Skip to content
LAXMI SUNRISE BANK

भ्याटको विवरण बुझाउने अन्तिम दिन आजपनि विभागको साइटमा समस्या, साइट घरी राम्रै चल्छ, घरी चल्दै चल्दैन

अर्थ सरोकार


काठमाडौँ – भ्याटको विवरण बुझाउने अन्तिम दिन आज पनि आन्तरिक राजस्व विभागको वेवसाइटमा
आंसिक समस्या देखिएको छ । घरी साइट राम्रै चलिरहेको छ भने घरीघरी साइट नचल्ने, ह्यांङ हुनेजस्ता समस्या देखिएका छन् । साइटमा भर्नुपर्ने भ्याटको विवरण साइटमा भर्न कुनै बेला मिल्ने कुनै बेला नमिल्ने भइरहेको छ ।
अर्थ सरोकार डटकमसंग कुराकानी गर्दै आन्तरिक राजस्व विभागका सुचना अधिकृत राममणि दुवाडीले साइटमा कहाँ समस्या भएको हो त्यो पहिचान हुने काम भइरहेको र छिट्टै नै साइटमा देखिएको समस्या समाधान हुने केहि दिनअघि बताएका थिए । तर आज साइटमा देखिएको समस्याले समस्याको समाधान भइनसकेको स्पष्ट पारेको छ ।  अन्तिम समयमा आएर साइटमा करदाताको चाप बढ्ने भएकाले यस्तो समस्या आएको र समस्या समाधानका लागि कर्मचारीहरु लागि परेको बताएका छन् ।

यो पनि पढ्नुहोस् :

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK