Skip to content
LAXMI SUNRISE BANK

२९ बैंकहरुको नाफा २३ अर्ब ! नाफा पैसामा नै हो कि कागजमा मात्रै ?

अर्थ सरोकार

नाफा कमाउनु राम्रोे हो व्यापारमा घाटा हुनु हुदैन यो पनि सत्य हो तर नाफा कमाउदै गरेका बैंक राष्ट्रले हस्तक्षेप गरेका उदाहरण पनि छन् । देखावटी नाफा कमाउने बैंक र प्रतिपर्धाको बैंकिङ बजारले बैंक नै तहसनहस हुने अवस्था देखिनु राम्रो संकेत पक्कै होइन । 
जनताको पैसा राखेर मंहगो तलब भत्ता लिएर दराजको साँचो भिरने बैंकरहरुले छातीमा हात राखेर अब भन्न सक्नुपर्छ । नाफा सक्कली हो कि नक्कली रु व्यापार कमाउन नै गर्ने हो घाटाको व्यापार कसैले गदैन भन्ने भनाई नेपाली बैंकहरुमा लागु भएको छ । तर कागजी नाफा होेइन सही नाफा गरौं ।
जस्तो देशको परिस्थिति भएपनि बैंकहरुले नाफा कमाउन छोडेका छैनन् । नाकाबन्दी र आमहड्ताल छल्दी नेपाली बैंकहरुले २० लाख देखि अर्ब भन्दा माथी नाफा कमाउनुलाई कसरी लिने रु नाफा सही हो कि नक्कली यसको निरीक्षण राष्ट्र बैंकले अब गर्ने की नगर्ने ?
यसको एउटा उदाहरण छ । तत्कालिन ग्राण्ड बैंक लिमिटेडले एक समय १ अर्ब नाफा देखाएको थियो । त्यसको केही महिना पछि बैंकका सिइओ निलम्बन भएर र बैंकको अनुसन्धान भयो त्यो नाफा नक्कली देखियो । त्यसकारण नाफा सही हो वा नक्कली छानवीन गर्न जरुरी छ कि छैन यो खोजीको विषय बन्नु जरुरी छ एक बैंकरले राजतिलक साप्ताहिकसँग बताए । 
बैंकरहरुले लोन दिन्छन् । नाफा लिन्छन् तर जनताले नपत्याउने गरि नाफा कमाउने बैंक र वित्तिय संस्था माथि शंका गर्नु उचित हुन्छ कि हुदैन ?
हेरौ अर्ब भन्दा बढी कमाउने नेपाली बैंकरहरुको कस्तो छ कथा नाफाको ।  तीनवटा सरकारी बैंक सहित ८ वटा वाणिज्य बैंकहरुले नाफा अर्ब रुपैया भन्दा बढी कमाएका छन् । 
कृषि विकास बैंक, नेपाल बैंक, राष्ट्रिय वाषिज्य बैंक, सरकारी स्वामित्व भएका बैंक हुन । अरु प्राइभेट बैंक हुन । जसको नाफा पत्याउनै गा¥हो जस्तो देखिन्छ । 
चौधरी समूहको स्वामित्व रहेको नविल बैंकले २ अर्ब ५ करोड कमाएको भने, पाण्डे समूहको स्वामित्वमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले १ अर्ब ८३ करोड कमाएको छ । 
बढी नाफा कमाउने तेस्रो बैंक भने नेपाल बैंक छ । नेपाल बैंकले पनि यो अवधिमा एक अर्ब ६४ करोड नाफा कमाउको छ भने सरकारी स्वामित्वकै राष्ट्रिय वाणिज्य बैंकले एक अर्ब ६१ करोड नाफा गरेको जनाएको छ । बैंकहरुले गरेको कर्जा प्रवाहका आधारमा यो मुनाफा गरेका हुन् । अर्को हिमालयन बैंकले पनि एक अर्ब ३१ करोड रुपैयाँ नाफा कमाएको छ भने कृषि विकास बैकले एक अर्ब २१ करोड नाफा गरेको छ । विगतमा घाटामा देखिने गरेको यो बैंकको संचालन प्रक्रियामा भएको परिवर्तन र कर्जा प्रवाहमा आएको चुस्तताका कारण अहिले अर्बभन्दा वढी नाफा गरेको हो । एक अर्बभन्दा वढी नाफा कमाउने अन्य दुई बैंकमा भारतीय शेयर रहेको एभरेष्ट र चन्द्र ढकाल समूहको ग्लोवल आइएमई बैंक छन् । 
एभरेष्ट बैंकले पनि यस अवधिमा एक अर्ब २० करोड नाफा गरेको छ भने ग्लोवल आइएमईले एक अर्ब ३ करोड नाफा कमाएको छ । चालु आवको त्रैमासिक अवधिमा राम्रो नाफा कमाउने अन्य बैंकमा एसवीआई, स्ट्याण्डर्ड चार्टड, सिद्धार्थ, एनएमवी, एनआइसी, प्रभु, सिटिजन्स, प्राइम, एनवी, सानिमा छन् । यो अवधिमा एसवीआइले ९५ करोड, स्ट्याण्डर्ड चार्टडले ९० करोड ६७ लाख, सिद्धार्थले ८७ करोड ५७ लाख, एनएमवीले ७७ करोड ११ लाख, एनआइसीले ७५ करोड ९५ लाख, प्रभुले ७५ करोड ७८ लाख, सिटिजन्सले ७२ करोड ४७ लाख, प्राइमले ७० करोड ९५ लाख, एनवी ७० करोड, रुपैयाँ नाफा गरेका छन । 
यस्तै, सानिमाले ६७ करोड र माछापुछ्रे बैंकले ६२ करोड ४२ लाख र सनराइज बैंकले ५८ करोड ८१ लाख रुपैयाँभन्दा वढी नाफा कमाएका छन् । यस अवधिमा २९ ओटा वाणिज्य बैंकले कुल २३ अर्ब ७८ करोड नाफा गरेका छन् । अघिल्लो आवमा यी बैंकको कुल नाफा २० अर्ब ५१ करोड रुपैयाँ थियो । यी बैंकरहरुको नाफा हेर्दा बैंकमा पैसा नै फल्ने हो कि जस्तो जनतालाई लाग्न सक्दछ । अब अन्य नेपालीहले अरु व्यवसाय छाडेर बैंक नै खोने हो कि !

  •  भूपेन्द्र आचार्य
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK