
काठमाडौँ – काठमाडौँबाट प्रकाशित हुने साप्ताहिक पत्रिका राजतिलक साप्ताहिकले गत साता फेवा विकास बैंकलाई राष्ट्र बैंकले हस्तक्षेप गर्ने तयारी ! शीर्षकको समाचार छापेपछि उक्त समाचारलाइ अर्थ सरोकार डटकमले साभार गरी राख्दा बैंकका सुचना अधिकृतले फोन गरी उक्त समाचारमा सत्यता नभएको बताएका थिए । यता साप्ताहिकका सम्पादक भुपेन्द्र आचार्यले भने आफुसँग आफुले लेखेको समाचारको सबै तथ्य प्रामाणहरु सुरक्षित रहेको बताएका थिए । बैंकका सुचना अधिकृतले समाचार झुठो भएको तर खण्डन पथाउना आवश्यक नभएको बताएपछि अर्थ सरोकार डटकमले फेवा बिकास बैंकलाइ राष्ट्र बैंकले हस्तक्षेप गर्ने समाचारले हङ्गामा ! सुचना अधिकारी भन्छन्, ‘समाचार गलत छ तर खण्डन पठाउन आवश्यक छैन’ शीर्षकको समाचार प्रकाशन गरेको थियो ।
त्यहि साप्ताहिकले आज पुन: आफ्नो पुरानै समाचार सहि भएको आशय सहित यस्तो समाचार छापेको छ । पत्रिकाले फेवा बिकास बैंकभित्र भाँडभैलो मच्चिएको समेत उल्लेख गरेको छ । हेर्नुहोस् राजतिलक साप्ताहिकले लेखेको समाचार :
संचालक भन्छन्, ‘राष्ट्रबैंक के हेरी बसेको छ ? फेवा विकास बैंकलाई क्यान्सर भएको छ ‘
काण्डै काण्डभित्र रुमलिएको पोखरामा केन्द्रीय कार्यालय रहेको फेवा विकास बैंक राष्ट्र बैंकको चर्को निगरानीमा परेको छ । राष्ट्र बैंकका एक कार्यकारी निर्देशकले दिएको जानकारी अनुसार पछिल्लो स्थलगत निरीक्षण टोलीले गरेको निरीक्षणका दर्जनौ निरिक्षणका प्रतिवेदनका निर्देशन पूरा नगरेको सिइओ रमण बहादुर थापाले जनताको प्रसा संचालका आफ्न्तहरुलाई कर्जा दिएको, शाखा खोल्दा कमिशन दिएको, एउटा पोखराको चक्लेट कम्पनीलाई ऋण दिदा कमिशन लिएको जस्ता काण्ड गरेको भेटिएको छ ।
राष्ट्र बैंकवाट प्राप्त निरीक्षण प्रतिवेदन भित्र काण्डैकाण्ड भएको फेला परेको छ । संचालक समितिको सदस्यहरुलाई बैंठक भत्ता मासिकजस्तै गरी १५ हजार पत्रपत्रिका ४ हजार तेल अन्य गरी मासिक २५ हजार दिने गरेको भेटिएको छ ।
जनताले रगत पसिनाबाट एकएक पैसा गरी जम्मा भएको फेवा बैंकको डिपोजिटमा सिइओ थापा र संचालकहरुले फूपुको श्राद्ध गरेको भेटिएको छ । राजतिलक साप्ताहिकले यस बारेमा सिइओ थापासँग पटक पटक सम्पर्क गर्दा उनीले बोल्न चाहेनन् । यदि बदमासी नभएको भए उनीले प्रतिक्रिया दिने थिए होला । यसले प्रष्ट पारेको छ फेवा बैंक अब राष्ट्र बैंकले हस्तक्षेप गर्दैछ ।
शेयरधनी, प्रमोटर र डिपोजिटकर्ताले अब खबरदारी गर्नु जरुरी छ । आफूले र आफ्नो बैंकले अवार्ड पाएको बताउने तारा नामका बैंकका मेनेजरले भनेः– ‘हाम्रो गल्ती होला, नेतृत्वको गल्ती होला, तर उनीकै बैंकलाई मुछ्ने काम गर्नु भएन ।’ उनीकै कुराले प्रस्ट के हुन्छ भने बैंक भित्र भाडभैलो भएको छ । यदि बैंकभित्र यस्ता काण्ड नभइकन फरक फरक कुरा बैंक भित्रवाट आउँदैछ ।
बैंकका एक संचालकले भने, ‘पछिल्लो अवस्थामा मर्जर पछि बैंक डुब्न लागेको सत्य हो । राष्ट्र बैंक के हेरी बसेको छ ? उनीले प्रष्ट भने ‘सिइओ र अध्यक्षका मिलोमतोमा दर्जनौ काण्ड बैंक् भित्र भएका छन् । खाजी होस् नत्र हामी अख्तियारमा जान्छौं । हाम्रो चाहाना जनताको डिपोजिट सुरक्षित होस् भन्ने हो ।’
- आखिर के खिचडी पाकिरहेछ फेवा बिकास बैंकभित्र हामी खोजी गरिरहेका छौं ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्