
प्रमुख प्रतिपक्षी दलको हैसियतमा नेकपा एमालेले लेखा समितिको सभापति दावी गरेपनि माओवादीले अस्विकार गरेको छ।संसदको सार्वजनिक लेखा समितिको नेतृत्व कुन दलले पाउने भन्ने विषयमा प्रमुख दलहरुबीच विवाद भएको छ। यसअघि माओवादी केन्द्रका नेता जनार्दन शर्मा सभापति रहेपनि उनी उर्जा मन्त्री भएपछि लेखा समितिको नेतृत्व खाली रहेको छ।
सभामुख ओनसरी घर्तीले सोमबार बोलाएको प्रमुख दलका प्रमुख सचेतकहरुको बैठकमा माओवादीले यसअघि भागवण्डाका आधारमा संसदीय समितिहरु विभाजन गरिएकाले आफ्नो भागमा परेको समितिको नेतृत्व नछोड्ने बताएको हो। उसले लेखा समिति छोडेमा अर्को समिति आफूलाई चाहिने बताएको बैठकमा सहभागी एक नेताले बताए। माओवादीले अग्नि सापकोटालाई पठाउने तयारी गरेको छ। त्यस्तै महाअभियोग सम्बन्धी विशेष समिति गठन गर्ने विषयमा पनि सोमबारको बैठकमा छलफल भएको छ। संसद नियमावलीमा यो समिति ११ सदस्यीय हुने व्यवस्था गरिएको छ।
तर समितिमा संसदमा रहेका ३० दलको प्रतिनिधित्व कसरी गराउने भन्ने विषयमा अन्यौल भएको एमाले प्रमुख सचेतक भानुभक्त ढकालले जानकारी दिए। ुमहाअभियोग विशेष समिति गठन गर्नेमा सहमति भयोु उनले भने ुतर दलहरुको प्रतिनिधित्व कसरी गर्ने भन्ने विषयमा पर्सी बस्ने बैठकले निर्णय गर्ने सहमति भएको छ।ु सभामुख र प्रमुख दलका प्रमुख सचेतकहरुबीचको बैठकमा संसदीय सुनुवाई विशेष समितिमा रिक्त रहेको एक पद कुन पार्टीले लिने भन्ने विषयमा पनि छलफल भएको छ। १५ सदस्य रहने सुनुवाई समितिमा कांग्रेस, एमाले, माओवादीले भागवण्डा गरी एक पद संघीय समाजवादी फोरमलाई दिने सहमति गरेका थिए।
तर उक्त रिक्त पदमा पनि एमालेले दावी गरेपछि विवाद भएको छ। त्यस्तै सुनुवाई समितिका सदस्यहरु कांग्रेसका डा। प्रकाशशरण महत, वालकृष्ण खाँड र नेकपा माओवादी केन्द्रका हितराज पाण्डे मन्त्री भएपछि उनीहरुको ठाउँमा पनि छिट्टै पदपूर्ति गर्ने सहमति भएको छ। सभामुख र प्रमुख सचेतकको बैठकमा कृषि तथा जलश्रोत समितिका सभापति असोज १३ गतेभित्र चयन गर्ने सहमति भएको छ। समितिका सभापति गगन थापा मन्त्री भएपछि कृषि समिति नेतृत्वबिहीन भएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्