
- अर्थ सरोकार सम्बाददाता
वीरगन्ज । पर्सामा करिब १९ करोडको लागतमा ह्याचरी उद्योग स्थापना भएको छ । यसबाट भारतबाट आयातित ५० प्रतिशत चल्ला रोकिएको जानकारी पाइएको छ । शिवम ह्याचरी एण्ड फिड प्रालि नामक उक्त उद्योगमा पर्साकै दुई व्यवसायीले हात हालेका हुन्।
कहाँ छ त ‘अत्याधुनिक कुखुरा फर्म’ ?
वीरगन्जबाट २५ किलोमिटर उत्तर-पश्चिमको कुनामा रहेको हरपुर गाविसमा ह्याचरीको लागि चाहिने अण्डा उत्पादन केन्द्र ‘अत्याधुनिक कुखुरा फर्म’ स्थापना गरिएको हो। अण्डाबाट ब्रोइलर कुखुराको चल्ला उत्पादन गर्ने शाखा वीरगन्जको ड्राइपोर्ट नजिकै सञ्चालनमा छ।
कसरी विस्थापित भयो भारतीय चल्ला ?
शिवम् ह्याचरीले हप्तामा करिब ५० हजार कुखुराको चल्ला उत्पादन गर्न थालेको छ। साथै, पर्साको कुखुराको चल्ला अब बारा, रौतहटसम्म बिक्री हुन थालेको छ । एक वर्षअगाडि पर्सामा पालिने सबै कुखुराको चल्ला अवैध किसिमले भारत विहारबाट भित्र्याइन्थ्यो, अब किसानले यहीँबाट लगिरहेका छन् । पर्सामा ह्याचरी स्थापना भएपछि भारतीय कुखुराको चल्लालाई करिब ५० प्रतिशत रोकेको स्रोतको दाबी गर्छन्।
निर्माण कार्य कहिलेसम्ममा सम्पन्न हुने ?
ह्याचरी निर्माणको कार्य अहिले पूरा भने भएको छैन । एक वर्षभित्र पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने हुनेछ। त्यतिखेर हप्तामा डेढ लाखसम्म चल्ला उत्पादन गर्ने ह्याचरीको लक्ष्य छ। अहिलेसम्म १८ करोड रुपैयाँ लगानी भइसकेको र थप एक करोड लाग्ने अनुमान रहेको बताइन्छ।
पोथी कुखुरा कहाँ कहाँबाट ल्याइन्छ ?
अण्डा उत्पादन गर्ने फर्ममा थाइल्याण्ड, मलेशिया, श्रीलंका लगायतका देशबाट माउ पोथी कुखुरा ल्याइएको छ। कुखुराको खोर पनि अत्याधुनिक किसिमको निर्माण गरिएको छ। जमिनबाट १० फिट उचाइमा कुखुरा रहने जालीयुक्त खोर बनाइएको छ। खाने दाना र पानीको लागि पनि आधुनिक प्रविधि जडान गरिएको छ।
दैनिक उत्पादन कति ?
५० हजार माउ कुखुरा फर्ममा राखिएपछि दैनिक लगभग २५ देखि ३० हजार अण्डा उत्पादन हुने गरेको छ। फर्मबाट निस्केको अण्डा गाडीबाट ड्राइपोर्ट, अलौंस्थित ह्याचरीमा पुर्याएपछि चल्ला निस्किन्छ। मेसिनमा २१ दिनपछि अण्डाबाट चल्ला निस्किन्छ। करिब ८० प्रतिशत अण्डा सफल हुने गरेको प्राविधिक बताउँछन्।कम्पनीमा हाल ६५ जनाले रोजगारी पाइसकेका छन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्