×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हिन्दुराष्ट्र समाप्त पार्ने अनि रामराज्य खोज्ने ?

GLOBAL IME BANK
SHREE KESH

हिन्दुराष्ट्र समाप्त पार्ने अनि रामराज्य खोज्ने ?

२८ भाद्र २०७३, मंगलवार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

गौतम बुद्ध, सीता ,राजा जनक, भृकुटी जस्ता भगवान र विभुतिहरुको पुन्य आत्माले जन्म लिएको स्थल नेपाल हो । नेपालको सांस्कृति र पौराणित इतिहाँस हेर्ने हो यो निकै गहिरो र मानव जातिका शिक्षा र अध्ययनको महासागर छ । साक्षात गुरु गोरखनाथको  भगवान विश्वकर्मा, विभिन्न कालखण्ड उत्पन्न भएका महाआत्मा ऋषि र वर्तमानमा  राहुलेश्वर ऋषिको तपस्या स्थल हो नेपाल ।
देवि देवता र शक्तिहरुको आश्रय स्थलमा छुवाछुत जस्तो दानवीय कार्य हुनु २१ शताब्दीका लागि मात्र हैन, गौतम बुद्ध सिताको पनि अपमान हो । सत्य भूमिमा कसैलाई जातका आधारमा विभेद गर्ने अधिकार न त प्रचलित कानुनले दिएको छ नत ऋषिमुनीहरुको उपदेशमै छ । तर पनि मानव जातिको कलंकका रुपमा रहेको छुवाछुत अझै नेपाली समाजमा ब्याप्त छ ।
यो दानवीय संस्कारको विकास ऋषिमुनीहरुको उपदेशदेखि वर्तमान कानुनसम्ममा छैन । तर समाजमा आफुलाई अगुवा सम्झने केही कालखण्डी ब्यक्तिहरुको उपज मात्र हो । उनीहरु मानवबाट दानाव स्वरुपमा प्ररिणत भएर सानो जात,  ठुला जात बनाए । र  समाजमा विवाद, विभेद, र असन्तुलनको बृजारोपन गरे ।
जहाँ गौतम बुद्ध, सिता, राजा जनकबाट विभेद गरिएको छैन त्यही सवैभन्दा बढि विभेद देखिएको छ । जहाँ जगत प्रारम्भकर्ताले नै यो विभेदको भारी मानव जातिलाई बोकाएका छैनन् भने उनीहरुलाई जातिय विभेदको छुट कसले दियो ? त्यो जातिय विभेद गर्नेलाई किन कारवाही हुँदैन ? अब समाज सुधारको पहिलो यात्रा यहीबाट सुरुवात गर्नु पर्दछ ।
नेपालमा १२५ जाति छन् भने ति जातिका आ–आफ्नै धर्म संस्कार छन् । ति धर्मसंस्कारले नेपालीको पहिचान मात्र हैन, एकअर्काेलाई सदाचारको कसिलो धागोमा बाँधेको छ । राजनीतिक परिवर्तनका नाममा निश्चित ब्यक्तिको आर्थिक स्वार्थ पुरा गर्न धर्मसस्कृतिमाथी धावा बोल्ने काम भइरहेको छ । यसको सामना राजनीतिक भोट तान्ने आधारमा होइन समाजलाई एकरुपतामा ल्याउने उदेश्यका साथ लाग्नु पर्दछ । यसको यात्रा शिवसेना नेपालले गरिसकेको छ ।
छुवाछुत जस्तो दानवीय कार्यलाई लिएर केही धर्मका नाममा राजनीति गर्नहरुले अफवाह फैलाइहेका छन् । ‘तिमिहरुलाई छुवाछुतका आधारमा हिन्दु धर्मका कारण विभेद गरिएको छ, यो हिन्दु धर्ममै उल्लेख छ’ यस्तै कपोल कल्पित, भ्रामकताका प्रचार गरिरहेको पनि पाइन्छ । जो सतप्रतिसत खेदजनक छ ।
नेपालको सन्दर्भमा विगतदेखि वर्तमानसम्मलाई पल्टाएर हेर्ने हो छुवाछुतको अन्त्य गर्ने कानुन २०१५ सालमा  बनेको थियो । तत्कलीन राजा महेन्द्रद्धारा जातिय आधारमा छुवाछुतको ब्यवहार गरे कारवाही गर्ने कानुनी ब्यवस्था पनि गरिएको थियो ।  तर मुलुकी ऐनमा गरिएको त्यो ब्यवस्था अझै अन्त्य हुन नसक्नु ठुलो विडम्वना हो ।
दलित भन्ने शब्द उपमा हुन सक्छ, तर यो जात हुन सक्दैन । यदि पावित्र आँख़ा  र शुद विचारबाट बूझ्ने हो भने  दलित कुनै तल्लो जात होइन । राज्यको पुहँचभन्दा बाहिर रहेर दलिएका, हेपिएका ब्यक्तिलाई दलित उपमा हुनसक्छ । उनीहरुलाई त्यहीबाट न्याय खोज्न सकिने अर्थमा यसको विश्लेषण हुनु पर्दछ ।
राजनीतिक नारामा नयाँ नेपाल बनाउने भनेर हुँदैन । नयाँ नेपाल बनाउन धृणित व्यक्तित्व र विचारलाई अन्त्य गरी बैदिक सनातन हिन्दु धर्म दर्शनलाई बुझनु पर्दछ । आध्यात्म युव होइन, चिन्तन हो । आध्यात्मिक युगबाट मात्र रामराज्यको कल्पना गर्न सकिन्छ । विश्वका कुनै पनि विचारधारा हिन्दु दर्शनकै आधारमा आधारित छन् । तर हिन्दुधर्मलाई नै ध्वस्त पार्ने कामबाट नयाँ नेपाल बन्न सक्दैन ।

  • अनिल बस्नेत(अध्यक्ष शिवसेना नेपाल) / एस काठमाडौँ 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: