×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सञ्चारमन्त्रीलाई वातावरणको बुद्धी कहाँबाट आयो -पुर्व प्रधानमन्त्री ओली

LAXMI SUNRISE BANK

सञ्चारमन्त्रीलाई वातावरणको बुद्धी कहाँबाट आयो -पुर्व प्रधानमन्त्री ओली

११ आश्विन २०७३, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार डटकम 

काठमाडौँ – प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारका प्रवक्ताले चीनसँगको व्यापार बढाउन बाटो बनाउने विषयमा सूचना तथा सञ्चारमन्त्रीले वातावरणमा प्रभाव पार्ने भनेर दिएको अभिव्यक्तिको विरोध गरेका छन् ।
आज संसदमा विशेष समय लिएर बोल्दै ओलीले भने- ‘सञ्चारमन्त्रीलाई कसरी बुद्धि पलायो वातावरणको  ‘चीनसँग बाटो खोल्दा कसरी वातावरण विग्रन्छ  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लडाकुको रकम घोटालाको छानविनको विषयमा बोल्दै ओलीले भने ‘भ्रष्टाचारको छानविन गर्न एमालेले उकासेको छ भन्ने जस्ता आरोप लगाउनु गलत छ । प्रधानन्त्रीले अदालत र अख्तियारसँग कुरा मिलाएको छु भन्ने अभिव्यक्ति दिनु कानूनी राज्य र लोकतन्त्रको उपहास हो ।
अध्यक्ष ओलीले भारतसँग गरिएका असमान र असन्तुलित सहमतिलाई मान्न नसक्ने बताउनुभयो । उहाँले प्रधानमन्त्री दाहालले नेपाल–भारतसम्बन्ध सप्रिएको भनेर गरेको दाबीको खिल्ली उडाउँदै दुई देशका प्रधानमन्त्रीद्वारा जारी भएको संयुक्त विज्ञप्तिले स्पष्ट पारिदिएको बताए । उनले भने– ‘प्रधानमन्त्री ज्यूले मेरो भारत भ्रमणले दुई देशको सम्बन्ध सप्रियो भन्नुभयो । मैले पनि खोजे कहाँ कहाँ सप्रे छ भनेर खोजे । तर सम्बन्ध सप्रेको त मैले कतै पाइन’, बरु झन् जटिल बनेको छ । आन्तरिक मामिलामा हस्तक्षेप निम्ताइएको छ ।’ प्रधानमन्त्री दाहालले आफ्नो भारत भ्रमणबारेमा सदनलाई जानकारी नदिएकोमा आपत्ति जनाएका ओलीले भने— ‘प्रधानमन्त्रीले बाहिर बाहिर के–के भन्नुभयो । सदनलाई केही भन्नुभएन । भारतसँग के विग्रिएको थियो र सम्बन्ध सप्रिएको हो ।
उनले भारतसँग भएको दशौँ नम्बरको बुँदामा नेपालको संविधान कार्यान्वयनको सम्बन्धमा साझा विषय बनाएकोमा ओलीले आपत्ति जनाए । संविधान कार्यान्वयनको विषय नेपालको आन्तरिक विषय हो । भारतलाई आन्तरिक विषयमा आमन्त्रण गरिनु गलत भएको बताए । ओलीले भने— प्रधानमन्त्री भारत भ्रमण किन गएको हो मैले बुझेको छैन भन्नुभएका एमाले अध्यक्ष ओलीले भन्नुभयो, ‘सरकार बनाउनेवित्तिकै दुई वटा दूत केका लागि पठाउनु भयो रु ज्ञापनपत्र बुझाउन गएको हो कि रु मौखिकमा अविश्वास हुन्छ भने पत्रसहित पठाउनु भयो । नेपालमा के भएको थियो र रु विशेष दूत पठाएको हो रु’ भारतसँगको ११ नम्बर बुँदामा प्रमुख अन्तर्राष्ट्रिय विषयमा संयुक्त राष्ट्र संघलगायत अन्तर्राष्ट्रिय मञ्चमा भारतको जस्तै समान धारणा राख्ने कुरा अमान्य रहेको उहाँले बताउनुभयो । उहाँले परराष्ट्र मामिलामा नेपालको आन्तरिक विषयमा कसैसँग बाँधिन नमिल्ने बताए ।
संयुक्त विज्ञप्तिको १२ औँ बुँदामा खुला सीमाना नियन्त्रण गर्ने विषयमा प्रधानमन्त्री दाहालले राजदूतसँग सम्झौता गरेर सन् १९५० को सन्धिको स्मरण गराई दिएको ओलीले उल्लेख गर्नुभएको छ । राजदूतावासको कर्मचारीसँग प्रधानमन्त्रीले हस्ताक्षर गर्नु उपयुक्त नभएको बताए । बुँदा नम्बर २० मा तेलको पाइपलाइनले व्यापारमा अंकुश लगाएको भन्दै ओलीले त्यसलाई पनि मान्न नसकिने उल्लेख गर्नुभएको छ । उहाँले २२ नम्बर बुँदामा व्यापार घाटाका विषयमा पनि सोँच विचार नै नगरेर गरिएको सम्झौताको विरोध विरोध गरे ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी