×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कर छली गर्ने एप्पललाई १३ अर्ब यूरो जरीवाना, अमेरिका र ब्रसेल्ससँग इयूको तनाव बढ्नसक्ने

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

कर छली गर्ने एप्पललाई १३ अर्ब यूरो जरीवाना, अमेरिका र ब्रसेल्ससँग इयूको तनाव बढ्नसक्ने

१५ भाद्र २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


काठमाण्डौ – आइफोन बनाउने कम्पनी एप्पलमाथि अहिलेसम्मकै सबैभन्दा ठूलो जरीवाना असूलीको निर्णय भएको छ । युरोपियन युनियन अन्तर्गतको युरोपीय आयोगले मंगलबार एप्पले कर छलेको भन्दै ऊबाट १३ अरब यूरो असूल्नुपर्ने निर्णय सुनाएको हो । 
तर, कतिपयले यसलाई जरीवाना नभई करको रिपेमेन्ट रहेको र जसको कम्पनीले पेमेन्ट गरेको थिएन भनिरहेका छन् । इयूले भनेको छ कि अमेरिकाको यो टेक कम्पनीले पूर्वमा कुनै पनि प्रकारको कर नतिर्नु गैरकानूनी थियो । 
इयूले आफ्नो ताजा फैसलामा भनेको छ कि विश्वकै सबैभन्दा मूल्यवान कम्पनीले आयरल्याण्डमा भएको अरेन्जमेन्टमार्फत पूरा पूर्व क्षेत्रमा कमाएको नाफामा कर छल्दै आएको थियो । विश्लेषकहरुले भनेका छन् कि इयूको यो निर्णयबाट अमेरिका गम्भीर बन्नसक्नेछ र उसँगको इयूको सम्बन्ध चिसिन सक्छ । 
उता, यो निर्णयलगत्तै एप्पल र आयरल्याण्ड सरकारले भनेको छ कि युरोपियन कमिसनको यो निर्णयविरुद्ध अपील गरिनेछ । उता, यूएस ट्रेजरीले भनेको छ कि इयूको साथमा उसको सहकार्य यो निर्णयका कारण कमजोर बन्न सक्नेछ । 
आयरल्याण्डले मल्टिनेशन कम्पनीलाई आफ्नो देशमा लगानीका लागि आकर्षित गर्नका लागि ‘फेवरेबल ट्याक्स कण्डीसन’को अफर दिंदै आएको छ, यस्तो अफरलाई ‘स्वीटहार्ड डिल्स’ भनिन्छ । तर, यूरोपीय आयोगका कमिसन मारग्रेट वेस्टएजरले भनेका छन् कि एप्पलले इयूको कानून उल्लंघन गरेको छ र यही कारण उसलाई जरीवाना तोकिएको हो । 
उनले भनेका छन्–‘यो निर्णयले स्पष्ट सन्देश दिएको छ, त्यो हो इयूका सदस्य राष्ट्रले छानिएका कम्पनीहरुलाई अनुचित ढंगले करको सहुलियत दिन सक्दैनन् । त्यस्तो कम्पनी यूरोपियन होस् वा अमेरिकी, सानो होस् या ठूलो ।’ 
भनिएको छ कि इयूको इतिहासमा यो नै सबैभन्दा ठूलो रिपेमेन्टको निर्णय हो । सिलिकन भ्यालीमा रहेको यो ठूलो कम्पनी एप्पलविरुद्ध तीन वर्षसम्म चलेको छानबिनपछि यो निर्णय लिइएको बताइएको छ । 
३५ वर्षदेखि आयरल्याण्डमा एप्पलको बेस
एप्पलको आयरल्याण्डको सिटी अफ कर्कमा १९८० देखि नै बेस रहेको छ । यो देशमा एप्पलका ५ हजार कर्मचारी पनि रहेका छन् । यसको माध्यमबाट एप्पलले अन्तर्राष्ट्रिय स्तरमा निकै ठूलो सेल्स समेत गर्दै आएको छ र यसबाट अरबौं रुपैयाँ बराबरको कर्पोरेट कर समेत बचाउँदै आएको छ । 
तर, अमेरिकी कम्पनी एप्पलविरुद्धको ट्याक्स छलीको जाँचमा खटिएका अधिकारीहरुले भनेका छन् कि एप्पलको कथित मुख्य कार्यालय मात्र कागजमा सीमित छ । यहाँ न कुनै कर्मचारी छन् न कुनै अफिस नै । कुनै गतिविधि पनि हुँदैन । ती अधिकारीले भनेका छन् कि यसको परिणामस्वरुप एप्पलले २०१४ मा आफ्नो नाफाबाट ०.००५ प्रतिशतको कर्पोरेट कर दिनुपरेको थियो । जो प्रति एकलाख यूरोमाको नाफामा हिसाब गर्दा ५० यूरो हुन आउँछ । 
कतिपयले भनेका छन् कि एप्पललाई यति धेरै जरीवाना गराउने यो निर्णयका कारण इयू र ब्रसेल्सबीच तनाव समेत बढ्नसक्ने संभावना छ । किनभने यस्तै मामलामा एप्पल, अमेजन, स्टारबक्स र  फियाट क्रिसलरलाई पनि इयूले आगामी टार्गेट बनाएको छ ।
  • बिज़शाला डट कम 

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: