×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

साहस उर्जामा लाइसेन्स काण्ड !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

साहस उर्जामा लाइसेन्स काण्ड !

१९ भाद्र २०७३, आईतवार

पढ्न लाग्ने समय: ७ मिनेटभन्दा कम

सर्वसाधारणमा सेयर (आईपीओ) निष्काशन भन्दै एक अर्बभन्दा बढी रकम उठाएको साहस ऊर्जा कम्पनीभित्र दुईजना व्यक्तिले अन्य प्रबद्र्धकहरूलाई समेत ठगेको खुलाशा भएको छ । साहस ऊर्जाका अध्यक्ष सहित दुईजना सञ्चालकले जलविद्युत् आयोजनाको लाइसेन्स खरिदमै ५० करोड घोटाला गरेको खुलाशा भएको छ ।
भन्चर हाइड्रोका नाममा रहेको सोलुखोला जलबिद्युत् आयोजनाको लाइसेन्स खरिदका लागि सो समुहले २० करोड रुपैयाँ घोटाला गरेका थिए । तर, अहिले सर्वसाधारणसँग अरवौं रुपैयाँ उठाएपछि उनीहरूले सो लाइसेन्सको रकम नै ७० करोड हिसाब देखाएका छन् । ८६ मेगावाटको सोलुखोला (दूधकोशी) हाइड्रोपावरका लाइसेन्स जलविद्युत व्यवसायी कृष्ण आचार्यको स्वामित्वमा रहेको कम्पनी हाइड्रो भेन्चरका नाममा थियो । 
उसले सोलुखोला आयोजना बनाउन नसक्ने भएपछि विदेशी साझेदार खोज्ने प्रयास गरे । फाइनान्सियल क्लोजर गराउन नसक्ने अवस्था भएपछि लाइसेन्स खारेजी हुने अवस्थामा आचार्यले सो कम्पनी बेचेका थिए । त्यसबेला उनले लाइसेन्स बिक्री गर्दा १४ प्रतिशत सेयर आफैँले राखेका थिए । तर, पछि सो १४ प्रतिशत सेयरसमेत उनले साहस ऊर्जा समूहलाई नै हस्तान्तरण गरिसकेका छन् ।
सो परियोजनाको लाइसेन्स कति रुपैयाँमा खरिद भएको हो भन्ने कुरा कसैले पनि बाहिर ल्याएका छैनन् । हजारौं व्यक्तिसँग साधारण सेयर भन्दै अर्बौ रुपैयाँ उठाएको साहस ऊर्जा कम्पनीले समेत सो आयोजनाको लाइसेन्स लिएका विषयमा कुन  हिसाब–किताब आफ्नै सेयरधनीहरूलाई बताएका छैनन् । हालसम्म सेयरधनीहरूलाई बितरण गरिएको कुनै पनि डकुमेन्टमा लाइसेन्सवापत भएको खर्चको कुनै तथ्यांक देखाइएको छैन ।
हाल साहस ऊर्जा कम्पनीका अध्यक्ष हिमप्रसाद पाठक रहे पनि यसअघिदेखि नै सन्चालकहरू मुक्तिराम पाण्डे र भोजबहादुर शाहले कम्पनीमा जम्मा भएको पैसामा हालिमुहाली चलाएका हुन् । कम्पनी स्रोतका अनुसार अहिले पाठकसहित शाह र पाण्डेले आफूले कुनै रकम लगानी नगरी १ करोड ५० लाख रुपैयाँ बराबरको सेयर आफ्नो नाममा राखेका छन् । कम्पनी रजिस्ट्रारको कार्यालयको अभिलेखमा हेर्दा उनीहरूको नाममा सेयर देखिए पनि उनीहरूले कम्पनीको सेयरवापत रकम बुझाएको भने कतै देखिन्न ।
स्रोतका अनुसार कम्पनीको लाइसेन्स जम्मा २० करोड रुपैयाँमा खरिद गरिएको थियो ।  २० करोड रुपैयाँ तिरेर आयोजनाको स्वामित्व भएका कम्पनी हाइड्रो भेचार लिमिटेड किनिएको हो । त्यसपछि सोही कम्पनीलाइ साहस उर्जाको  सहायक कम्पनीको रुप दिइयो । तर, अहिले साहस ऊर्जाको आन्तरिक हिसावमा हाइड्रो भेन्चरको स्वामित्व लिनका लागि ७० करोड रुपैयाँ लागेको उल्लेख छ । यसरी जलविद्युत्
आयाजनाको सेयर भन्दै सर्वसाधारणसँग १ अर्व २० करोड हाराहारी रकम उठाइएको छ । सो रकम लाइसेन्स खरिदमा मात्र लागेको देखाई हिनामिना गरेको देखिन्छ ।
