाख्न सुरु गरेयता निरन्तर जसो सरकारमा रहेको नेकपा एमालेका वर्तमान सरकारका मन्त्रीहरु भने सबैभन्दा भ्रष्ट र विवादित बनेका छन् । भ्रष्टचारमा परेर र विवादमा परेर एमालेका आधा दर्जन मन्त्रीहरु पटकपटक गरी मन्त्री पदबाट हात धुन बाध्य भए ।

पछिल्लो समय अख्तियारले डामेपछि विहीबार एकैदिन एमालेका दुई मन्त्रीले सिंहदरबार छाड्नुप¥यो । खेलकुदमन्त्री पुरुषोत्तम पौडेल र ऊर्जामन्त्री राधा ज्ञवाली एकै दिन सिंहदरबारबाट हात धुने मन्त्रीमा परे । उनीहरुलाई भ्रष्टचारको आरोपका कारबाहीका लागि अख्तियारले सिफारिस गरेपछि पौडेलले राजनीनामा दिएका हुन् भने ज्ञवालीलाई प्रधानमन्त्रीले बर्खास्त नै गर्नुप¥यो ।

मन्त्री ज्ञवालीले सोलु कोरिडोरको विद्युत प्रसार लाइनको ठेक्कामा अनियमितता गरेको भन्दै अख्तियारले उनलाई हटाउन प्रधानमन्त्रीलाई सिफारिस गरेको थियो । त्यसैगरी एमालेका तर्फबाट युवा तथा खेलकुदमन्त्री बनेका पुरुषोत्तम पौडेल पनि अख्त्यिारको दबाबमा सिंहदरबार छाड्न बाध्य भएका छन् । मन्त्री पौडेलले प्रधानमन्त्रीलाई बिहीबार बुझाएको लामो राजीनामा पत्रमा आफूमाथि अख्तियारले गलत तरिकाले दबाब दिएको तर्क गरेका छन् ।

हुन त एमालेका तर्फबाट सरकारको नेतृत्व गरेका उपप्रधानमन्त्री एवं गृहमन्त्री बामदेव गौतम नै पटकपटक विवादमा र आर्थिक अनियमितताको मुद्धामा परेका थिए । उनी प्रहरीको सरुवा बढुवादेखि नेपाल प्रहरी र सशस्त्र प्रहरीका बीचमा एउटा नियमावली संशोधनका विषयमा आर्थिक चलखेल गरेका समेत आरोप खेपे । प्रहरीको इतिहासमा नै पहिलोपल्ट सार्वजनिक रुपमा विभागीय मन्त्री सामान्यतया ड्युटीमा खटिने प्रहरीको समेत अपमान हुने ढंगले सार्वजनिक रुपमा अपमान गरेर पनि गौतम विवादित भए । सरकारमा बसेर बदनामी कमाउनेमा एमालेका गृहमन्त्री बामदेव गौतम पनि परेका छन् । मन्त्री गौतमले जतिसुकै सक्रिय भएर काम गरे पनि उनी आफ्नो कतिपय क्रियाकलाप र अभिव्यक्तिका कारण अलोकप्रिय बनेका छन् । चाहे त्यो रत्नपार्कमा जेब्रा क्रसिङ छाडेर डोरी नाघ्दा या एसएसपी रमेश खरेलसँगको विवादमा गौतम इज्जत नै धुमिल हुने गरी विवादमा तानिएका थिए ।

सरकार गठन सुरुमा पठाएका उद्योगमन्त्री कर्ण थापालाई एमालेले फिर्ता बोलायो । थापाले आर्थिक अनियमितता गरेकाले फिर्ता बोलाएको बताइएको छ । उनले विशेषगरी अध्यक्ष केपी ओलीलाई कमाइबाट भाग नछुट्टाएपछि कारबाहीमा परी भ्रष्टचारीको शैलीमा एमालेले आफैले फिर्ता बोलाएको हो । थापा पछि पार्टीमा छलफलसमेत नगरी ओलीले आफ्ना विश्वासपात्र महेश बस्नेतलाई उद्योग मन्त्रालयको जिम्मा दिए । बस्नेत आफैँमा विवादित व्यक्ति हुन् ।

एमालेले त्यसैगरी पर्यटन मन्त्रालयको जिम्मेवारी पाएका धेरै नेताहरुले आर्थिक चलखेल गरेको तर पार्टीलाई हिस्सा नबुझाएकाले बदनामी कमाए । सुरुमा भीम आचार्यलाई अपमानजनक तरिकाले पर्यटन मन्त्रीबाट हटाइयो र दीपक अमात्यलाई मन्त्री बनाइयो । पछि अमात्य पनि आर्थिक लेनदेनमा बदनाम भएपछि उनलाई पनि हटाइयो र कृपाशुर शेर्पालाई मन्त्री बनाइयो । आचार्यले सार्वजनिक रुपमा नै एमाले नेतृत्वलाई आर्थिक हिसाब नबुझाउँदा सिकार भएको अभिव्यक्ति दिएका थिए । शेर्पा मन्त्री भएपछि उनले अवैध श्रीमती राखेको पोल खुल्यो र यो विषय पार्टी नेतृत्वसम्म पुग्यो र मन्त्री शेर्पाले ओली निवास बालकोटमा भएको छलफलमा अवैध श्रीमती र छोरालाई सम्हाल्ने प्रतिबद्धता जनाएपछि उनको मन्त्री पद जोगियो । शेर्पाको मन्त्री पद जोगिएबापत एमालेलाई धुम्बराहीमा पार्टीको केन्द्रीय कार्यालय उपहार प्राप्त भयो तर सो उपहार एमालेले पाएपछि उपाध्यक्ष विद्या भण्डारी असन्तुष्ट बनेकी छन् ।

एमालेमा सबैभन्दा बदनाम पात्र हुन् कृषि मन्त्री हरि पराजुली । असार १५ को रोपाइँका दिन महिलाहरुसँग हिलो खेल्ने निहुँमा अभद्र व्यवहार गरेको दृश्य मिडियामा आएपछि मन्त्री पराजुलीले दवाब सहन नसकेर राजीनामा दिए । तर गृहमन्त्री बामदेवको भाग परेर मन्त्री बनेका पराजुली मन्त्री पदबाट राजीनामा दिए पनि मन्त्रालय भने चलाइरहेको समाचार समेत सार्वजनिक भएको खबर देशान्तरमा छ ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी