- अर्थ सरोकार सम्बतदाता
नेपालगन्ज – सामान्य शिक्षा मात्र लिएका नेपालगन्ज उपमहानगरपालिका(१३ बस्ने अंकित मिश्रलाई आजकल रत्तिभर दुर्गा, सरस्वती, लक्ष्मी, गणेश, शिव, पावर्तीको मूर्ति बनाउने शिक्षा कक्षा ८ उत्तीर्णफुर्सद छैन। उनी दैनिक २० घण्टा काममा खटिन्छन्। तै पनि उनले ग्राहकको अर्डर पूरा गर्न सकेका छैनन्। दसैँ जति नजिकिँदै छ, उति उनलाई कामले च्याप्दै गएको छ। खाना र नास्ता खाने बेला पनि उनको ध्यान काममै हुन्छ। उनलाई खाना खाने बेला समेत समय खेर गएको आभाष हुन्छ। समाचार संकलनका लागि त्यहाँ पुग्दा उनी देवी भगवतीको मूर्ति बनाउनमै ब्यस्त थिए। मूर्ति बनाउँदै उनले भने, ‘पत्रकारहरुसँग बसेर मज्जाले कुरा गर्ने मन त थियो, तर के गर्ने हिजो आज मलाई कुरा गर्ने फुर्सद नै छैन, रातमा सुते सुन गुम्ने डर छ।
कामको बोझले उनी रातमा राम्रोसँग निदाउन समेत सक्दैनन्। ग्राहकलाई दिएको वचन पूरा गर्न नसके राम्रो नहुने भएकोले उनी रातको ११ बजेपछिमात्र घर जान्छन्। बिहान पनि उनी उज्यालो नहुँदै मूर्ति बनाउन थाल्छन्। दसैँका लागि सरस्वती माध्यमिक विद्यालय अगाडी मूर्ति बनाउने उनी यसपालीको दसैँमा २१ सेट दुर्गाको मूर्ति बनाउँदै छन्। ‘दैनिक ५र६ जना अर्डर दिन आउँछन्, तर मैले अर्डर लिएको छैन,’ मूर्ति बनाइरहेकै बेला उनले भने, ‘अर्डर लिएर बनाउन नसके राम्रो हुन्न भनेर लिइन।’ उनले एउटा सेट दुर्गा मूर्ति बनाएको १५ हजारदेखि २५ हजार रुपैयाँ लिन्छन्।
माटो र परालले उनले विभिन्न थरिका मूर्तिको आकार निकाल्छन्। कलात्मक तरिकारले मूर्तिमा रङ्ग भरेर दुरुस्त बनाउँछन्। मूर्ति बनाउन थालेको ७ वर्ष भइसकेको उनले बताए। मूर्तिको साइज हेरेर रकम लिने गरेको उनले बताए। ‘साइज र सेट अनुसार मूर्तिको मूल्य फरक हुन्छ, ग्राहकले जस्तो अर्डर दिन्छन् त्यहि साइजको बनाई दिन्छौँ,’ मिश्रले भने। भारतबाट किन्दा नेपालीलाई घाटा गत वर्ष उनले ३५ सेट दुर्गाको मूर्ति बनाएका थिए। ग्राहकले दिएको अर्डर अनुसार मूर्ति बनाएपनि लिन नआएपछि उनले घाटा खानु पर्यो। त्यसैले उनले यस वर्षको दसैँका लागि थोरैमात्र अर्डर लिएको बताए। ‘पोहोर साल नाकाबन्दीका कारण डिजेल नपाएर अर्डर दिएकाहरु समेत लिन आएनन्,’ उनले भने, ‘पोहोर सालका ग्राहकले चेताए।’ उनले यहाँका सर्वसाधारणले भारतबाट समेत दुर्गा मूर्ति ल्याउने गरेको बताए।
उताबाट ल्याउँदा केही सस्तो पर्ने भएकोले मधेसी समुदायका ब्यक्तिले भारतबाट मूर्ति ल्याउने गरेको बताए। ‘पहिलेदेखि नै ल्याएकाहरु सिधै भारत गइहाल्छन्,’ उनले भने, ुपहाडी मुलकाहरुले भने सकभर यतैबाट किन्ने गरेका छन्।’ भारतमा मूर्ति बनाउनेहरुको पेशा नै त्यहि भएकोले यताको भन्दा सस्तो र धेरै बनाउने गरेको अंकितका भाई अमित मिश्रले बताए। उनले आफ्नो दाजुसँगै मूर्ति बनाउने काममा खटिन्छन्। उनी कक्षा १२ मा पढ्छन्। ‘पढाई गर्दै दाईलाई काममा सघाउँछु,’ अमितले भने। तालिम बिना मूर्ति बनाउँदै अंकित नेपालगन्ज र आसपास गाविसका बासिन्दाका लागि दुर्गाको मूर्ति बनाउँदै आएका अंकितले कुनै तालिम लिएका छैनन्। उनले मूर्ति बनाएको देखेर मात्र सिकेका रहेछन्।
मूर्ति बनाउने काम उनको पारिवारिक पेशा होइन। आफ्नो मावलीतर्फको हजुरबुवाको पेशा आफूमा सरेको उनको बुझाई छ। तर, उनले आफ्नो मावलीतर्फको हजुरबुवाले मूर्ति बनाएको भने देखेनन्। किनकी उनको मामा घर भारतमा पर्छ। ‘खान्दानी पेशा हो भन्छन्, त्यस्तै मेरो मावलीतर्फको हजुरबुवाको पेशा मेरोमा सर्यो होला,’ उनले भने। उनकी आमा नेपालगन्जस्थित सरस्वती उच्च माविको कर्मचारी हुन् भने बाबु नेपालगन्जमा होटल ब्यवसाय गर्छन्। बिक्री नभएको भन्दै पूरानाले छोड्दै सानै उमेरदेखि दसैँको दुर्गा मूर्ति बनाउने प्रमोद गुप्ताले भने यस वर्ष एउटा पनि मूर्ति बनाएनन्।
५ वर्षदेखि मूर्ति बनाउँदै आएकोमा यस वर्ष एउटा पनि मूर्ति नबनाएको उनले बताए। नेपालगन्जमा बनाएको मूर्ति नकिनेर भारतमा गएर किन्ने प्रवृत्तीका कारण आफूले यस वर्ष मूर्ति नबनाएको उनले बताए। ‘धेरै मेहेनत गरेर मूर्ति बनायो, सस्तोमा माग्छन्, धेरैजसो त भारतबाट ल्याउँछन्, बिक्री हुन छोडेपछि यस वर्ष बनाइन,’ गुप्ताले भने। सबैले नेपालबाटै किनेको खण्डमा ब्यापार राम्रो हुने बताउँछन्। ‘थोरै सस्तो पाएपछि भारतमा गएर किन्ने नेपालीको बानीले नेपालको पैँसा भारतमा गइरहेको छ,’ उनले भने,’ नेपालमा पाइने वस्तु नेपालमै किन्ने बानीको विकास हुन जरुरी छ।’