×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

स्वास्थ्यका नाममा जनता झुक्काउँदै भकुन्डेबेसीको सद्वाव सामुदायिक अस्पताल ! खुल्दै नखुल्ने अस्पताल के काम ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

स्वास्थ्यका नाममा जनता झुक्काउँदै भकुन्डेबेसीको सद्वाव सामुदायिक अस्पताल ! खुल्दै नखुल्ने अस्पताल के काम ?

६ भाद्र २०७३, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काभ्रे – काभ्रेको निकैनै व्यस्त र पछिल्लो समय तीब्र गतीमा बिकसित भएको ठाउँको रुपमा परिचित भकुन्डेबेसीमा अस्पतालहरुको बेहाल भएको तथ्य बाहिरिएको छ । भकुन्डेबेसीमा संचालित सद्भाव सामुदायिक अस्पतालले त झन् स्वास्थ्यका नाममा जनतालाई झुक्काउने काम गरेको तथ्य बाहिरिएको छ । 
गत शुक्रबार अर्थ सरोकार कर्मी उक्त अस्पतालमा पुग्दा अस्पतालको ढोकामा ताल्चा मारिएको थियो । हामी निकै बेर बस्दा पनि त्यहाँ कोहि आएका थिएनन् । त्यहाँका तस्विरहरु क्यामरामा कैद गरेको देखिपछी आफुलाई अस्पतालको कर्मचारी आएपछी हामीले अस्पताल किन बन्द भनेर सोधेका थियौं । ‘बिरामी नै नभएर हो । ‘ उनको सरल जवाफ थियो । ‘अस्त्पतालजस्तो संबेदनशील ठाउँ यसरी बन्द गर्न मिल्छ र ?’ भन्ने हाम्रो प्रश्नमा उनी मुस्कुराए मात्र, केहि बोलेनन् । 
तर भकुन्डेमै रहेका स्थानीयहरुले भने उक्त असपतालले सिधै धुलीखेल अस्पताल ‘रिफर’ गर्ने आरोप लगाएका छन् । ‘बिरामी भन्ने कुरा को कुन बेला हुन्छ के थाहा ? अव त यो अस्पताल खुल्दैन सिधै धुलीखेल वा नजिकै रहेको अर्को अस्पतालमा बिरामी लैजानुपर्ने भन्ने परिसकेको छ यहाँका मान्छेहरुलाइ’ अर्थ सरोकार डटकमसँग कुराकानी गर्दै एक स्थानीयले भने ।  

अर्थ सरोकार @ काभ्रे…यो पनि पढ्नुहोस् :
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: