
काठमाडौँ – रतन र पवन अग्रवालको भित्री बैंकिङ कारोबार जनता कैंकमा रहेको प्रहरीले फेला पारेको छ । ४० करोड कर्जा दिएको जनता बैंकको पैसाले यी अग्रवाल द्वयले लागु औषधको कारोबार गर्ने गरेको फेला परेको छ । लोन जनता बैंकले दिने र सो पैसाले किनेको प्लाष्टिक उद्योगको गोदामबाट सयौं किलो लागु औषध बनाउने बच्चा पदार्थ केही दिन अगाडी प्रहरीले बरामत गरेको छ ।
यी दुवै तस्करहरुको जनता बैंक लगायत अन्य बैंकमा रहेको बैंक खाता र लकर बन्द गराएर प्रहरीले अनुसन्धान शुर गरेको बताएको छ । रतन संघाई पक्राउ परे भने दाजु पवन संघाई भारत पुगेका छन् । लागु पदार्थ बनाउन प्रयोग गरिने कच्चा पदार्थ भित्र्याएर अन्तराष्ट्रिय लागु कारोवारीहरुलाई नेपालवाट सप्लाई गर्दै आएका यी तस्करहरुलाई जनता बैंकका अध्यक्ष उदय नेपाली र संचालक गुरुप्रसाल न्यौपानेले तत्कालीन सिइओ रमेश भट्टराईलाई दवाव दिई ४० करोड दिएका थिए ।
अहिले यी संघाई दाजु भाई प्रहरीको घेरावन्दीमा पुगेपछि जनता बैंक डुब्ने भएको छ । प्रहरी स्रोत भन्छ, जनता बैंकमा र अरु दुई बैंकमा संघाई परिवारको खाता रोक्का गरेका छौं लंकर रोक्का गरेका छौं । एउटा व्यवसाय देखाएर अर्को दुई नम्बरी काम गर्ने यी तस्करहरुको छानवीन हुँदा जनता बैंकका गुरुप्रसाद न्यौपाने पनि मुछिने प्रहरीको ठम्याई छ ।
जनताका गुरु प्रसाद न्यौपानेले यीनै संघाई परिवारको कालो धन हाइड्रोपावर कम्पनीमा लगानी गरेको समेत प्रहरीको बुझाई छ । नेपाली जनताको साधारण शेयर समेत ठगी गर्ने बाँकी नराख्ने न्यौपाने एक दिन जेल जाने निश्चित रहेको जनता बंैंकका एक पूर्व कार्यकारी अधिकृतले बताए । उनीले थपे जनता बैंक सिइओले चलाउने होइन संचालक गुरु प्रसाद न्यौपानेले चलाउने हो । यदि उसले लगाएको निर्देहन दिएको काम नगरे पद छाड्नुको विकल्प नै छैन ।
- प्रस्तुती : राजतिलक
जनता बैंक सम्बन्धि यी सामाग्री छुटे कि ?