×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समय उल्टिएपछिको नयाँ वहस, भारत परस्त को वावुराम कि प्रचण्ड ?

LAXMI SUNRISE BANK

समय उल्टिएपछिको नयाँ वहस, भारत परस्त को वावुराम कि प्रचण्ड ?

७ आश्विन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

समय उल्टिएपछि वहसहरुले पनि नयाँ शिराबाट विषयहरु उठानको माग गर्दछन् । कुनै वेला थियो माओवादीवृत्तमा वावुराम निर्विवाद भारतपरस्त पात्र हुन् , अनि प्रचण्ड राष्ट्रवादी । अव समय फेरिएको छ । प्रचण्ड वावुरामभन्द अझ कैयौं गुणा भारतपरस्त हुन् ।
तथ्यहरुले नाङ्गो आँखालाई देखाईसकेपछि ढाकछोप र कुतर्कहरु केवल आत्मरति र नागरिकलाई झुक्याउने प्रयासको कभर वाहेक केहि रहँदैनन् । अव हिजो प्रचण्डले आफुमाथि लगाउने गरेको भारत परस्तको आरोपलाई वावुरामले दुनियाले देखेको तथ्य सहित प्रचण्डकै टाउकोमा खन्याईदिएका छन् ।
हिजो विप्पागर्दा सर्वत्र आलोचित वावुराम कम्तीमा अहिले प्रचण्डको स्तरसम्म त झरेका थिएनन् । सायद आफुमाथि जिन्दगीभरी लगाईएको भारतपरस्तको काउछो उनले प्रचण्डकै जीऊतिर फ्याक्न पाउँदा अव त्यसले प्रचण्डलाई चिलाउने छ र कन्याउनमै सवै समय खर्चनुपर्ने दिनहरु प्रचण्डकै भागमा पर्नेछन् भन्ने रणनीतिक सुझवुझले नै वावुरामले मोदी प्रचण्डको संयुक्त वक्तव्यमाथि आपत्ति प्रकट गर्दै पार्टीका तर्फबाट वक्तव्य समेत जारी गर्न भ्याए ।
दश वर्षिय जनयुद्धभरी कार्यकर्ता प्रशिक्षणमा प्रचण्डले वावुरामलाई भारतपरस्तको आरोप लगाईरहे । एउटै पार्टीका दुई हस्ती प्रचण्ड र वावुरामवीच दरवारपरस्त र भारतपरस्तको आरोप–प्रत्यारोपको अनवरत श्रृङ्खलामा कहिल्यै विराम लागेन ।
दक्षिणपरस्त, दक्षिणपन्थी देखि रअ को एजेण्टसम्मका आरोपहरुको सामना गर्नुपरेको तितो विगतलाई विर्सन नसक्नु प्रचण्डसंग सम्वन्ध विच्छेदको एउटा कारण हो वावुरामको । वावुरामले पनि प्रतिवादमा प्रचण्डलाई दरवारपरस्तको जवाफले हिर्काइरहे । फुन्टीवाङ देखि चुनुवाङवीचको समय निकै जोखिमपूर्ण रह्यो वावुरामका लागि ।
चुनुवाङ वैठकपछि प्रचण्डको आदेशमा भारतसंग युद्ध लड्न खनिएका सुरुङहरु देशका जुन–जुन ठाउँमा ज–जसले खनेका थिए तिनैले पुर्नु पर्यो । सुरुङमै त होइन तर दिल्लीका अँध्यारो गल्लीमै भएछ १२ वुदे सहमति । त्यसयता विस्तृत शान्ती सम्झौतामा हस्ताक्षर देखि दुवै जना प्रचण्ड र वावुराम एक एक पटक प्रधानमन्त्री वन्ने वेला सम्म कहिले एउटै रङको पोशाक देखि कहिले तितो संवाद कहिले मिठो सहकार्य समग्रमा संवाद, संघर्ष र सहकार्यमै गुज्रिए दिनहरु ।
गणतन्त्र पछि प्रचण्डमाथिको दरवारिया आरोपको औचित्य समाप्त भयो । तर पार्टी पंक्तिमा प्रचण्डले वावुरामलाई भारतपरस्त देखाईरहे । संविधान जारी गर्नेवेला वावुरामले पार्टी गठन गर्दा समय वावुरामका लागि अत्यन्तै प्रतिकुल थियो । भारतीय डिजाईनमा प्रचण्डले पार्टी फुटाएको आरोप लगाईहाले । अव समय केहि फेरियो वावुरामले पनि प्रचण्डमाथि तीर हान्ने उपयुक्त अवसर पाए ।
प्रधानमन्त्रीको हैसियतमा भएको भारत भ्रमणको दाहाल–मोदी संयुक्त वक्तव्य नेपाली पक्षको आत्मसमर्पण झल्काउने इतिहासकै भारतपरस्त वक्तव्य हो । त्यहि संयुक्त वक्तव्यको वुदा नं १० समाते वावुरामले । वुदा नं. १० मा संविधान कार्यान्वयनका लागि सवैको स्विकार्यता वढाउने नेपाल सरकारको प्रयासलाई भारतले स्वागत गर्ने उल्लेख छ ।
यस वुदालाई वावुरामको नयाँ शक्ति नेपालले संविधान संशोधन तथा कार्यान्वयन जस्तो आन्तरिक मामिलालाई प्रधानमन्त्री दाहालले अन्तराष्ट्रियकरण गरेको भन्दै आपत्ति जनाएको छ । वावुरामको नयाँ शक्तिले यसलाई गलत र अवाञ्छनिय भएको निष्कर्ष निकालेको छ ।
  • एसियन समाचार 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी