×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री प्रचण्डबिरुद्ध आज सुनिल सर्वाेच्च अदालत जाने, आयोगका पदाधिकारी राजीनामाको मुडमा

LAXMI SUNRISE BANK

प्रधानमन्त्री प्रचण्डबिरुद्ध आज सुनिल सर्वाेच्च अदालत जाने, आयोगका पदाधिकारी राजीनामाको मुडमा

१४ आश्विन २०७३, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – जिल्ला विकास समितिका इलाकाहरुलाई मुख्य आधार बनाएर स्थानीय निकायको पुर्नसंरचना गर्न सरकारले निर्देशन दिएपछि स्थानीय निकाय पुर्नसंरचना आयोगका पदाधिकारीहरुले दुई विकल्प रोजेका छन् । बुधबार मन्त्रीपरिषदको पत्र प्राप्त भएपछि विहीबार बसेको आयोगका सदस्यहरुको बैठकले राजीनामा र कानुनी उपचारका दुई विकल्प रोजेको हो ।
आयोगले आफ्नो काम ९० प्रतिसत सकिसकेका अवस्थामा सरकारले इलाकालाई आधार बनाएर पुर्नसंरचना थाल्न निर्देशन दिएको थियो । सरकारको निर्देशन पछि आयोगका अध्यक्षदेखि सदस्यसम्मले राजीनामा दिने संकेत गरेका छन् भने आयोगकै एक सदस्य सुनीलरंजन सिंह भने सर्वाेच्च अदालत पुगेका छन् । सरकारले आयोगको क्षेत्राधिकार मिचेको भन्दै अदालत पुग्न लागेका हुन् ।
केही दिनअघि तीन दलका शिर्ष नेता इलाकालाई आधार मानेर पुर्न संरचना प्रक्रिया अघि बढाउन सहमत भएका थिए । दलका नेताहरुको सहमति र सरकारको निर्देशनप्रति असहमति जनाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओलीबिरुद्ध आयोगका सदस्य सर्वाेच्च अदालत पुगेका छन् ।
सरकारले आयोगको काममा हस्तक्षेप गरेको भन्दै सिंह रिट लिएर सर्वाेच्च अदालत पुगेका हुन् । तर रिट सर्वाेच्च अदालतमा दर्ता भएको छैन । आयोगले तर्क र क्षमताका आधारमा ५६५ गाउँपालिका बनाउने गरी तयारी थालेको थियो । जनसंख्या र भूगोलका आधारमा गाउँपालिकाको संख्या निर्धारण गरेको आयोगका सदस्य सिंहले बताए । तर प्रमुख तीन राजनीतिक दलका नेताहरुको सहमतिमा सरकारले इलाकालाई आधार बनाएर गाउँपालिका बनाउन निर्देशन दिएको थियो ।
आयोगका अध्यक्ष बालानन्द शर्माले स्वतन्त्रपूर्वक आयोगलाई काम गर्न नदिए राजीनामा दिने संकेत दुई महिना पहिले गरिसकेका थिए । स्वतन्त्रपूर्वक काम गर्ने वातावरण नपाएपछि उनीहरुले राजीनामा दिने मनसाय बनाएको स्रोतले बताएको छ ।
  • एस काठमाडौं 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी