
काठमाडौँ – नेपाल चेम्बर अफ कमर्सको आयोजनामा दशैंको अवसर पारेर नेपाल चेम्बर एक्स्पो २०७३ शुक्रबार सुरु भएको छ। मेलामा उपभोग्य सामानदेखि विलासी बस्तु पनि एकै ठाउँमा राखिएको छ। मेलाको साझेदार देशमा जापान सहित चीन, कोरिया, मलेसिया र सार्क देशको सहभागिता रहेको छ।
शुक्रबारदेखि आगामी मंगलबारसम्म ६ दिन चल्ने मेलामा २२० स्टलहरु रहेका छन्। भने झण्डै साढे दुई लाख सर्वसाधरणले मेलाको अवलोकन गर्ने आयोजकको आकलन रहेको छ। मेला दशैंको पूर्व सन्ध्यामा गरिएको मेलामा खाद्य, हस्तकला, फर्निचर, पेशाक, निर्माण सामग्री, छालाजन्य वस्तु, इलेक्ट्रोनिक्स सामान, चारपांग्रे र दुई पांग्रे गाडी समेत राखिएको छ। मेलाको साझेदार देश जापानको फुजी पानी,इलेक्ट्रोनिक सामान, लत्ता कपडा र टोयटाको गाडी राखिएको छ।
त्यस्तै पाकिस्तान र बंगलादेशका छालाजन्य सामाग्रीहरु मेलामा राखिएको छ। मेलामा ११ देशका स्थानीय उत्पादनहरु समावेश गराइएको आयोजक नेपाल चेम्बर अफ कमर्सले जनाएको छ। कस्तो छ जापानसँगको नेपालको व्यापारिक अवस्थारु नेपाल चेम्बर अफ कमर्सले जापानसँग दौत्य सम्बन्ध विस्तार गरेको ६० वर्षको अवसर पारेर मेलाको कन्ट्री पार्टनर ९साझेदार देश० जापानलाई राखेको हो। नेपाल र जापानबीच व्यापार निरन्तर बढ्दो भएपनि नेपालमा आयात धेरै र नेपालबाट निर्यात कम भएको व्यापार तथा निकासी प्रवर्द्धन बोर्डको तथ्यांक छ। आर्थिक वर्ष २०७२र७३ मा नेपालबाट जापानमा १ अर्ब १९ करोड ४३ लाख ८० हजार रुपैयाँका सामान निर्यात भएको छ।
जापानबाट भने ७ अर्ब ५७ करोड ७३ लाख ६६ हजार रुपैयाँको सामान आयात भएको छ। यसबाट जापानसँगको ब्यापार असन्तुलन ६ अर्ब ३८ करोड२९ लाख ८६ हजार रुपैयाँ पुगेको ब्यापार तथा निकासी प्रवर्द्धन बोर्डले जनाएको छ। जापानबाट नेपालमा इलेक्ट्रोनिक्स सामानका साथै सवारी साधानहरु आयात हुन्छ। जापानको इलेक्ट्रोनिक ब्राण्ड सोनी कम्पनीका सामान नेपालको ज्योति ग्रुपले बिक्री वितरण गर्छ भने जापानबाट नेपालमा भित्रने टोयटा गाडी वैद्यज अग्रनाइजेसनले बिक्री गर्छ। नेपालबाट भने जापानमा हस्तकलाका सामान, रुद्राक्ष, पस्मिनाहरु निर्यात हुन्छन् ।
अबको मिसन आर्थिक समृद्धि स् उपपराष्ट्रपति पुन चेम्बर एक्स्पो २०७३ को उद्घाटन कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुनले अबको मिसन आर्थिक समृद्धिको हुनुपर्ने बताए। ुअब हामीले राजनीतिक तथा सामाजिक उपलब्धीहरु हासिल गरिसकेका छौुं, संविधान जारी गरेर आर्थिक विकासको बाटो पनि खोलिसकेका छौ अब हाम्रो एक मात्रै मिसन भनेको आर्थिक समृद्धि होु पुनले भने। उपराष्ट्रपति पुनले समृद्ध राष्ट्र निर्माणको लागि निजी क्षेत्रले आवश्यक भूमिका निर्बाह गर्नुपर्ने धारणा राखे। राज्यले लगानीमैत्री नीति निर्माण गर्छ तपाईंहरुले राष्ट्र निर्माणको लागि आवश्यक भूमिका निभाउनुु पुनले भने। वाणिज्य सचिव ङइन्द्रप्रसाद उपाध्यायले बिभिन्न देशबाट प्रतिनिधिका रुपमा आएका व्यापारीहरुलाई लगानी भित्र्याउन आग्रह गरे।
उनले नेपालमा लगानीका प्रयाप्त सम्भावना भएको र छिटो नाफा कमाउन समेत सकिने बताउदै लगानीका लागि आह्वान गरे। ुनेपालमा एग्रो, हाइड्रो र टुरिजम क्षेत्र लगानीका लागि अति सम्भावना भएको क्षेत्र हो यो क्षेत्रमा लगानी गर्दा छिटो मुनाफा कमाउन सहज हुनेछु उपाध्यायले भने। नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले अन्तर्राष्ट्रिय क्षेत्रमा आर्थिक कुटनीति विस्तारको लागि सम्वन्धित निकायसँग आग्रह गरे। हामीले अन्तर्राष्ट्रिय क्षेत्रमा राजनीतिक मुद्दा धेरै उठायो अब आर्थिक मुद्दा उठाउन आवश्यक छु श्रेष्ठले भने। नेपालका लागि जापानका राजदूत मसासी अगोवाले मेलाले दुई देशको व्यापार विस्तारमा सहयोग पुग्ने बताए भने जापानका फुजी पानीका सञ्चालक अवाई हेडेरोलोले पानीको अधिकतम प्रयोग गर्नको लागि सुझाव दिए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्