
एजेन्सी- उरी आक्रमणपछि भारतले पाकिस्तानलाई घुँडा टेकाउन सिन्धु नदिको पानी रोकीदिने चेतावनी दिईरहेका बेला चीनले भातलाई गम्भीर झट्का लाग्ने चेतावनी दिएको छ ।
पाकिस्तानको साथ दिदै चीनले भारतको पूर्वी भागलाई मरुभूमिमा परिणत गरिदिने चेतावनी दिएको छ । भारतले पाकिस्तानमा बग्ने सिन्धु नदीको पानी रोकेमा चीनले पनि भारतको पूर्वी भागमा बग्ने सबै भन्दा ठुलो ब्रम्हपुत्र नदि रोक्ने चेतावनी दिएको हो ।
चीनले भारतलाई चेतावनी दिदै भनेको छ- ‘भारतको हातमा पाकिस्तानमा बग्ने नदि छन् भने चीनको हातमा भारतमा बग्ने नदि छन् । यदि भारतले एकतर्फी रुपमा पाकिस्तान माथि कारबाही गर्छ भने चीनले पनि भारतको पूर्वी भागलाई मरुभूमि बनाइदिन्छ।’
पाकिस्तानको जलाधार रहेको सिन्धु जल सम्झौता एकपक्षीयरुपमा भंग गरेर पाकिस्तानलाई दवाव दिन भारतीय प्रधानमन्त्री मोदीले सिन्धु जल सम्झौताको विषयमा गम्भीर बैठक पनि बोलाए थिए । सन् १९४८ मा भारत र पाकिस्तान बिच तिक्तता बढेपछि भारतले सिन्धु नदीको पानी बन्द गरेको थियो ।

भारतको पुर्बोत्तरमा बग्ने सबै बन्दा ठुलो नदि ब्रम्हपुत्र नै हो । अन्य सबै नदि ब्रम्हपुत्रकै सहायक हुन् । यो नदि तिब्बतबाट भारतमा प्रवेश गर्छ । यदि चीनले ब्रम्हपुत्रको पानी रोक्यो भने भारतको पूर्वी भागका राज्यमा खडेरीको स्थिति उत्पन्न हुनेछ ।
भारतले पाकिस्तान माथि आक्रमण गरेमा चीनले पनि भारत माथि आक्रमण गर्ने भारतलाई डर छ । चीनका कारण भारतले पाकिस्तान माथि आक्रमण गर्न डराएको भारतीय मिडियाले जनाएका छन् ।
भारत र पाकिस्तान बिचको तनाव तिब्र बन्दै गएको छ। पाकिस्तानले पनि भारतले कुनै किसिमको दबाब दिए आणविक हमला गर्ने चेतावनी दिदै आइरहेको छ। यदि भारतीय पत्रपत्रीकामा आएको समाचारलाई सत्य मान्ने हो भने, सिन्धु नदिको पानी रोक्ने बितिकै भारत पाकिस्तानको युद्ध हुने निश्चिति छ ।
सन् १९६० भारत र पाकिस्तानबीच भएको सिन्धु जल सम्झौता अनुसार पाकिस्तानलाई भारतबाट बग्ने ६ नदीको पानी प्रयोग गर्ने सुविधा प्राप्त भएको थियो । यही सम्झौता अनुसार पाकिस्तानले भारतीय नदीहरुको पानीबाट विभिन्न परियोजना सञ्चालन गर्नुका साथै सिचाइ पनि गरिरहेको छ ।
के हो सिन्धु जल सम्झौता ?
सिन्धु नदीको इलाका करिव ११ लाख दुई हजार किलोमिटर क्षेत्रमा फैलिएको छ । यो इलाका पाकिस्तानमा ४७ प्रतिशत र भारतमा ३९ प्रतिश छ । चीनमा ८ र अफगानिस्तानमा ६ प्रतिशत ओगटेको छ । सिन्ध नदी भारतको उत्तरमा हिमालय पहाडबाट शूरु भएर जम्मु कश्मीर, हिमाचल, पंजाव, राजथान र हरियाणा प्रदेश हुँदै पाकिस्तानको पंजाव, सिन्धु हुदै बलोचिस्तानलाई पार गरेर अरव सागरमा मिसिन्छ । एक तथ्याङ्कका अनुसार करीव ३० करोड मानिस सिन्धु नदीको आसपासको इलाकामा रहन्छन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्