
काठमाडौं – सेयर कारोवारमा ‘क्लिएरिङ बैंकका कारण कारोवारमा समस्या आएको’ धेरै गुनासो धितोपत्र बोर्डमा परेपछी गतबर्ष बोर्डले नया“ क्लिएरिङ बैंक राख्न पाउने गरी नेपाल स्टक एक्सचेन्जलाई स्विकृति दियो । बोर्डले नया“ क्लिएरिङ बैंक थपोस भन्ने अभिप्रायले नियमावलीमा सुधार गरी स्विकृति दिएकोमा नेप्सेका महाप्रवन्धक सिताराम थपलियाले भने त्यसैलाई कमाउने मौकाको रुपमा उपयोग गर्न सफल भए ।
यसअघि बेंक अफ काठमाडौमार्फत सेयर कारोवारको राफसाफ हुन्थ्यो । नेप्सेको आधिकारिक क्लियरिङ बैंकको रुपमा बिओकेले लामो समयदेखि काम गरिरहेको थियो । तर, थपलिया आएपछी उनले बोर्डलाई समेत गुमराहमा राखी अचानक निर्णय परिवर्तन गरी नया“ प्रस्ताव आव्हान गरे । सो अन्तर्गत केही बैंकले आवेदन दिए । काम गरिरहेको बिओकेले पनि सुधारको प्रतिबद्दतासहित आवेदन दियो । तर, कुनै छलफल समेत नगरी ग्लोबल आईएमई बैंकलाई छनोट गरियो ।
धितोपत्र बोर्डले थप बैंकलाई समेत क्लियरिङ बैंकको रुपमा काम गर्न अनुमति दिने गरी दिएको स्विकृतिलाई नेप्से महाप्रवन्धक सिताराम थपलियाले बिओकेलाई हटाएर ग्लोवल आईएमईलाई क्लियरिङ बैंकको काम दिने स्वार्थमा उपयोग गरे । यसमा महाप्रवन्धक थपलियाको ठुलो स्वार्थ मिसिएको नेप्सेका कर्मचारीहरु बताउ“छन् ।
थपलियाले क्लियरिङ बैंकको छनोटका लागि आवेदन दिएका बैंकहरुस“ग ठुलो बार्गेनिङ गरेको खुलाशा भएको छ । यसअघि बैंक अफ काठमाडौंमा सर्बसाधारण सेयरधनीको तर्फबाट सञ्चालक भैसकेका थपलियाले सो बैंकस“ग ठुलो बार्गेनिङ गरेका थिए । यसअघि राधेश पन्त सिईओ हु“दा उनको हनुमानको रुपमा काम गरेका र राष्ट्र बैंकमा समेत पटक पटक उजुरी हाल्न गएका थपलियालाई अहिलेको बिओके व्यवस्थापनले भाउ नदिएकै कारण उनले हटाएका हुन् । थपलियाले मागेका अनेकौं व्यक्तिगत सुविधाहरु पुरा गर्न नसक्ने अवस्था रहेका कारण नै बिओके क्लियरिङ बैंकको दौडबाट पछी हटेको थियो ।
त्यसपछी आवेदन दिएको ग्लोवल आईएमई बैंकलाई क्लियरिङ बैंकको लाइसेन्स दिनका लागि उनेले थुप्रै व्यक्तिगत सुविधाको माग गरेका थिए । त्यसमध्ये ग्लोवलले कतिपय माग पुरा गरिदिएको नेप्सेका कर्मचारीहरु बताउ“छन् । नेप्सेका महाप्रवन्धक थपलियाको श्रीमतिलाई ग्लोवल बैंकमा सिधै अधिकृत तहमा जागिर दिइएको छ । जबकी उनकी श्रीमती एउटी नितान्त गृहिणी मात्र हुन् । क्लिएरिङ बैंकको लाइसेन्स दिलाउनको लागि थपलियाले श्रीमतीलाई अधिकृत तहको जागिर र एउटा गाडी सित्तैमा मागेको चर्चा बैंकिङ वृत्तमा छ ।
क्लिएरिङ बैंक चयन गर्नका लागि कैयन बैठक बसेको र अनेकन बार्गेनिङ चलेको थियो । शुरुमा महाप्रवन्धक थपलियाले १० जनालाई जागिर खुवाईदिनुपर्ने सर्त राखेका थिए । त्यसपछी गाडी, विदेश भ्रमण र आफ्नो शिफारिशमा करोडौं कर्जा दिनुपर्ने अफर समेत गरेका थिए । उनले अस्ट्रेलिया र युरोप भ्रमणको स्पोन्सर गर्नका लागि पनि वार्गेनिङ गरेको र सो माग जबर्जस्ती पुरा गराएको बताइएको छ । नेप्सेका एक अधिकृत भन्छन, ‘उनले श्रीमतीलाई जागिर मात्र खुवाएनन, सित्तैमा गाडी पनि पाए र युरोप पनि घुमेर फर्किए ।’
थपलियाले बिओकेलाई क्लिएरिङ बैंकबाट हटाउनको लागि सेयर ब्रोकर एशोशिएशनलाई समेत उपयोग गरेका थिए । ब्रोकर एशोशिएशनका तत्कालिन अध्यक्ष नरेन्द्र सिजापतिलाई ‘क्लिएरिङका लागि बिओकेले राम्रो सेवा दिन नसकेको’ भन्दै आधिकारिक पत्र लेख्न लगाएका थिए । पछी उनले नैप्सेको बोर्ड बैठकमा ब्रोकर संघको सोही पत्रलाई मुख्य हतियार बनाएर बिओकेलाई हटाउन सफल भएका थिए ।
नेप्सेको राफसाफ बैंकको रुपमा काम गर्ने प्रतिस्पर्धामा रहेका कतिपय बैंकले थपलियाको व्यक्तिगत स्वार्थको मागलाई आक्रोशका साथ अस्विकार गरेका थिए । उनले त्यसरी वार्गेनिङ गर्नका लागि नेप्सेकै कर्मचारी सुरेन्द्र वाग्लेलाई बिभिन्न बैंकस“ग ‘डिल’ गर्न खटाएका थिए । सोहीअनुसार डिल गर्नका लागि वाग्लेले ग्लोवल बैंकका डिजिएम र अध्यक्षलाई समेत पटक पटक भेटेका थिए ।
वाग्ले तिनै व्यक्ति हुन, जो एउटा ब्रोकर कम्पनीका सञ्चालक र करोडौं सम्पत्तिका मालिक समेत हुन् । उनी नेप्सेमा जुन महाप्रवन्धक आए पनि उसैको हनुमान बनेर व्यक्तिगत फाईदा लिन माहिर मानिन्छन् । यसअघि थपलियाले उनलाई सिडिएस एण्ड क्लिएरिङ लिमिटेडमा कमिशन असुल्नका लागि पठाएका थिए । त्यसबेला उनले सबैजसो ब्रोकर कम्पनीहरुलाई दिनुसम्म दुःख दिएर कमिशन असुलेका थिए ।
ठुलो व्यक्तिगत फाइदा लिएर क्लिएरिङ बैंकको लाइसेन्स दिएका कारण थपलियाले लामो समयदेखि नियामक निकाय धितोपत्र बोर्डको निर्देशन अवज्ञा गर्दे आएको छ । उनले कहिले नियम नभएका भन्ने, कहिले सिस्टमले सपोर्ट गर्दैन भन्ने, कहिले सफ्टवेयरमा समस्या छ भन्ने र कहिले सर्भर नै सानो छ भन्ने बहाना बनाएर क्लिएरिङ बैंक थप्न आनाकानी गरिरहेका छन् ।
कतिसम्म भने धितोपत्र बोर्डले गत मंसिरमा उनलाई बोलाएर ‘कति दिनसम्ममा क्लिएरिङ बैंक थप्न सकिन्छ ?’ भनेर सोधेको थियो । उनले सफ्टवेयर मिलाएर ३ महिनामा सकिन्छ भन्ने जवाफ दिए । त्यसपछी बोर्डले ४ महिनाको समय दिएर बैशाख १ गतेदेखि कम्तिमा ३ वटा क्लिएरिङ बैंकमार्फत काम हुनुपर्ने गरी निर्देशन दियो । तर उनले बोर्डले दिएको समय सकिनु १ दिनअघि हा“सो लाग्दो पत्र पठाए । नेप्सेले पठाएको पत्र धितोपत्र बोर्डका बैठकमा पढेर सुनाउ“दा सबै बोर्ड सदस्यहरु मुर्छा पर्ने गरी हा“सेका थिए । सो पत्रमा लेखिएको थियो, ‘नेप्सेले क्लिएरिङ बैंकको रुपमा छनोट गरेको ग्लोवल बैंकको आर्थिक सुचकहरु राम्रो रहेको र बैंक छनोटको प्रक्रिया नियमानुसार नै रहेको जानकारी गराउदछौं ।’
थपलियाले राम्रो कमिशन र व्यक्तिगत लाभ लिएर क्लिएरिङ बैंक नियुक्त गरेका कारण तत्काल हटाउन सक्ने अवस्था छैन । उनले एउटै बैकस“ग ५ बर्षको सम्झौता गरेका कारण अन्य बैंक थप्न नसके पनि उनले सो कुरा बोर्डमा भने भन्न सकेका छैनन् । बरु उनले बिभिन्न शक्तिकेन्द्र लगाएर बोर्ड अध्यक्षलाई दवाब दिन लगाइरहेका छन् । बैंक पक्षका व्यवस्थापन र सन्चालकहरुलाई भेटेर उनले धितोपत्र बोर्डका अध्यक्षलाई क्लिएरिङ बैंक थप्ने दवाब रोकाउन लगाएका छन् । यसका लागि उनले पूर्व अर्थमन्त्री डा. रामशरण महतलाई समेत बोर्ड अध्यक्ष डा. रेबतबहादुर कार्कीबिरुद्ध कुरा लगाउन भ्याइसकेका छन् ।
बोर्डको निर्देशन अवज्ञा गरेको ३ महिनाका बिचमा बोर्डले पटक पटक नेप्सेलाई क्लिएरिङ बैंक थप्नका लागि कडा निर्देशन दिइसकेको छ । ब्रोकर एशोशिएशनले पनि कम्तिमा ३ वटा बैंक क्लिएरिङ बैंकको रुपमा हुनुपर्ने नत्र काम गर्न नसकिने भन्दै बोर्डमा मागपत्र बुझाएको छ । पहिले दैनिक २० करोडको कारोवार हु“दा एउटा बैंक भए पनि पुग्छ भनेर छनोट गरिएकोमा अहिले दैनिक एक अर्बभन्दा बढीको कारोवार हुन थालेको छ । तर बैंक थपिएको छैन ।
ब्रोकर कम्पनीहरुका अनुसार अब निरन्तर कारोवार संख्या र लगानीकर्ताको संख्या बढिरहेका कारण कम्तिमा ५ वटा बैंकलाई क्लिएरिङ बैंकको रुपमा नियुक्त गर्नुपर्ने हुन्छ । एउटा मात्र बैंक भएका कारण ब्रोकरहरु सबैभनदा धेरै समस्यामा परेका छन् । अर्को बैंकको खातामा रकम हु“दा हु“दै पनि समय नमिालेर अथवा विदा परेर उपयोग गर्न नपाउ“दा कैयन पटक ससपेन्स हुनुपरेको तितो भोगाई ब्रोकरहरुस“ग छ । एक ब्रोकर कम्पनीका सञ्चालक भन्छन, ‘क्लिएरिङ बैंककै कारण प्राविधिक समस्या परेर मैले तीन दिनसम्म निलम्बन हुनुपरेको छ । तीन दिनमा मेरो कारोवार झण्डै ५ करोडको हुन्थ्यो । त्यसको क्षतीपुर्ती कसले दिने ?’ यस्तो समस्या भोगेका लगानीकर्ताहरु पनि धेरै छन् ।
धितोपत्र बोर्डले राफसाफ तथा क्लियरिङ बैंक थप्न नेपाल स्टक एक्सचेन्जलाई तीनपटक पत्र लेखिसकेको छ । गत बुधबार पनि ताकेता पत्र लेख्दै बोर्डले क्लियरिङ बैंक थप्ने प्रक्रिया कहा“ पुग्यो ? त्यसको जानकारी यथाशीघ्र दिन निर्देशन दिएको हो । उता, नेप्सेले भने ग्लोबल आइएमईस“ग गरिएको सम्झौता अनुसार तत्काल अन्य राफसाफ बैंक थप्न नसकिने जिकिर गरे पनि औपचारिक पत्र लेखेको छैन ।
बरु सिडिएसको नाममा पत्र लेखेर सिडिएसको सफ्टवेयर मर्मतको कुनै सम्झौता नभएको भन्दै प्राविधिक अड्चन देखाउने काम भएको छ ।
२०५० सालमा स्टक एक्सचेन्जको कारोबार सुरु हु“दा दैनिक एक–दुई लाख रुपैया“को मात्र कारोबार हुने गरेको थियो । त्यसबेला एउटामात्र क्लियरिङ बैंक हुनु स्वभाविक भए पनि अहिले त्यस अनुपातमा बजारको आकार अत्याधिक ठूलो भइसकेको छ । गत माघदेखि डिम्याट प्रण्ाँलीबाट सेयर कारोबार हुन थालेको छ भने राफसाफ तथा फस्र्योट पनि अटोमेटेड प्रण्ाँलीबाट भएको छ ।
दैनिक एक अर्बभन्दा माथि कारोबार भइरहेकाले कारोबार फस्र्योट र राफसाफमा थप बैंक अनिवार्य भएको बोर्डको ठम्याईं हो । एउटामात्र क्लियरिङ बैंक हु“दा कुनै कारण्ँबश राफसाफ तथा फस्र्योट प्रण्ाँली अवरुद्ध भएमा के गर्ने भन्ने चिन्ता बोर्डको रहेको छ ।
- प्रस्तुती : शेयर बजार साप्ताहिक