अहिले इन्भेष्टममेन्ट बैंकको अगुवाईमा आयोजना निर्माणको लागि करिब ८ अर्ब लगानी सम्झौता भएको पत्र देखाई उनीहरूले अरू लगानीकर्तालाई पनि ठग्ने क्रम जारी राखेका छन् । तर, बैंकले लगानी सम्झौता गर्दैमा रकम दिइहाल्ने भने हैन । यसका लागि बैंकहरूले ८ अर्ब हाले पनि लगानीकर्ताको तर्फबाट ३ अर्ब हाल्नुपर्ने हुन्छ । सो रकम प्रबद्र्धकहरूले कसरी जुटाउँछन् ? यो असम्भव दखिएको  छ । पहिले  बिभिन्न हथकन्डा अपनाएर जम्मा गरेको रकम लाइसेन्स खरिद भनेर सकाइसकिएका छ । कम्पनीको कार्यालय, गाडी र कमचारी खर्चका  नाममा महिनाको बीसौं लाख रुपैयाँ खर्च हुने गरेको छ ।
कार्यकारी अध्यक्ष पाठकले डेढ करोडको गाडी चढ्छन् र मासिक लाखौं रुपैयाँ तलब खाने गरेका छन् । परियोजनास्थलमा २ वटा टहरा बनाएको हिसाबमात्रै १ करोडभन्दा बढी देखाइएको छ । यसले पनि साहस उर्जाको नाममा सामान्य जनतासँग उठाएको रकमको दुरुपयोग कसरी भैरहेका प्रष्ट हुन्छ । अहिले निजी क्षेत्रबाटै सबैभन्दा ठूलो मानिएको ८६ मेगावाटको आयोजना बनाउन लागिपरेको समूह वास्तवमा जलविद्युत् क्षेत्रमा कुनै अनुभव भएको समूह हैन । नत उनीहरू आर्थिकरुपमा नै लगानी गर्न सक्ने हैसियतमा हुन् । उनीहरूले कतिपय स्थानमा साहस ऊर्जा कम्पनीलाई मेगा बैंकको सहायक कम्पनीसमेत भनेर प्रचार गरेका छन् । 
तर, मेगा बैंक र र साहस उर्जाबीच कुनै पनि सम्बन्ध छैन । साहस ऊर्जामा सन्चालक रहेका शाह बैंकका अध्यक्ष भएका र अर्का सञ्चालक पाण्डे पूर्वसञ्चालक हुन् । हाल पाण्डेका भाई सिएन पाण्डे बैंकमा सर्वसाधारणको तर्फबाट सञ्चालक छन् । यसअघि सो हाइडोमा लगानी गर्नका लागि उनीहरूले मेगा बैंकमा नै प्रस्ताव लगेका थिए । तर, सन्चालकहरूकै स्वामित्व रहेका कारण बैंकले लगानी अस्वीकार गरेको
थियो ।
२०५० सालसम्म सरकारी विद्यालयमा सामान्य शिक्षक रहेका पाण्डे ठमेलमा एउटा ट्राभल एजेन्सी चलाउने व्यक्ति हुन् । जम्मा बीए पास भनिएका उनी एमालेको राजनीति गर्छन  र एमाले  सरकारको पालामा पर्यटन बोर्ड र नेपाल वायुसेवा निगमको सन्चालक समेत हुन सफल भए । निगममा सन्चालक भएको बिषयमा उनीमाथि मुद्दासमेत चलिरहेको छ ।
उनीमाथि अवैध धन्दाबाट अकुत सम्पत्ति आर्जन गरेको विषयमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा समेत उजुरी परेको छ । सामान्य आर्थिक हैसियतका र खासै लेखपढसमेत नगरेका उनको दाजुभाई अहिले कसरी अर्बौं सम्पत्तिको धनी भए भन्न विषयमा खोज्नका लागि प्रहरी रेकर्डमा रहेको एउटा केस हेरे पुग्छ ।
केही वर्षअघि भक्तपुरको जगातीमा अबैध ९ लाख अमेरिकन डलरसहित पक्राउ परी लामो समय प्रहरी हिरासतमा रहेका व्यक्ति नै मक्तिराम पाण्डे हुन्न । त्यसबेला उनलाई राजश्व अनुसन्धान बिभागले ३५ दिन थुनामा राखी अदालतमा पेश गरेका थियो । त्यतिबेला उनी अदालतमा अनेक झूठ्ठा विवरण दिई धरौटीमा छुट्न सफल भए । अझै पनि सो मुद्दाको अन्तिम किनारा लागेको छैन । अहिले उनी एमाले पार्टीको ठूलो चन्दादाता बनेका छन् । 
पाण्डे मात्र हैन साहस ऊर्जामा संलग्न रहका सो कम्पनीमा सञ्चालकहरूको  विगतको आर्थिक र अपराधिक पृष्ठभूमि हेर्ने हो भने उनीहरूले परियोजना बनाउने नभई जनता र बैंकको रकम डुबाउने अनि आफूमात्र कमाउने नियत रहेको प्रस्ट हुन्छ । जम्मा–जम्मी बीए पास गरका  भनिएका हिमपप्रसाद पाठक साहस ऊजाका कार्यकारी अध्यक्ष हुन् । उनी नै हाइड्रो भेन्चरको
पनि प्रबन्ध निर्देशक हुन र दुबै कम्पनीबाट तलब खान्छन् ।
यसबाहेक उनीरुरु जलविद्युत् र हुग्दी खोला हाइड्रोपावरको पनि अध्यक्ष छन । ती  सबै आयोजनाको लाइसेन्स लिएर यस्तै ठगि गर्ने हतियार बनेका छन् । साहस ऊर्जाका अन्य सञ्चालकहरूमा भोजबहादुर शाह, जिज्ञाशा सुवेदी, मिनराज कंडेल , पारितोष पौडेल, मुक्तिराम पाण्डे र महेन्द्रकुमार गिरी छन् । आयोजनाको मुख्य लाइसेन्स रहेको हाइड्रो भेन्चरमा भने मिनराज कँडेल अध्यक्ष छन् । यसअघि डा. दुमन थापा, कृष्ण आचार्य र भोजबहादुर शाहको कम्पनी हो । उनीहरूले यसअघि यही आयोजनाको लाइसेन्स ज्योती विकास बैंकलाई बिक्री गर्न खोजेका थिए । सो खरिद बिक्रीका लागि एमओयूसमेत भैसकेको थियो । 
पछि राष्ट्र बैंकले हस्तक्षेप गरेर कारोवार हुन दिएन । साहस उर्जा लिमिटेड नामक एउटा कम्पनी छ भने अर्को साहस हाइड्रोपावर कम्पनी पनि छन् । यसबाहेक अन्य थुप्रै कम्पनी एउटै समूहभित्र बनाइएको छ । यी सबै कम्पनीका नाममा लगानीकर्ता झुक्याउने काम भएको छ । पाठक आफैँ बसुन्धरामा रहेको साउथ वेस्टर्न क्लेजका सञ्चालक हुन भने प्याब्सनका अध्यक्ष रहिसकेका भोजबहादुर शाह मुख्य  लगानीकर्ता हुन् । महेन्द्र गिरी झापामा सहारा सहकारी चलाउने व्यक्ति हुन् । जिल्ला सहकारी संघ झापाका उपाध्यक्ष रहेका उनी पनि एमाले कार्यकर्ता हुन् । 
यस्तो छ, ठगी प्रपञ्च
२ ० ७ १ सालमा चैतमा ‘साहस ऊर्जा प्रालि’ नामक कम्पनीले विभिन्न राष्ट्रिय दैनिक पत्रिकाहरूमा सेयर निष्काशनको सुचना निकालेर रकम संकलन गरेको थियो । प्रहरीले समेत अबैध रकम संकलन गरेको विषयमा छानविन अघि बढाएपछि कम्पनीका सञ्चालकहरूलाई बयानका लागि बोलायो ।
तर, त्यहीबला कारबाहीबाट बच्नका लागि े उनीहरूले सूचना सच्याएर अर्को निकालेका थिए । त्यसबला हनुमानढोका अपराध अनुसन्धान महाशाखाका एसएसपी पष्कर कार्कीले साहसका  सञ्चालकहरूलाई पक्राउ गरी ल्याउन आदेशसमेत दिइसकेका थिए । तर, राजनीतिक दवाबका कारण रोकिएको थियो । त्यसबेला राजनीतिक दबाब र बोर्डभित्र च्यानल मिलाएर सो काण्ड सामसुम बनाएको चर्चा त्यतिबेलै चलेको थियो ।
बोर्डले वास्ता नगरेपछी उसले लामो समयसम्म रकम उठाउने धन्दा कायम राख्यो । यसरी उसले हालसम्म एक अर्बभन्दा बढी रकम संकलन गरेर आफैँ चलाइरहेको छ । यसरी जनतासँग खुल्लमखुल्ला सेयरको नाममा रकम उठाएर चलाउने सो कम्पनी  एउटा ‘इन्भेष्टमेन्ट कम्पनी’ मात्र हो । 
