×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रवेश परीक्षाको नाममा मिनभवन क्याम्पसमा व्यापक अनियमितता

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

प्रवेश परीक्षाको नाममा मिनभवन क्याम्पसमा व्यापक अनियमितता

१५ भाद्र २०७३, बुधबार

पढ्न लाग्ने समय: ४ मिनेटभन्दा कम


काठमाडौँ – आइतबार बेलुका एक अपरिचित व्यक्तिबाट फोन आयो । उनले आफु विद्यार्थी भएको परिचय मात्र दिए, नाम बताएनन् । तर उनले  ब्यबस्थापन संकाय अध्यापन हुने नेपालकै चर्चित नेपाल कमर्श क्याम्पसमा भर्नामा भईरहेको अनियमितताको बारेमा जानकारी दिए । फोनमै उनले दुखेसो पोखे ‘सर, त्यहा अति नै रहेछ, मैले त सिम्याटको फर्म पनि भरिन, त्यसै फर्किए’, ‘तपाईहरुले त्यो बिषय बाहिर ल्याईदिनु पर्यो’ । मैले उनीबाट थप जानकारी लिन खोंजे तर उनले क्याम्पसमै गएर प्रत्यक्ष हेर्न भने ।
सोहि अनुरुप एक जना मित्र सहित भाईलाई फर्म लिने बहानामा क्याम्पस पुगे ।  क्याम्पस प्रवेश गर्ना साथ काउन्सिलरहरु फर्म, किताब लगायतका सामग्रीसहित बसेका थिए । त्यहि भिडमा एकजना विद्यार्थी काउन्सलरसंग विवाद गर्दै थिए । उनले आफुले त्यस क्याम्पसले दिएको किताब नपढ्ने सोच बनाएको बताउदै किताव फिर्ता लिन र आफ्नो पैसा फिर्ता दिन माग गर्दै थिए । तर काउन्सिलरले किताब फिर्ता हुदैन भनेपछि उनी ‘पैसा पनि तपाई नै राख्नु , किताब नि तपाई नै राख्नु’ भन्दै किताब छाडेर हिडेका थिए । पछि उनले आएर किताब लगे या लगेनन्, थाहा भएन ।
अनि सुरु भयो काउन्सिलरसंग मेरो कुरा । भर्ना गर्नु पर्यो, के के ‘रिक्वायरमेन्ट’ छ भनि मैले प्रश्न गरे । काउन्सिलरले एकै सासमा प्लस टु मा कम्तिमा पनि सेकेण्ड डिभिजनमा पास भएको हुनु पर्ने र फर्मको १५ सय रुपियाँ लाग्ने बताए । अन्य क्याम्पसमा भन्दा धेरै शुल्क बताएपछि के केको लागि भनि जिज्ञासा नगर्ने कुरै भएन । उनले सिम्याटको लागि ४ सय, किताबको लागि ३ सय ५० र कलेज फर्मको लागि ७ सय ५० बताए  । कलेजको फर्म शब्दले मलाई शसंकित तुल्यायो, प्रश्न गरी हाले ।  काउन्सलर चाहेर-नचाहेर वा जानेर-नजानेर त्यसबारे केहि बताएनन् । तर किताव चाही कम्पल्सरी नभएको बताउदै मलाई फर्म भर्न कन्भिन्स गर्ने कोसिस गर्दै थिए । तर मैले उल्टै प्रश्न सोधे ‘सीम्याट पास नभई कलेज फर्म भरेर सिम्याट फेल भयो भने के गर्ने ? यो कस्तो सिस्टम हो ?’ उनले केहि रिसाउदै ‘हामिलाई यसरी नै काउन्सिल गर्नु भन्नु भा छ, केही कुरा भए माथि गएर गर्नु’ भन्दै अरुलाई स्किम बुझाउन थाले । त्यतिकैमा एक जना म नजिक आएर भने ‘सर माथि जाउँ, सब कुरा बुझ्नु हुन्छ’ ।
उनले मलाई बिबिएम कार्यक्रमका निर्देशक कृष्ण प्रसाद ओझाको क्याबिनमा लिएर गए । मैले उनलाई कस्तो सिस्टम हो यो भनी प्रश्न गरे । सुरुमा त उनले ‘के भा छ र ?’ भन्दै टार्न खोजे । फेरि प्रश्न गर्दा उनले ‘यो क्याम्पसमा यस बर्षदेखि लागु भएको नयाँ सिस्टम’ भएको जानकारी दिए । कारणबारे उनले भर्ना गर्ने बेलामा अन्य क्याम्पसबाट आएका विद्यार्थीलाई भन्दा पहिला मिनभवन कै बिद्यार्थिलाई ‘प्रायोरिटी’ दिन यसो गरेको जानकारी दिए । 
यसको मतलब क्याम्पसले मिनभवनका विद्यार्थी चिन्न मात्र अतिरिक्त ७ सय ५० लिएको रहेछ । मैले विद्यार्थी चिन्न र स्लिप, रसिद, रेकर्डहरु हुन्छ, कलेज फर्म नै किन भर्नु पर्यो भन्दा अन्तरिक खर्चको लागि हो, सामान्य हो भन्दै पन्छिन खोजे । त्यतिकैमा अर्का व्यक्ति क्याबिनमा प्रवेश गरे ‘वहाँ चाई को भन्दा ओझाले ‘वहाँ पनि हाम्रो स्टाफ नै हो, यसबारे वहाँलाई बढी थाहा छ’ भनेर परिचय गराए । ति स्टाफले पनि काउन्सिलर र ओझाले भने झैँ ‘फेल हुनेको पैसा फिर्ता नहुने’ बताए ।
उनले ‘यो आन्तरीक सिस्टम हो, आन्तरिक खर्चमा प्रयोग हुन्छ’ भन्दै ओझा कै लाइन दोहोर्याए । मेरो  दृष्टिमा यो खुलेआम भ्रष्टाचार थियो । यसरी क्याम्पसमै खुलेआम घोटाला हुँदा विद्यार्थीको हकहितको लागि भन्ने ‘विद्यार्थी संगठन’हरु किन चुप होलान भन्ने मनमा खुल्दुली लाग्यो । प्रश्न गरी हाले ‘यसरी विद्यार्थीलाई मर्कामा पार्दा विद्यार्थी संगठनहरुले केहि गर्दैनन् ?’ उनको उत्तरले मलाई चकित पार्यो । उनले त विद्यार्थी संगठनको सर सल्लाह मै प्रसाशनसंग मिलेर यो सिस्टम सुरु गरेको बताए ।
जान्न मन लाग्यो यस अबैथ कामबाट क्याम्पसले कति कामाउदो रहेछ । कतिले फर्म भर्लान भनेर जानकारी मागे । जवाफ आयो ’२२ सय देखि २५ सय सम्म’ । तर फ्याकल्टीमा जम्मा २ सय ३६ विद्यार्थीको कोटा रहेछ  । त्यत्रा विद्यार्थीबाट गजबको पैसा कमाउनु हुदो रहेछ है भनी मन्द मुस्कान सहित सोधे । उनी गजबले हासे । केहि प्रतिक्रिया दिएनन् । उनले ६० प्रतिशत भन्दा कम ल्याएकाले फर्म नभरे पनि हुने बताए । जुन काउन्सलरको भनाईसंग बाझियो ।
काउन्सिलरले सेकेण्ड डिभिजन आउनेले भर्न सक्ने बताएका थिए । जुन ४५ प्रतिशत भन्दा माथि हो, तर ओझाले ६० प्रतिशत भन्दा कम आउनेले नभरे पनि हुने बताउदै उनीहरुले नियोजित रुपमै विद्यार्थीहरुबाट अबैध रुपमा रकम संकलन गरीरहेको प्रष्ट हुन्छ । यसको मतलब ६० प्रतिशत भन्दा कम आउने सयौ विद्यार्थीको रकम खेर गयो । बिबिए , बिबिएस र बिआईएम जस्ता फ्याकल्टीमा भर्ना गर्दा क्याम्पसले यसरी विद्यार्थीबाट अतिरिक्त रकम असुल्दै घोटाला गरेको हो । 
क्याम्पसहरुमा भर्ना प्रक्रिया सामान्यतया प्रवेश परीक्षा, अन्तर्वार्ता, र स्किल टेस्ट पुरा गरेपछि हुन्छ । यी सबैमा उतिर्ण विद्यार्थी मात्रै भर्नाका लागि योग्य मानिन्छन् । यसरी उतिर्ण भएका विद्यार्थीले मात्रै तोकिएको शुल्क तिरेर भर्ना पाउछन् । तर मिन भवन क्याम्पसमा भने फरक रहेछ ।  करिब २ हजार ५ सय फर्म वितरण हुँदा फर्मको ४ सय र भर्ना अग्रम शुल्क ७ सय गर्दा कलेजले फर्म र अबैध अग्रिम  शुल्क बाट १० लाख  र  १७ लाख आम्दानी गर्दै छ । त्यसमध्ये सिम्याट फर्मबाट आएको मात्र क्याम्पसले बिश्वबिद्यालयलाई बुझाउने बताएको छ  ।  तर अग्रिम भर्ना वापत संकलन गरिएको शुल्क भने विद्यार्थी संगठन र प्रसाशनले दुरुपयोग गर्ने पक्का  छ ।

  • बिज़पाटि 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: