
काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको अनुगमन र निरीक्षणको अधिकार बोकेको नेपाल राष्ट्र बैंकको गभर्नर चिरञ्जीवी नेपालको नेतृत्व समूह यतिखेर कमाउने योजनामा लागेको खबर छ । बैंकको ६ दशकको इतिहासमा क्षमताको हिसाबले सबैभन्दा कमजोर गभर्नर, डेपुटी गभर्नर र सञ्चालकहरू रहेको अहिलेको नेपाल राष्ट्र बैंक एकपछि अर्को समस्यामा पर्दै गएको टिप्पणी वरिष्ठ कर्मचारीहरूले गर्न थालेका छन् ।
बैंकको उपल्लो तहमा बसेकाहरू नै कुर्सी र पदको आवरणमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको आफ्नो सेयर र लगानीबाट अत्यधिक लाभ लिने मार्गमा अग्रसर भएको विभिन्न निर्णय र निर्देशनले पुष्टि गर्ने गरेको छ । बैंकका गभर्नर चिरञ्जीवी नेपालले २०७३ असार ३० गते सार्वजनिक गरेको मौद्रिक नीति अहिले गभर्नर र डेपुटी गभर्नरहरूको कमाइ खाने भाँडो बनेको कुरा छर्लङ्ग भएको स्रोतको दावी छ ।
केन्द्रीय बैंकले प्राय: पूँजी बजारको बारेमा विभिन्न समाचार बाहिर ल्याएर सेयर बजारलाई उचाल्ने र ओराल्ने काम पछिल्लो ६ महिनादेखि हँुदै आएको थियो । गभर्नरदेखि डेपुटी गभर्नरसम्म सबैले किन पूँजी बजारको विषयमा बोल्न रुचि देखाए ? त्यो नै गुदी कुरो हो ।
डेपुटी गभर्नर बनेको दिनदेखि नै लघु वित्त बैंकहरूको पूँजी बढाउने हावा गफ गरेर चिन्तामणि शिवाकोटीले पूँजी बजारमा लघु वित्त बैंकहरूको मागलाई बढाइदिए । त्यसैगरी प्रवक्ता र सहायक प्रवक्ताहरूले बेलाबखत बैंकहरूको चुक्ता पूँजीको प्रसङ्गलाई जोडेर सूचना चुहावट गराइरहे । सेयर बजारमा आफ्नो लगानीलाई सुनिश्चित गराए । तर, २०७३ असारको अन्तिम साता सार्वजनिक गरिएको मौद्रिक नीतिमा लघुवित्त विकास बैंकको पूँजी वृद्धिको बारेमा चुइँक्क समेत नबोल्नुले केन्द्रीय बैंकको नेतृत्व सेयर बजारको चलखेलबाट कमाउने बाटोमा अघि बढेको पुष्टि हुन्छ ।
यता लघु वित्त बैंकहरूमार्फत् बैंकहरूले लगानी गर्दै आएको विपन्न वर्ग कर्जाको विद्यमान व्यवस्थालाई परिवतर्न गरेर आगामी पाँच वर्षभित्र ‘घ’ वर्गका बैंकहरूको अस्तित्व नामेट गर्न स्वयम् नेपाल राष्ट्र बैंकको नेतृत्व लागिपरेको स्पष्ट भएको दावी अर्थविद्हरूको छ । उनीहरूले पछिल्लो ६ महिनासम्म पूँजी बढाउने भनेर प्रचार गरेपछि बढेको सेयर भाउ बमोजिम आफ्ना दशौं लाखको सेयर २०७३ असारको दोस्रो साताभित्र बिक्री गरिसकेको एकजना सेयर ब्रोकरले बताए ।
अहिले तिनै लघु वित्त बैंकलाई संकट पर्ने गरी नयाँ नीति सार्वजनिक गरेर ‘क’ वर्गका वाणिज्य बैंकहरूलाई समेत अप्ठेरोमा पार्न मौद्रिक नीति ल्याइएको उच्च स्रोतको दाबी छ । मौद्रिक नीति सार्वजनिक गरे लगत्तै एकातिर वाणिज्य बैंकहरू रुष्ट बनेका छन् भने अर्कोतिर ‘घ’ वर्गका लघुवित्त बैंकहरू अस्तित्व जोगाउन नसकिने अवस्थामा पुगेका छन् ? यस्तो नीति किन आयो ? किनभने, पूँजी वृद्धि गर्ने चर्चा गरेर सेयरको भाउ बढाउँदै आफ्नो सेयर बिक्री गरेर बजारलाई डाँवाडोल बनाउने खेलमा नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालको नेतृत्वको टोली लागिपरेको अहिलेको अवस्थालाई के भन्ने ? सेयर बजार र बैंकिङ्ग क्षेत्रमा आलोचना हुन थालेको छ । साँघु साप्ताहिकमा खबर छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्