जलविद्युत् गृह निर्माणको नाममा उसले एक अर्वभन्दा बढि रकम उठाए पनि सो कम्पनीसँग एउटै हाइड्रोपावर प्रोजेक्टको लाइसेन्स छैन । सोलुखोला र दुधकोशी जलविद्युत आयोजना आफ्नो भन्दै रकम उठाइएको छ । तर, सोको लाइसेन्स ‘हाइड्रो भेन्चर’ नामक कम्पनीसँग छ । र, सो कम्पनीमा साहसको शतप्रतिशत सेयर छ । आफनो साहायक कम्पनीको लाइसेन्स भन्दै नयाँ कम्पनी खडा गरेर रकम उठाइएको छ । जबकी ठग्नकै लागि साहस उर्जा बनाइएको हो ।
नत्र लाइसेन्स होल्डर कम्पनी ‘हाइड्रो भेन्चर’कै नाममा रकम उठाउन सकिन्थ्यो नि । साहसका नाममा उठाइएको रकम अन्य लगानी गर्नका लागि यसो गरिएको हो । लगानीकताहरूलाइर्  साहसको  सेयर प्रमाणपत्र दिने अनि अनि हाइड्रो भेन्चरका लाइसेन्सचाहिं अन्यत्र बेच्ने षड्यन्त्र भैरहेको छ । साहस उर्जा कम्पनीमा लगानी गर्नेहरू स्वत: हाइड्रो भेन्चरको सेयरधनी बन्दैनन् । उदाहरणको लागि नविल बैंकको सेयर किनेर कोही सेयरधनी नविल इन्भेष्टमेन्ट बैंकिङको मालिक हुन्न । नविलले चाहेमो सो सहायक कम्पनी जुनसुकै बेला बिक्री गर्न सक्छ । यदी सोललुखोला हाइड्रोमा सेयर हालेको हो भने हाइड्रो भेन्चर कम्पनीको सेयरधनीको रुपमा रकम लगानी गर्नुपर्छ । 
तर, साहस ऊर्जाले अनेक तिकडम गर्दै जनताको एक अर्ब बढी रकम उठाएको छ । साहसमा पैसा हालेर सोलु खोला हाइड्रोपावरको सेयरधनी बनिन्न । किनकी साहससँग जलविद्युत्को लाइसेन्स नै छैन । हाइड्रो भेन्चर कम्पनीको संस्थापक हुनुको अर्थ जलविद्युत्को अनुमति–पत्र पाएको भन्न मिल्दैन । जस्तै, उदाहरणको लागि अपर तामाकोशीको अनुमति–पत्र नेपाल विद्युत प्राधिकरणसँग छैन यसको अनुमति–पत्र अपर–तामाकोशी हाइड्रोपावर लिमिटेडसँग छ । प्राधिकरणले आफ्नो सेयर स्वामित्व ४१ प्रतिशत रहेको आधारमा सञ्चालक पठाउन र कम्पनी ऐनको दफा १८२ अनुसार लाभांश माथिमात्र अधिकार राख्छ । यसबाहेक अरू कुरामा कुनै हस्तक्षेप गर्न सक्दैन । सोलुखोलामा साहसको हैसियत पनि यहि हो । 

पैसा कहाँ गयो ? 
साहस ऊर्जाले अर्बभन्दा माथि उठाएको छ । सो रकम कहाँ छ ? र कसले त्यसको अनुगमन गरिरहेको छ ? भन्ने कुनै रेकर्ड सरकारी निकायमा छन । जबकी एउटा २ पाना फारम भरेर रकम बुझाएका हजारौं लगानीकर्ताहरूलाई आफ्नो लगानी कसले चलाइरहेको छ भन्नेसमेत ज्ञान छैन । कम्पनीले रकम बुझिसकेको र संस्थापक सेयरधनीमा नामसमेत नराखेको उसकै वेबसाइटको सूचना हेर्दा थाहा हुन्छ । हजारौं लगानीकर्ताहरूलाई एउटा रसिद दिएर एक अर्बभन्दा बढी रकम जम्मा गरेको सो कम्पनीले सोको विस्तृत जानकारी कम्पनी रजिष्ट्रारमा समेत बुझाएको छन ।  
सो कम्पनीका अनुसार केही लगानीकर्ताको विवरण कम्पनी रजिष्टार कार्यालयमा बुझाइए पनि धेरैको बाँकी छ । तर, रकम लिइसकेपछि किन उनीहरूलाइ स्थापकका रुपमा राखिएन, यसैमा घोटाला भएको छ । उनीहरूले साहस सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ नामक संस्था चलाएर कम्पनीको रकमलाई महंगो ब्याजमा ऋण लगाउने गरेका छन् । सेयरधनीसँग उठाएको रकम ऋणमा दिएर र आफैले सेयर बजारमा लगानी गरिरहेका छन् ।
  • शेयर बजार साप्ताहिकबाट 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: