×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बजारमा अवैध आईपीओ ! साहस उर्जा र सिईडिबी हाइड्रोपावरको ठगि

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बजारमा अवैध आईपीओ ! साहस उर्जा र सिईडिबी हाइड्रोपावरको ठगि

Artha Sarokar

१५ श्रावण २०७३, शनिबार

पढ्न लाग्ने समय: ११ मिनेटभन्दा कम

काठमाडौं/ नेपाल धितोपत्र बोर्डले डेढ बर्षअघि गरेको अनुसन्धानलाई कारवाहीको टुंगोमा नपु¥याउ“दा बिभिन्न ‘प्राईभेट’ कम्पनीले ‘सेयर निष्काशन’को नाममा अर्बौ उठाएर अपचलन गरिरह“दा कुनै पनि सरकारी निकायले चाल पाएको छैन । अझ यसमा त ठुला बाणिज्य बैंकहरुका सहायक कम्पनीका नाममा समेत रकम उठाउ“दै व्यक्तिगत रुपमा चलाउने गरिएको छ ।
२०७१ साल चैत्रमा ‘साहस उर्जा प्रालि’ नामक कम्पनीले बिभिन्न राष्ट्रिय दैनिक पत्रिकाहरुमा सेयर निष्काशनको सुचना नै निकालेर रकम संकलन गरेको थियो । त्यसबेला सेयर बजार साप्ताहिकले ‘कानुनविपरित सेयर निष्काशन गरेको’ भन्दै समाचार लेखेपछी धितोपत्र बोर्ड अनुसन्धान समेत अघि बढाएको थियो । तर, सो कम्पनीले बोर्डभित्र च्यानल मिलाएर सो काण्ड सामसुम बनाएको चर्चा त्यतिबेलै चलेको थियो । बोर्डले वास्ता नगरेपछी उसले लामो समयसम्म रकम उठाउने धन्दा कायम राख्यो । यसरी उसले हालसम्म एक अर्बभन्दा बढी रकम संकलन गरेर आफै चलाईरहेको छ । यसरी जनतास“ग खुल्लमखुल्ला सेयरको नाममा रकम उठाएर चलाउने सो कम्पनी एउटा ‘इन्भेष्टमेन्ट कम्पनी’ मात्र हो । जलबिद्युत गृह निर्माणको नाममा उसले एक अर्बभन्दा बढि रकम उठाए पनि सो कम्पनीस“ग एउटै हाइड्रोपावर प्रोजेक्टको लाइसेन्स छैन । सो कम्पनीले मेगा बैंकले प्रबद्र्धन गरेको संस्था भनेर आफुलाई पव्लिकमाझ चिनाउने गरेको छ ।
अहिले फेरी त्यस्तै अर्को काण्ड दोहोरिएको छ । एनएमबी बैंकको सहायक कम्पनी बताउ“दै युनिभर्सल पावर कम्पनी नाम गरेको कम्पनीले देशैभर बिभिन्न कार्यक्रम गर्दै सर्वसाधारण्ँ जनताबाट सेयर निष्काशन भन्दै रकम संकलन गरिरहेको छ । पछिल्लो पटक उसले पोखरा, पाल्पा, रुपन्देही र नेपालगन्जमा कार्यक्रम गरेर जलबिद्युत कम्पनीको सेयर निष्काशन गरेको जनाउ“दै फारम बितरण गरी करोडौं रकम संकलन गरेको छ । रकम संकलन कार्य अझै जारी रहेको कम्पनीले जनाएको छ ।
युनिभर्सल पावर कम्पनी सिईडिबी हाईड्रो फण्डको सहायक कम्पनी हो । सिईडिबी हाईड्रो फण्ड हाल एनएमबी बैंकमा बिलय भएको तत्कालिन क्लिन इनर्जी डेभलपमेन्ट बैंकले प्रबद्र्धन गरेको संस्था हो । तर, मर्जरपछी एनएमबी बैंकले सो कम्पनीबाट हात झिकिसकेको भए पनि उसले मुलुकभर कार्यक्रम गर्दै एनएमबी बैंकको सहायक कम्पनीले बनाउ“दै गरेको जलबिद्युत आयोजनामा सेयर हाल्ने भन्दै रकम संकलन गरेको हो ।
यस बिषयमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौडेलले सिईडिबी हाइड्रो फण्ड र युनिभर्सल पावर कम्पनीमा बैंकको कुनै संलग्नता नरहेको बताएका छन् । शुक्रवार दिउ“सो सेयर बजारस“ग कुरा गर्दै सिईओ पौडेलले सो कम्पनीमा क्लिन इनर्जी बैंकको लगानी रहेकोमा धेरै लगानी फिर्ता लिइसकेको र हाल निकै कम केही रकम मात्र फिर्ता लिन बा“की रहेको जानकारी दिए । यसअघि क्लिन इनर्जी बैंकको तर्फबाट सो फण्डमा प्रतिनिधित्व भए पनि एनएमबी बैंकबाट कुनै पनि प्रतिनिधी नरहेको र सो फण्ड तथा कम्पनीले गरेको काम कारवाहीमा बैंकको भूमिका नरहेको प्रष्टिकरण दिए । तर, सिईडिबी हाइड्रो फण्ड र युनिभर्स पावर कम्पनीले भने आफ्नो वेबसाईटमा क्लिन ईनर्जी बैंक र एनएमबी बैंकको नाम सगर्व उल्लेख गरेका छन् । यसैले पनि उनीहरुको ठगि प्रपञ्च खुलाशा हुन्छ ।
युनिभर्सल पावर कम्पनीले निर्माण्ँ गर्न लागेको दोलखास्थित ११ मेगावाटको खारेखोला जलबिद्युत आयोजनामा सेयर लगानी गर्न भन्दै बिभिन्न सहरमा भेला तथा फारम बितरण कार्यक्रम गरेको छ । त्यस्ता कार्यक्रममा अध्यक्ष विनय कुमार भण्डारी, वित्त व्यवस्थापक श्याम खड्का र व्यवस्थापक प्रभुलाल अधिकारीले सेयर निष्काशन गरेको भन्दै रकम संकलन गर्ने गरेका थिए । अध्यक्ष भनिएका भण्डारी सिईडिबी हाइड्रो फण्डका सिईओ हुन् र उनी अर्को कम्पनी राधी हाइड्रोपावरका अध्यक्ष पनि छन् । एउटै आयोजनालाई धेरै कम्पनीमा देखाउने र एउटै व्यक्ति धेरै कम्पनीमा बसेर पटक पटक यस्तो रकम संकलन गरी जनता ठग्ने प्रपञ्च भएको बुझ्न गाह्रो छैन ।
cedb hydroअग्राधिकार सेयर भन्दै उठाउ“दै
अझ अचम्मको कुरा त के छ भने २ अर्ब ४ करोड रुपैया“मा निर्माण्ँ गर्न लागिएको जलबिद्युत आयोजनाको लागि परिवर्तनीय अग्राधिकार (कन्भर्टिबल प्रिफरेन्स) सेयर खुला गरिएको भन्दै रकम उठाइएको छ । जबकी यस्तो सेयर कुनै प्राईभेट कम्पनीले उठाउन नपाउने र पव्लिक कम्पनीले निष्काशन गर्नका लागि धितोपत्र बोर्ड लगायत कम्पनी रजिष्टार कार्यालयको अनुमति लिनुपर्ने हुन्छ । कुनै पनि सरकारी निकायबाट अनुमति नलिईकन व्यक्तिगत रुपमा नै सर्बसाधारणस“ग सेयर निष्काशन भन्दै करोडौं रुपैंया संकलन गरि“दा पनि नियामक निकायहरु भने मौन छ ।
विदेशमा समेत उठाइयो
युनिभर्सल पावर कम्पनीले त अग्राधिकार सेयर निष्काशन गरेको भन्दै मलेसिया र कोरियासम्म गएर पैसा उठाएका छन् । उनीहरुले दक्षिण कोरिया गएर स्थानीय गैरआवासीय नेपालीका संस्थामार्फत रकम संकलन गरी ल्याएका थिए । कोरियामा मात्र उनीहरुले २ करोड १ण् लाख रुपैंया उठाएको बताइएको छ ।  तर, सो कम्पनीले गरेको निजी कम्पनीको सार्वजनिक निष्काशन कानुनविपरित र अवैध रहे पनि प्रहरी, राष्ट्र बैंक र धितोपत्र बोर्डले हेरेको छैन ।
12190266_879066815481834_1848279943_oयस्तो छ ठगि 
कम्पनीले आव्हानपत्र नै निष्काशन गरी पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको थियो । सेयर बजारलाई प्राप्त सो आव्हान पत्रको बु“दा नम्बर १.१ मा कम्पनीको परिचय अन्तर्गत ‘आयोजनाको स्वामित्व युनिभर्सल पावर कम्पनीमा रहेको छ’ भनिएको छ तर २ नं. बु“दामा ‘प्रवद्र्धक सीइडिबी हाइड्रो फन्ड लिमिटेड र खारे इन्भेस्टमेन्ट लिमिटेड भनिएको छ ।’ स्वामित्व एउटा कम्पनीमा अनि प्रवद्र्र्धन गर्नेचाहि“ अर्को कम्पनी कसरी हुनसक्छ ? यसबारे सेयर किनेको भन्दै धमाधम रकम बुझाउने सामान्य जनताले कुनै चासो राखेका छैनन् ।
त्यस्तै २. २ नं. मा लागत १ अर्ब ६५ करोड भनिएको छ । यसअनुसार स्वपू“जी अर्थात जारी पू“जी बढीमा ५० करोड भएमा पुग्नेमा किन १ अरब २० करोड राखियो ? तर, केही दिनअघि पाल्पामा रकम संकलनका लागि गरिएको कार्यक्रममा २ अर्ब ४ करोड भनेर जानकारी दिइएको छ । जुन कुरा बिभिन्न दैनिक पत्रिकामा समेत आएको छ ।
त्यस्तै बु“दा नम्बर ३.३ को वित्तीय परिसूचकमा स्वपू“जी र ऋण्ँको अनुपात आधा आधा भनिएको छ । जबकी सामान्यतया ऋण र ईक्विटीको रेसियो ७० ः३० हुनेगर्छ ।
आव्हानपत्रको ४ नम्बर बु“दामा साधारण्ँ सेयरमा प्रतिफल (आरओआई) १७.३६ प्रतिशत भनिएको छ । आरओआई के आधारमा तय भएको हो ? भन्ने खुलाईएको छैन । अझ प्रतिशेयर आम्दानी र खुद सम्पति बिना कसरी आरओआई प्रÔेपण्ँ गरिएको भन्ने प्रष्ट छैन । लगानीकर्ता झुक्याउन यस्तो तथ्यांक हालिएको छ । अझ कुन सालको आम्दानीको सुचक भन्ने पनि छैन ।
त्यस्तै ५.७. नंम्बर बु“दामा अग्राधिकार सेयर उठाउने माध्यम निजि परिपत्र विधि भनिएको छ । प्रचलित कानुन अनुसार नेपाल धितोपत्र वोर्डबाट स्वीकृत लिएर मात्र सेयर निष्काशन गनुपर्ने हुन्छ । सेयर निष्काशनमा प्रत्याभूति (अण्डरराईट) गर्नुपर्ने पनि हुन्छ । तर, उसले त यसबारे कम्पनी रजिष्ट्रारको कायाृलयमा समेत कुनै जानकारी नदिएको पाइयो । धितोपत्र बोर्डमा पनि यसबारे उजुरी परिसकेको बताइएको छ । अग्राधिकार सेयर र निष्काशनमा परिपत्र विधि भन्ने कुनै कानुनी प्रावधान छैन । जनता झुक्याउनका लागि मात्र यस्तो लेखिएको छ । जबकी परिपत्र विधि भनेको बढीमा ५० जना व्यक्ति वा संस्थालाई लÔित गरि बिक्री गर्दा अपनाउने तरिका हो । तर, उसले यसैलाई अग्राधिकार भनेर ब्याख्या गरेको छ ।
बु“दा नम्बर ६.मा अघिल्ला वर्र्षको परिष्कृत र आगामी वर्र्षको प्रÔेपित वित्तीय विवरण्ँहरु लेखिनुपर्नेमा यसबारे कुनै जानकारी दिइएको छैन । सेयर निष्काशन गरी रकम संकलन गर्दा जारी गरिने धितोपत्रको संख्या कति हो ? लÔित लगानीकर्ताको सूची र संख्या, बा“डफा“ड गरिने विधि, सेयरको सूचीकरण्ँ र कारोबार सम्बन्धी व्यवस्था आदीको बारेमा कुनै जानकारी दिइएको छैन ।
युनिभर्सल पावर कम्पनीको नाममा सेयर निष्काशन गरिएको छ । जबकी यसको वेबसाईट ठेगाना र कुनै आधिकारिक कार्यालय छैन । सिईडिबी हाइड्रो शुरुमा आव्हान पत्र निकाल्दा  १ अर्ब ६५ करोड लागत भनिएको थियो । तर, अहिले २ अर्ब ४ करोड भनिएको छ । ३० प्रतिशत ईक्विटी मात्रै हाल्ने हो भने पनि ६० करोड आफुले हाल्नुपर्छ । अनि यसलाई पनि ४९ प्रतिशत साधारण्ँमा लाने हो भने करिब ३० करोड चाहिन्छ । पछि साधारण्ँ सेयर बनाउने भन्दै अहिले जनतास“ग पैसा उठाएका छन । जबकी यस्तो नियम नै छैन । युनिभर्सलले कम्तिमा पनि १० करोड उठाउने लक्ष्य राखेको र संकलन कार्य जारी रहेको  बताइएको छ ।
फण्डको कार्यालय र ठेगाना उपयोग गरिएको छ । यस कम्पनीको अध्यक्षमा विनय भण्डारी र सन्चालकहरुमा ध्रुबराज मिश्र, बसन्त राउत र दिपेन्द्रलाल कर्ण पुष्पेन्द्र भट्टराई छन् । उनीहरु सबै सिईडिबीका कर्मचारी रहेको बताइन्छ ।
न्यूनतम १ लाख रुपैंयादेखि माथि २० लाख सम्म सेयर भन्दै रकम उठाइएको छ । अग्राधिकार सेयर भनिएको र लाभांशको सट्टामा ७.५ प्रतिशत प्रतिफल दिने भनिए पनि त्यसका लागि वित्तिय आधार केही छैन । ६ महिनाभित्र अग्राधिकार सेयर साधारण सेयरमा परिणत हुने भनिएको छ । तर, हाल संस्थापक सेयरको हैसियतमा लगानी गरेको  सेयर कुनै हालतमा परिवर्तन हुन सक्दैन । जलबिद्युत कम्पनीले सेयर निष्काशन गरी बा“डफाड गरेको ३ बर्षको लकिङ पिरियड सकिएपछी स्वत सबै सेयर साधारणमा परिणत हुने व्यवस्था छ । आयोजना कहिले बन्ने, कहिले सेयर निष्काशन गर्ने, कहिले सुचिकरण हुने र कहिले लकिङ पिरियड सकिएर साधारण सेयरमा परिवर्तन हुने ? यस्ता बिषय लुकाएर आव्हानपत्र निकाष्शन गरी करोडौं रकम संकलन भैरह“दा पनि सरकारी निकाय चुप छ ।
sahas urjaसाहसको ठगि अझै जारी
गतबर्ष यस्तै आईपिओ निष्काशन भन्दै सेयर बेचेर रकम कुम्ल्याएका साहस उर्जा कम्पनीका सञ्चालकहरु अहिले जलबिद्युत आयोजना बनाउन भन्दा पनि सो रकम लगानी गरेर अन्य बिजनेस गरिरहेका छन । ८६ मेगावाटको सोलुखोला दुधकोशी जलबिद्युत आयोजना आफ्नो भन्दै रकम उठाइएको छ । तर, सोको लाइसेन्स ‘हाइड्रो भेन्चर’ नामक कम्पनीस“ग  छ । र सो कम्पनीमा साहसको शतप्रतिशत शेयर छ ।
आफ्नो सहायक कम्पनीको लाइसेन्स भन्दै नया“ कम्पनी खडा गरेर रकम उठाइएको छ । जबकी ठग्नकै लागि साहस उर्जा बनाइएको हो । नत्र लाईसेन्सहोल्डर कम्पनी ‘हाइड्रो भेन्चर’कै नाममा रकम उठाइन्थ्यो । साहसको नाममा उठाइएको रकम अन्य लगानी गर्नका लागि यसो गरिएको हो ।
लगानीकर्ताहरुलाई साहसको सेयर प्रमाणपत्र दिने अनि हाइड्रो भेन्चरको लाइसेन्सचाहि“ अन्यत्र बेच्ने षडयन्त्र भैरहेको छ । साहस उर्जा कम्पनीमा लगानी गर्नेहरु स्वतः हाइड्रो भेन्चरको सेयरधनी बन्दैनन् । उदाहरणको  लागि नविल बैंकको सेयर किनेर कोही सेयरधनी नविल इन्भेष्टमेन्ट बैंकिङको मालिक हुन्न । नविलले चाहेमो सो सहायक कम्पनी जुनसुकै बेला बिक्री गर्न सक्छ । यदी सोललुखोला हाइड्रोमा सेयर हालेको हो भने हाइड्रो भेन्चर कम्पनीको सेयरधनीको रुपमा रकम लगानी गर्नुपर्छ । तर, साहस उर्जाले अनेक तिकडम गर्दै जनताको एक अर्ब बढी रकम उठाएको छ ।
साहस उर्जालाई मेगा बैंकको सहायक कम्पनीको रुपमा धेरै कार्यक्रमहरुमा प्रस्तुत गरिएको एक लगानीकर्ताले जनाए । मेगा बैंकका अध्यक्ष र एकजना सञ्चालक आएर साहस उर्जा हाम्रै कम्पनी हो भन्ने गरेको र जनतालाई रकम लगानी गर्न प्रेरित गरिएको बताइएको छ ।
साहस उर्जा कम्पनी हाइड्रो भेनचरको बिशुद्ध शेयरहोल्डर मात्रै हो । साहस उर्जाले सोलुखोला हाइड्रोको नाम बेचेर पैसा उठाइ रहेको छ । मुलुकी ऐन ठगिको महल अनुसार यो सिधै ठगि हो आफुस“ग नभएको चिज छ भनी झुक्याएर कुनै चिज बेच्नु कानुनत अपराध हो ।
साहस उर्जा अहिले सेयर बजारमा चर्चित हाथ्वे इन्भेष्टमेन्ट र राजधानी इन्भेष्टमेन्ट जस्तै बिशुद्ध इन्भेस्टमेन्ट कम्पनी हो । यो कुनै उर्जा डेभलपर हैन ।  साहसमा पैसा हालेर सोलु खोला हाइड्रोपावरको शेयरधनी बनिन्न । किनकी साहसस“ग जलबिद्य”तको लाइसेन्स नै छैन । हाइड्रो भेन्चर कम्पनीको संस्थापक हुनुको अर्थ जलबिद्युतको अनुमतिपत्र पाएको भन्न मिल्दैन  ।
संस्थापकको हैसियत लगानी गरेको कम्पनीमा लगानी अनुपातमा संचालक पठाउने र लाभांश माथि अधिकार मात्र राख्न सक्छ  । त्यसको सञ्चालकर सेयर पाउन सक्दैन । यसर्थ अहिले साहसमा लगानी गरेकाहरु ठगिने निश्चित छ । कुनै पनि संस्थापक कम्पनीले अर्को स्वतन्त्र कम्पनीको व्यवस्थापन र संचालनमा हस्तÔेप गर्न सक्दैन ।
जस्तै उदाहरण्ँको लागि अपर तामाकोशीको अनुमतिपत्र नेपाल विद्युत प्राधिकरण्ँस“ग छैन यसको अनुमतिपत्र अपर तामाकोशी हाइड्रोपावर लिमिटेडस“ग छ । प्राधिकरण्ँले आफ्नो शेयर स्वामित्व ४१ प्रतिशत रहेको आधारमा संचालक पठाउन र कम्पनी ऐनको दफा १८२ अनुसार लाभांश माथि मात्र अधिकार राख्छ । यसबाहेक अरु कुरामा कुनै हस्तÔेप गर्न सक्दैन  । सोलुखोलामा साहसको हैसियत पनि यहि हो  ।
पैसा कहा गयो ?
साहस उर्जा ले अर्बभन्दा माथि उठाएको  छ । सो रकम कहा“ छ ? र कसले त्यसको अनुगमन गरिरहेको छ ? भन्ने कुनै रेकर्ड सरकारी निकायमा छैन । जबकी एउटा २ पाने फारम भरेर रकम बुझाएका हजारौं लगानीकर्ताहरुलाई आफ्नो लगानी कसले चलाइरहेको छ भन्ने समेत ज्ञान छैन । कम्पनीले रकम बुझिसकेको र संस्थापक सेयरधनीमा नाम समेत नराखेको उसकै वेबसाईटको सुचना हेर्दा थाहा हुन्छ । हजारौं लगानीकर्ताहरुलाई एउटा रसिद दिएर एक अर्बभन्दा बढी रकम जम्मा गरेको सो कम्पनीले सोको बिस्तृत जानकारी कम्पनी रजिष्ट्रारमा समेत बुझाएको छैन ।
उनीहरुले साहस सेभिङ एण्ड क्रृडिट कोअपरेटिभ नामक संस्था चलाएर कम्पनीको रकमलाई महंगो ब्याजमा ऋण लगाउने गरेका छन् । सेयर धनीस“ग उठाएको रकम ऋणमा दिएर र आफैले सेयर बजारमा लगानी गरिरहेका छन् । जबकी साहसले उठाएको रकम हाइड्रो भेन्चर कम्पनीलाई दिएर आयोजना निर्माणको काम शुरु गरिएको छैन ।
कोको छन ?
जम्माजम्मी बिए पास गरेको भनिएका हिमप्रसाद पाठक वो साहस उर्जाका कार्यकारी अध्यक्ष हुन । उनी नै हाइड्रो भेन्चरको एमडि हुन । यसबाहेक उनी रुरु जलबिद्युतर हुग्दी खोला हाइड्रोपावरको पनि अध्यक्ष छन् । ति सबै आयोजनाको लाइसेन्स लिएर यस्तै ठगि गर्ने हतियार बनेका छन् ।
साहस उर्जाका अन्य सञ्चालकहरुमा भोजबहादुर शाह, जिज्ञाशा सुवेदी, मिनराज क“डेल, पारितोष पौडेल, मुक्तिराम पाण्डे र महेन्द्रकुमार गिरी छन् ।
आयोजनाको मुख्य लाइसेन्स रहेको हाइड्रो भेन्चरमा भने मिनराज क“डेल अध्यक्ष छन् । यसअघि डा. दुमन थापा, कृष्ण आचार्य र भोजबहादुर शाहको कम्पनी हो । उनीहरुले यसअघि यही आयोजनाको लाइसेन्स ज्योती विकास बैंकलाई बिक्री गर्न खोजेका थिए । सो खरिद बिक्रीका लागि एमओयू समेत भैसकेको थियो । सेयर बजार साप्ताहिकले सो बारे समाचार लेखेपछी राष्ट्र बैंकले हस्तक्षेप गरेर कारोवार हुन दिएन ।
साहस उर्जा लिमिटेड नामक एउटा कम्पनी छ भने अर्को साहस हाइड्रोपावर कम्पनी पनि छन् । यसबाहेक अन्य थुप्रै कम्पनी एउटै समुहभित्र बनाइएको छ । यी सबै कम्पनीका नाममा लगानीकर्ता झुक्याउने काम भएको छ ।
मेगा बैंकमा पहिले सञ्चालक रहेका मुक्तिराम पाण्डेले अहिले आफ्ना भाई सिएन पाण्डेलाई बैंकको सञ्चालक बनाएका छन् । उनी  ठमेलमा सम्राट ट्राभल्स र चितवनमा ल्उाण्डमार्क होटल चलाउ“छन् । उनलाई एमाले सरकारले नेपाल बायूसेवा निगमको सन्चालक बनाए पनि उनी केहीअघिसम्म सरकारी शिक्षक थिए ।
धेरैजसो प्याब्सनका व्यक्ति छन् । पाठक आफै बसुन्धरामा रहेको साउथ वेस्टर्न क्लेजका सञ्चालक हुन भने प्याब्सनका अध्यक्ष रहिसकेका भोजबहादुर शाह मुख्य लगानीकर्ता हुन् । महेन्द्र गिरी झापामा सहारा सहकारी चलाउने व्यक्ति हुन । जिल्ला सहकारी संघ झापाका उपाध्यक्ष रहेका उनी पनि एमाले कार्यकर्ता हुन् ।
खनालद्वय पनि ?
साहस उर्जा कम्पनीका सल्लाहकारका रुपमा अर्थशास्त्री तथा पूर्व सांसद डा. डिल्लीराज खनाल र पूर्वसचिब रामेश्वर खनाल राखिएका छन् कम्पनीको वेबसाईटमा सबैभन्दा माथि उनीहरुको नाम र फोटो छ । कुनै पनि कम्पनीमा सल्लाहकारको कानुनी भूमिका हु“दैन र यस्ता निजी कम्पनीमा सल्लाहकार राखिन्न । तर, जनतास“ग रकम उठाउनुपर्ने हुनाले राष्ट्रिय व्यक्तित्वको फोटो राखिएको प्रष्ट हुन्छ ।
जलबिद्युतमा चासो राख्ने कानुन व्यवशायी तथा लगानी बिज्ञ ज्योती दहालका अनुसार यस्ता कम्पनीहरुले आईपिओका नाममा कति रकम उठाए र कति ठगि गरे भन्ने कसैलाई थाहा छैन । विदेशमा समेत रकम उठाइएकाले यसमा ठुलो ठगि भएको अनुमान छ ।
उनी भन्छन, ‘२०५१ सालतिर नेटवर्क मार्केट खुब फस्टाएको थियो । यसमा लागेपछि बसी बसी घरैमा पैसाको पाइपलाइन नै आउछ भन्थे । पछिल्लो पल्ट युनिटी काण्ड पनि यस्तै हो । अहिले यस्तै त हैन तर छिट्टै नै धनी बनाउने भन्दै जलविद्युत कम्पनीमा संस्थापक शेयर हाल र शेयर बेचेर मालामाल बन भनेर खुब प्रचार हु“दैछ । र, धेरैले आ“खा चिम्लेर पाटो पाठो बेचेर धमाधम पैसा बुझाईरहेका छन्  । जलविद्युत सर्वेÔण्ँ गर्ने अनुमतिसम्म नभएका विशुद्ध लगानी (इन्भेस्टमेन्ट) कम्पनीमा समेत भ्रमपूर्ण प्रचारकै भरमा लाइन बसेर पैसा बुझाएको देखियो । यसबारे धितोपत्र बोर्ड र सिआईबीले अनुसनधान गरी कारवाही गर्नुपर्छ ।’
कानुनमा के छ ?
धितोपत्र बोर्डको अनुमति बिना सेयरको सार्वजनिक निष्काशन गर्न पाइ“दैन । त्यसका लागि पनि लामो प्रक्रिया छ । धितोपत्र सम्बन्धी ऐन २०६३ को दफा २९ मा ‘संगठित संस्थाले एक पटकमा ५० जनाभन्दा बढी व्यक्तिलाई धितोपत्र बिक्री बितरण गर्ने भएका त्यस्तो धितोपत्र बिक्री बिवरणको निमित्त सार्वजनिक गर्नुपर्ने’ व्यवस्था छ । सेयर आवेदन लि“दा अनुमतिप्राप्त धितोपत्र व्यवशायीमार्फत गराउनुपर्ने कानुनी व्यवस्था छ । साहस उर्जाले कान्तिपुर, नागरिक, कारोवार र अभियान दैनिकमा पहिलो पेजमा नै सुचना निकालेर सेयर  आव्हान गरेको थियो । उता युनिभर्स पावरले भने बिभिन्न सहरमा कार्यक्रम गर्दै आफैले आव्हानपत्र बा“डेको थियो । यो नै गैरकानुनी कार्य हो ।
प्रस्तुती : शेयर बजार साप्ताहिक 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी