×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सामान्य ठक्कर दिएर भाग्दा तीन लाख जरिवाना !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सामान्य ठक्कर दिएर भाग्दा तीन लाख जरिवाना !

२७ असार २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं–गत १८ असारको दिउँसो रत्नपार्कमा एउटा सामान्य दुर्घटना भयो । रणोदीप पुलमुनि दुईवटा मोटरसाइकल ठक्कर खाँदा बा.३०प ५५३२ नम्बरको मोटरसाइकलमा सवार रविन खड्का र उनकी श्रीमती लडे । अर्को मोटरसाइकल भाग्यो ।
दुर्घटनामा खड्कादम्पतीलाई सामान्य ठक्कर मात्र लागेको थियो । तर, ठक्कर दिएर भाग्ने मोटरसाइकलले त्यसबापत तीन लाख रुपैयाँ तिर्नुपर्‍यो । दुर्घटनामा घाइते भएर उपचार खर्चका लागि होइन, भाग्नेक्रममा मोटरसाइकलबाट लडेकी महिलाको पर्स ठक्कर दिने मोटरसाइकलमा अल्झिएपछि यो घटना हुन पुग्यो । ती महिलाको पर्समा तीन लाख रुपैयाँ पर्ने गहना र मोबाइल थियो । त्यही सामानको मूल्य भाग्ने मोटरसाइकलले तिर्नुपरेको हो ।
ठक्कर दिने मोटरसाइकलमा नम्बर प्लेटसमेत थिएन । ‘अन टेस्ट’ लेखिएको मोटरसाइकललाई सिसिटिभीको सहयोगमा प्रहरीले सूक्ष्म रूपमा अनुसन्धान गरी पक्राउ गरेको हो । ठक्कर दिने मोटरसाइकलमा दुईवटा साइलेन्सर थिए । सोही जानकारीका आधारमा प्रहरीले दुईवटा साइलेन्सर भएका मोटरसाइकलबारे अनुसन्धान थाल्यो । मोटरसाइकलको डिजाइन रोयल इन्फिल्डको जस्तो थियो । प्रहरीले रोयल इन्फिल्ड कम्पनीमा गएर बुझ्दा सो ब्रान्डको मोटरसाइकलमा दुईवटा साइलेन्सर नहुने खुल्यो ।
थप अनुसन्धान गर्दा हालै मात्र नेपालमा आएको एस ब्रिटिस ब्रान्डको मोटरसाइकलको दुईवटा साइलेन्सर हुने खुल्यो । प्रहरी विक्रेताको कार्यालय लाजिम्पाट पुग्यो । संयोगवश सोही दिन मोटरसाइकल बिक्री भएको थियो । यातायात व्यवस्था कार्यालयमा मोटरसाइकल दर्ता भइसकेको थियो, जसको नम्बर बा ७५प ७१८३ थियो । यातायात कार्यालयबाट विवरण लिई प्रहरीले मोटरसाइकल धनी मोहम्मद रमिजलाई पक्राउ गर्न सफल भयो ।  आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: