- नीलकण्ठ शर्मा
बन मन्त्रीले बादरको कुरा आफ्नो क्षेत्र भने, बाणिज्य र आपूर्ति मन्त्रीले ब्यापारसग जोडे । परराष्ट्रमन्त्रीले दुई देशको सम्बन्धको कुरा हुनाले आफ्नो हकदाबी गरे ।
तर त्यतिबेलाका कृषि मन्त्री शक्तिशाली रहेछन । बादरले किसानलाई दुख दिएको हुदा बादर निर्यात गर्नेकुरा आफ्नो क्षेत्रमा पर्ने गरेकुरा गरेछन । मन्त्री परिषदको बैठकले चीनमा बादर निर्यात गर्ने कामको नेतृत्व कृषि मन्त्रालयलाई दियो ।
अब,
कृषि मन्त्रीले सचीव र महानिर्देशक लगायत उच्च पदाधिकारीको बैठक राखेर गण्डकी अञ्चललाई केन्द्र मानेर बादरको तथ्यांक लिन आग्रह गरे । उच्च पदस्थहरुको बैठकले जिल्ला स्थित कृषि बिकास कार्यालयलाई निर्देशन दियो ।
कृषिका हाकिमहरुले जे टि, जे टि ए लाई आआफ्नो पकेट क्षेत्रमा के कति बादर छन ? महिना दिन भित्रमा तथ्यांक पेश गर्न निर्देशन दिए । बिचरा जे टि, जे टि ए हरु रनभुल्लमा परे । बादरको तथ्यांक कुन भिरपाखामा गएर कसरी लिने ?
पन्चायत कालमा हाकिमको आदेसको अवज्ञा गर्ने कुरा भएन । सम्बन्धित गाउँको भिरपाखा हेर्दै किसान र प्रधानपन्चसग समन्वय गर्दै केही काल्पनिक तथ्यांक पेश गरे । यही कुरा जिल्ला, बिभाग हुँदै मन्त्रालय पुग्यो ।
सबैगर्दा करिब ६ हजार जति बादरहरुको संख्या किटान भयो । अब चीनमा पठाउने संख्या कति भनेर परराष्ट्र मन्त्रालय हुँदै दूतावासमा कुरा राखियो । दूतावासले चीन सरकारलाई खबर गर्यो । यो सबै काम गर्न एक बर्ष जति लाग्यो । त्यो बेलामा पनि लाखौ खर्च भयो ।
अब कृषि, परराष्ट, बाणिज्य मन्त्रालय र केही सुरक्षा निकायको टिम कृषि मन्त्रीको नेतृत्वमा चीनको भ्रमणमा गयो । रिपोर्ट लेखिए, प्रतिबेदन बन्यो । त्यो प्रतिबेदन अनुसार चीनले आधुनिक औसधिको परिक्षण गर्न र बादरमा हुनसक्ने मानवीय गुणको अध्ययन अनुसन्धान गर्न ४-५ सय बादर मागेको कुरा प्रष्ट पार्यो । नेपाली टोलिले सहमत जनाउदै चीनबाट फर्कियो ।
अब,
पुन मन्त्री परिषदको बैठक बसेर बादर जम्मा गर्ने निर्णय गर्यो । तर जिउँदै बादर समातेर तिनलाई शकुसल चीन पठाउने कसरी ?
त्यो बेला यो प्रबिधि नेपालमा थिएन ।
कृषि मन्त्री तर्किए, बाणिज्य र आपूर्ति मन्त्री हच्किए, बन मन्त्रीले चीन जाने टोलीमा आफू नपरेको भन्दै चित्त दुखाए । परराष्ट्रमन्त्रीले आफ्नो काम कुटनैतिक सम्बन्ध बढाउने हो बादरहरु जम्मा गर्ने होइन भनेर सबैलाई थर्काए ।
लाखौंको खर्च, बर्षौको परिश्रम गरे पनि अन्तिममा बादर चीनमा पठाउने यो अध्याय नै पुर्ण रुपमा समाप्त भयो ।
अहिले,
देश समाज बुझेका, अध्ययन गरेका र औसतमा देशको सचेत नागरिक बिच विद्वानको रुपमा आफ्नो पहिचान बनाएका पुर्ब सचीव बालानन्द शर्माको अध्यक्षतामा बनेको स्थानीय निकायको पुनर्संरचना आयोगको काम पनि हाम्रो राजनीतिक नेतृत्वको अपरिपक्व (बादरे) निर्णयले यस्तै हुँदै त छैन ?
निलकण्ठ शर्मा
पर्वत, फलेवास
हाल काठमाडौं