
काठमाडौँ – तीन वर्षदेखि साधारणसभा समेत नगरेको प्राइम लाइफ इन्स्योरेन्सले अझै पनि साधारणसभा गर्न सकेको छैन । कम्पनीमा ब्यापक भ्रष्टाचार भएको भन्दै बीमा समितिले कारबाही सुरु गरेपछि तत्कालिन सिईओ रेष्टा झा हिरिएका थिए । त्यसको १० महिना सिईओ पद रिक्त रहेकोमा डेढ वर्षअघि सिईओ बनेर गएका मनोज भट्टराईले पनि अझै लेखापरीक्षण र साधारणसभा गराउन सकेका छैनन् । प्राइम लाइफमा ‘ड्यू डिलिजेन्स अडिट’ अर्थात् डीडीए गरेपछि तत्कालिन व्यवस्थापनले अनियमितता गरेको रकम २ करोड ६७ लाख रुपैयाँ तत्कालीन प्रमुख कायकारी रेष्टा झाबाट असुल गराउन बिमा समितिल निर्देशन दिएको थियो ।
त्यसबाहेक अन्य विभिन्न संस्थागत सुशासनसम्बन्धी सुधार गर्नसमेत भनेको थियो । तर, प्राइमले बीमा समितिको सोही निर्देशन पालना नगर्दा अझै अन्योलग्रस्त अवस्थामा बस्नुपरेको छ ।
‘हामीले साधारणसभाको अनुमति मागेको छ तर बीमा समितिले दिएको छैन । प्राइमका सिईओ मनोजकुमार भट्टराईले भने, ‘बीमा समितिले कारवाही फुकुवा नगरेकाले ढिलाई भएको हो ।’ उनका अनुसार बीमा समितिले अनुमति दिएको केही दिनमै साधारणसभा गरेर बोनस वितरण गर्न सकिन्छ ।
तर, बीमा समितिले आफूले दिएको निर्देशन पूर्णत: पालना नभएसम्म कारबाही फकुवा गर्ने अवस्था छैन । समितिका अनुसार पाइमले बीमा समितिको निर्देशनलाइ झारा टार्ने हिसाबले प्रतिवेदन बनाएर पठाएका कारण कारबाही फुकुवा नभएको हो । स्रोतका अनुसार केही महिनाअघि प्राइम लाइफले तत्कालीन प्रमुख कार्यकारी रेष्टा झाबाट ६७ लाख रुपैयाँ असुल गरेको थियो । सोही आधारमा कम्पनीले उनलाई सफाई पत्रसमेत प्रदान गर्यो । जुन बीमा समितिको निर्देशनविपरीत थियो । प्राइमले पूर्व सिईओ झाबाट २ करोड ६७ लाख असुलउपर गरेर जानकारी दिन निर्देशन दिएको थियो । तर, कम्पनीले भने ६७ लाख असुल गरेर २ करोड उनको जिम्मामा नपर्ने गरी असुल नगर्ने निर्णय गर्यो । त्यसपछि बीमा समितिले रकम पूरै असुल नभएसम्म कारबाही फुकुवा नगर्ने भएको हो ।
उता प्राइमले भने झाबाट रकम असुलभइसकको भन्दै कम्पनीको तिबेदन बीमा समितिमा पेश गरेको थियो । यसका साथै बाँकी ४ वर्षको लेखापरीक्षण प्रतिवेदन तयार गराउने र साधारणसभा बोलाउने सोच पनि कम्पनीले बनाएको थियो । बीमा समितिले प्रतिवेदनमा कैफियत औंल्याउँदै दुई करोड ६७ लाखमध्ये २ करोड रकम किन असुल भएन ? सोको प्रस्ट कारणसहित विस्तत जानकारी दिन भन्दै समितिले फरि कम्पनीलाइ पत्र कातेकोमा कम्पनीले त्यसको जवाफ दिएको छैन ।
बीमा समितिकी सूचना अधिकारी पुजन ढुंगेलका अनुसार भ्रष्टाचार भएको रकम दुई करोड ६७ लाखमध्ये ६६ लाख रुपैयाँ असुल भएको प्रतिवेदन बीमा समितिमा पेश भएको जानकारी दिइन् । उनका अनुसार समितिको निर्देशन अनसारको पूरै रकम किन असुल भएन भन्ने बारेमा कम्पनीसँग पत्राचार र छानविन चलिरहेको छ । प्राइम लाइफ इन्स्योरेन्समा केही समयअघि तत्कालिन प्रमुख कार्यकारी अधिकृत रेष्टा झा तथा लेखा प्रमुख दीपबहादुर बीसीको मिलेमतोमा आथिक अनियमितता भएकारिपोर्ट उल्लेख छ ।
एजन्टलाइ कमिशन, प्रचारमा अत्यधिक खर्च, पार्टी र भोज र घुस खुवाइएको रकमसमेत नक्कली बिल बनाएर भुक्तानी गरिएको छानवीनमा देखिएको थियो । जुन रकम अझै असुल हुन सकेको छैन । बीमा समितिले उक्त रकम असुलीका लागि कम्पनीलाई ताकेता गरिरहँदा ५० प्रतिशत रकम असली भएको छ भने अरु रकमका लागि समितिले अझै ताकेता गरिरहेको छ ।
अनियमितता गर्नेहरुलाई विभागीय कारबाही मात्र भए पनि अनियमितता भएको रकम कसले असुल गराउने भन्ने विषयको टुंगो लाग्न नसक्दा समितिले अनियमितता भएको भनिएको ५ करोड रुपैयाँमध्ये २ करोड ५० लाख रुपैयाँमात्र असुल भएका जनाएको हो । बीमा समितिले झाबाट थप दुई करोड रुपैयाँ पनि असुल नभएसम्म कम्पनीको सुधार प्रतिवेदन स्वीकार नगर्ने स्पष्ट संकेत दिइसकेको छ ।
अनियमितताको विषय चर्किएपछि गरिएको डिडिएका प्रतिवेदन आएको लामो समय बित्दासम्म अनियमितताका रकम कति भन्ने विवाद चुलिएको थियो । डिडिए प्रतिवेदनका आधारमा नै बीमा समितिल ५ करोड अनियमितता भएको भन्दै उक्त रकम असुल्ने कदम चालेको थियो । समितिका अनुसार झालाई अनियमितता गरेको भन्दै कारबाही स्वरुप ६५ लाख रुपैयाँ जरिवाना तिराई सकिएको छ । प्राइम लाइफले पनि तत्कालिन व्यवस्थापन नेतृत्वबाट भएको अनियमितताको रकम भराउन समितिको निर्देशनअनुसार काम भैरहेको र तत्कालिन प्रमुख कार्यकारी अधिकृत तथा तत्कालिन लेखा प्रमुखलाई विभागीय कारबाहीर् गरिसकिएको बताएको छ ।
ठूलो रकम हिनामिना गरेको भेटिएपछि झा सिईओबाट मुक्त भई निजी कलेज चलाएर बसिरहेका छन् । र, तत्कालीन लेखा प्रमुख दीपबहादुर बिसी गैरआवासीय नेपाली संघका उपाध्यक्ष भवन भट्टको कम्पनी टिबीआई ग्रुपमा लेखा नियन्त्रकका रुपमा आबद्ध छन् ।
प्राइम लाइफको बक्यौता, तीन आर्थिक बर्षको लेखापरीक्षण र साधारणसभा गर्न बाँकी रहेकाले सुधार प्रतिवेदन स्वीकार नभएसम्म अगाडि बढ्न नसकिने अवस्था रहेको बताए । उनले बीमा समितिले हरेक कम्पनीले आर्थिक वर्ष समाप्त भएको दुई महिनाभित्र सैद्धान्तिक सहमति लिनुपर्ने, ४ महिनाभित्रमा लेखापरीक्षण गराई ६ महिनाभित्रमा साधारणसभा हुनुपर्ने निर्देशन जारी गरेकाले प्राइम लाइफ झन् अप्ठ्यारोमा परेको छ ।
बीमा समितिका अनुसार प्राइम लाइफ इन्स्योरेन्सले भ्यालुएसन रिपोर्टमात्र समितिमा पठाएको छ । आर्थिक वर्ष २०६९/७० देखि ३ आर्थिक वर्षको वित्तीय विवरण समितिमा नआएको समितिका सूचना अधिकारी पुजन ढुंगेलले जानकारी दिइन् । उनका अनुसार सबै वित्तीय विवरण नपठाएको सम्बन्धमा समितिको ध्यानाकर्षण भएको र कागजात नपुगेसम्म साधारणसभा तथा लाभांसका विषय प्रवेश हुन सक्ने छैनन् ।
४८ करोड ८१ लख रुपैयाँ चुक्ता पुँजी रहेको प्राइमले आर्थिक वर्ष २०७०/७१ मा ९ करोड ७२ लाख ३१ हजार, आर्थिक वर्ष २०७१/७२ मा ७ करोड २० लाख ८८ हजार मुनाफा गरेको थियो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ८ करोड ६८ लाख रुपैयाँ खुद नाफा गरेको यसले १५ करोड हाराहारी मुनाफा गर्ने अनुमान गरिएको थियो ।
गत फागुन महिनामा सेयर बजार साप्ताहिकलाई अन्तर्वार्ता दिँदै सिईओ भट्टराईले बढीमा ३ महिनाभित्र साधारणसभा गरी बोनस सेयर वितरण गर्ने दाबी तत्कालै आकर्षक बोनस सेयर र हकप्रद आउँछ भन्ने हल्लामा प्राइम लाइफको सेयरमा लगानी गरेका सर्वसाधारण लगानी गरेका थिए । उनले दाबी गरेको समय बितेर ६ महिना नाघेको छ । आर्थिक वर्ष पनि फेरिइसकेको छ ।
तर अझै साधारणसभा हुन सकेको छैन । तीन वर्षदेखि लाभांश पाउन नसकेका लगानीकर्ता भने कहिले साधारणसभा होला र बोनस तथा हकप्रद खान पाइएला भनेर कुरेर बसिरहेका छन् । खेतान समूहको वद्र्धनमा
सञ्चालित कम्पनीमा देखिँदैआएका आन्तरिक समस्याका कारण छोटो समयमा ४ जना अध्यक्ष फेरिइसकेका छन् ।
- प्रस्तुती : शेयर बजार साप्ताहिक