×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘डन’ मनाङे जेल पर्दा चक्रे मिलन भूमिगत : आपराधिक गतिविधिबाट मनाङेले कमाए १४ करोड, चक्रेले सात करोड बढी कमाएको प्रहरी दाबी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

‘डन’ मनाङे जेल पर्दा चक्रे मिलन भूमिगत : आपराधिक गतिविधिबाट मनाङेले कमाए १४ करोड, चक्रेले सात करोड बढी कमाएको प्रहरी दाबी

Artha Sarokar

२९ भाद्र २०७३, बुधबार

पढ्न लाग्ने समय: ३ मिनेटभन्दा कम

  • निशान्त शर्मा / मिडिया एन पी

काठमाडौं –  ७५ दिनअघि गुन्डा नाइके दिपक मनाङे एक व्यापारी धम्क्याएको अभियोगमा पक्राउ गर्दा प्रहरीले मिलन गुरुङ उर्फ चक्रे मिलनलाई केही गरेन ।
महानगरीय प्रहरी परिसर काठमाडौँले मनाङेलाई पक्राउ गरेदेखि नै चक्रे मिलनबारे प्रहरीले ध्यान दिन छाडेको हो । मनाङे र उनका सहयोगी राजनकुमार सिंहलाई अपहरणको धम्की दिँदै जबर्जस्ती रकम असुलेको अभियोगमा पक्राउ गरेको थियो । काठमाडौंकै व्यापारीलाई धम्क्याएर ५० हजार रुपैयाँ लिएको अभियोगमा महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई १८ असारमा पक्राउ गरेको थियो ।
मनाङेसहित पाँचजना घटनामा संलग्न रहेको भन्दै प्रहरीले अपहरण तथा शरीर बन्धक उद्योग र संगठित अपराध ऐन अनुसारको अभियोगमा अनुसन्धान गरेको थियो । सोही अभियोगमा १४ भदौमा काठमाडौ जिल्ला अदालतले मनाङेलाई पुर्पक्षका लागि थुनामा पठाएको छ ।
मनाङेलाई अतिरिक्त न्यायाधीश ऋषिकेश वाग्लेको एकल इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । प्रहरीले अनुसन्धान सकाएर प्रस्तावित रायमा संगठित अपराधको अभियोगसमेत लगाए पनि जिल्ला न्यायाधिवक्ताको कार्यालयले भने मनाङेमाथि अपहरण उद्योगमा मात्रै दण्ड जरिवानाको माग दाबी गर्दै अभियोग पत्र दर्ता गरेको थियो ।
प्रहरीले मनाङेको सहयोगी दाबी गरेका सुशील मनाङे, ज्याक गुरुङ र शनि गुरुङलाई भने पक्राउ गरेको छैन । दर्जनौं आपराधिक अभियोग लाग्ने गरे पनि अधिकांश अभियोगमा धरौटीमा छुट्दै आएका मनाङेको यो तेस्रो जेल यात्रा हो । यसअघि उनी सार्वजनिक अपराधको अभियोगमा एक वर्ष जेल बसेका थिए । आपराधिक गतिविधिबाट १४ करोड रुपैयाँ कमाएको मुद्दामा धरौटी नबुझाई तीन महिना जेल बसेका उनी धरौटी बुझाएर मुक्त भएका थिए ।
को हुन् दीपक मनाङे ?
लामो समयदेखि ठमेल क्षेत्रमा राज गर्दै आएका दिपक मनाङे पछिल्ला दिनमा गुमनाम बसिरहेका थिए । ६० दिन अघि उनलाई प्रहरीले एक्कासी पक्राउ गरी अहिले जेल पठाएको छ ।
२०४६ सालको राजनीतिक परिवर्तनलगत्तै सक्रिय बनेका क्षेत्रपाटीका दिपक मनाङेले राजनीतिक रूपमा त्यतिबेला राष्ट्रिय प्रजातन्त्र पार्टीलाई आधार बनाएका थिए । खुला राजनीतिक अवस्थाको लाभ उठाउँदै मनाङेले पर्यटकीय क्षेत्र ठमेललाई ‘आधार इलाका’ को रूपमा प्रयोग गरे । त्यही ‘आधार इलाका’ मा उनले आफनो एक ढंगको राज नै गरे । २०६० पछि मुलुकमा रक्तचन्दन तस्करी बढ्यो ।
मनाङेलगायतका सबैजसो ‘गुन्डा’ हरू रक्तचन्दन तस्करीमै लगाए । प्रशस्त आम्दानी हुने भएपछि ‘डन’ हरूले यसलाई पेशाकै रूपमा अघि बढाए । र, मनाङेले पनि पहिलेको धन्दा जारी राख्दै रक्तचन्दन कारोबारलाई समेत एकैसाथ अघि बढाए । त्यसपछि मनाङेको अवैध सम्पत्तिमाथि विस्तारै सरकारले आँखा लगाउन थाल्यो । गुन्डागर्दीमार्फत अवैध सम्पत्ति जोडेको आरोपमा सम्पत्ति शुद्धीकरण विभागले उनीमाथि पनि विशेष अदालतमा मुद्दा हाल्यो । उनको नाममा १४ करोड ७४ लाख ३१ हजार रुपैयाँ बराबरको अवैध सम्पत्ति देखिएको दाबीका साथ मुद्दा चलाइयो ।
विशेष अदालतले मागेको २ करोड ९० लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि उनी तीन महिना करागार बसे । तीन महिनापछि धरौटी बुझाएर उनी रिहा भए । सुरुमा वियरको बोत्तल ठेकेदारका रूपमा ठमेल छिरेका दिपक मनाङेले आफ्नो ग्याङलाई देशभर विस्तार गरेका थिए ।

को हुन् चक्रे मिलन ?
मनाङे पक्राउ पर्नुअघि चक्रपथ क्षेत्रमा भेटिने चक्रे मिलन यतिबेला गुमनाम छन् । गुण्डागर्दीको अधारक्षेत्र रहेको विष्णु बुढानिलकण्ठ, धापासी, कपन, धुम्बराही महाराजगन्जमा उनी यतिबेला नदेखिएको प्रहरीले दाबी गरेको छ । मनाङेकै समकक्षीका रूपमा रहेका चक्रेलाई प्रहरीले निगरानीमा राखेको जनाएको छ ।
महानगरीय प्रहरी परिसर काठमाडौका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विक्रमसिंह थापाले चक्रेको बारेमा केही उजुरी नपरेका कारण पक्राउ नपरेको बताए । उजुरी आए तुरुन्तै पक्राउ पर्ने उनको भनाइ छ । गुण्डागर्दीलाई संगठित गरी सञ्चालन गर्ने मनाङे र चक्रेबीच सधै ग्याङ हुने गथ्र्यो । अहिले लामो समय भयो, यी दुईबीच भेटघाट भएको छैन । उनीहरूले नै संगठित गरेकाहरूले ग्याङ वार गर्न सुरु गरे पनि यी दुईबीच पछिल्लो समय ग्याङ वार भएको छैन । हाल उनी कहाँ छन् भन्ने बारेमा प्रहरीले सुराक पाउन सकेको छैन ।
राजधानीको चक्रपथ क्षेत्रलाई आधार बनाएर गुन्डागर्दी गर्दै आएका चक्रे मिलनले राजनीतिमा आउन इच्छुक रहेको बताउँदै आएका थिए । एमालेका सक्रिय कार्यकर्ता चक्रे शीर्ष नेताको नजिकका मानिन्छन् । अवैध सम्पत्ति जोडेका उनले ‘मिलन फाउन्डेसन’ मार्फत ‘सामाजिक काम’ समेतमा हात हालेका छन् ।
अवैध हतियार तथा अवैध सम्पत्ति दुवै मुद्दा खेपेका उनी एमाले नेताको सहयोगी गुन्डा नाइकेका रूपमा परिचित छन् । चक्रेले ७ करोड ८ लाख रुपैयाँ अवैध सम्पत्ति जोडेको भन्दै सम्पत्ति शुद्धीकरण विभागले विशेष अदालतमा मुद्दा दायर गरेको थियो । विशेषले मागेको एक करोड धरौटी बुझाएपछि उनी जेलमुक्त भएका थिए । सुरुमा उनको गुण्डागर्दीको क्षेत्र ठमेल दरबारमार्ग नै रहेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी