×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

होसियार ! यसकारण नचढ्नुहोस् यति एयरलाइन्स !

LAXMI SUNRISE BANK

होसियार ! यसकारण नचढ्नुहोस् यति एयरलाइन्स !

९ आश्विन २०७३, आईतवार

पढ्न लाग्ने समय: ४ मिनेटभन्दा कम

काठमाडौं – शनिबार ठूलो दुर्घटनामा परेको यति एयरलाइन्स विश्वको असुरक्षित एयरलाइन्स मध्यमा पर्दछ । शनिबार २९ जना यात्री सहित तीन जना चालक दलका सदस्य चढेको यति एयरलाइन्सको विमान भैरहवा विमानस्थलको घाँसे मैदानमा खसेको थियो । चालक दलका सदस्यका अनुसार इन्जीनमा खराबी भएपछि विमान दुर्घटनामा परेको थियो । विभिन्न पुराना विमानको थोत्रा पार्ट पुर्जा र इन्जीन प्रयोग गर्दै आएको यति एयरलाइन्सको विमान चढ्नु पुर्व यो समाचार पढ्नुहोस् ।
तपाईंले हवाई टिकट खरिद गर्दा कुन एअरलाईन्स चयन गर्ने गर्नु भएको छ ? सावधान ! अब  हवाइ उडानमा सावधानी अपनाउनु पर्ने भएको छ । नेपालमा रहेका केही एअरलाइन्सहरु दुर्घटनाको उच्च जोखिममा छन् । दुर्घटनामा पर्न सक्ने खतरनाक एअरलाइन्सको सुचीमा अग्रपंक्तिमा छ ‘यति एअरलाईन्स’ र तारा एअरलाइन्स’ ।
हवाइ सुरक्षा तथा एअरलाईन्स सम्बन्धी मापन गर्ने संस्था ‘एअरलाइन्स रेटिङ डटकम’ले समेत यति एअरलाईन्सलाई दुनियाँकै ‘खतरनाक’ एअरलाइन्सको सुचीमा राखेको छ । कुनै समय तारा एअरको नामले चिनिएको यो एअरलाइन्स सन् २००९ देखि शुरु भएको हो । एफएए (उड्डयन प्रशासन) ले उक्त एअरलाइन्सलाई एउटा मात्रै स्टार दिएको छ । विश्वको असुरक्षित र खतरनाक एअरलाइन्सको सुचीमा पाँचौ नम्बरमा परेको यस्तो एअरलाइन्स नेपाली आकाशमा भने बेप्रबाह उडीरहेको छ ।
अमेरिका मुख्यालय रहेको ‘एयरलाइनरेटिङ्स डटकम’नामक वेबसाइटले विश्वभरका सबै हवाई कम्पनीको वर्तमान अवस्था सार्वजनिक गर्दै आएको छ यति एयरलाइन्सलार्ई विश्वकै असुरक्षित चार हवाई कम्पनीको सूचीमा समावेश गरिसकेको थियो । सो वेबसाइटले नेपालको तारा एयरलार्ई पुराना जहाज तथा बढी दुर्घटनाको कारण मानवीय क्षति हुने जहाज भन्दै असुरक्षित हवाई कम्पनीको रुपमा ‘दर्ज’ गरेको थियो ।
एअरलाइन्स रेटिङ डटकमले यति एअरलाइन्सलाई जम्मा २ वटा स्टार मात्रै दिएको छ । सुरक्षा मापदण्डबारे सात वटा स्टार मध्य यतिले जम्मा दुइ वटा स्टार पाएको हो । दुनियाँका अधिकांश खतरनाक एअरलाइन्सले दुइ स्टार मात्रै पाएका छन् । अन्तर्राष्ट्रिय नागरिक उड्ययन संगठन (आइकाओ), उडयन प्रशासन लगायतका संस्थाले समेत यति एअरलाईन्स नचढ्न भनेका छन् । यस्तो असुरक्षित एअरलाइन्स नेपाली आकाशमा भने दैनिक उडिरहेका छन् । अन्तर्राष्ट्रिय रुपमा यति एअरलाइन्सले ‘सुरक्षा प्रमाण पत्र’ समेत पाएको छैन । तर, यस्तो असुरक्षित एअरलाइन्स नेपाली आकाशमा भने दैनिक उडिरहँदा सरोकारवाला निकाय मौन छ ।
युरोपियन युनियनले यति एअरलाइन्सलाइ प्रतिबन्ध नै लगाएको छ । थोत्रा र असुरक्षित विमान रहेको थाहा पाएपछि युरोपियन युनियनको २८ वटा मुलुकमा यति एअरलाईन्स सहित केही नेपाली एअरलाइन्सलाई प्रतिबन्ध नै लगाएको हो ।
आइकाओले घाषणा गरेको सुरक्षा मापदण्ड नपु¥याउने एअरलाइन्सहरु झण्डै १८ वटा छन् । उनीहरुले विमानको अवस्था अनुसार स्तर निर्धारण गर्ने गरेका छन् । नेपालको एअरलाइन्स प्रोभाइडरहरुले सुरक्षा मापदण्ड नपु¥याउँदा अन्तर्राष्ट्रिय क्षेत्रमा भने लाजको विषय बनेको छ । नेपाली विमान प्रदायक कम्पनीले अन्तर्राष्ट्रिय मापदण्डहरु मध्य २० प्रतिशत पनि पुर्याएका छैनन् ।
यति एअरलाइन्सका एक पूर्व पाईलटका अनुसार यो एअरलाईन्समा अधिकांश पुराना पार्ट पुर्जा जडान गरिएको छ । ‘दुर्घटनाको उच्च जोखिममा छ भन्ने थाहा पाएपछि मैले उक्त कम्पनिबाट हात झिकेको हुँ,’ ती पाईलटले भने, ‘उक्त विमान दुर्घटना हुँदा मेरै आफन्तहरु धेरैले ज्यान गुमाएका छन् ।’
सन् २०१० दखि २०११ सम्ममा झण्डै तीन वटा यति एअरलाइन्सको विमान दुर्घटनामा परेको थियो । जसमा २२ जनाभन्दा बढीले ज्यान गुमाएका थिए ।
आकाश असुरक्षित की विमान ?
थोत्रा र पुराना पार्ट पुर्जा जडित विमानहरु नेपाली आकाशमा दुर्घटनामा पर्दा दुर्घटनाको दोषी भने नेपाली आकाश मृतक पाईलटलाई दिइने प्रचलन नै छ । तर, हवाई सुरक्षा विभागका एक अधिकारीका अनुसार विमान दुर्घटनामा पाईलट र आकाशको कुनै दोष नै रहँदैन । ‘दुर्घटनाको कारण सुरक्षा मापदण्ड नपुगेका विमानहरु हुन्,’ ती अधिकारी भन्छन्, ‘आकाश र मृतक पाईलटलाई दोष दिने त व्यापारीको पोलीसी हो ।’ आफूलार्ई नेपालको एकमात्र सुरक्षित एयरलाईन्स कम्पनी भएको दाबी गर्दै आएको यति एयरलाइन्स र त्यसको भगिनी संस्था तारा एयरलाईन्स अत्यन्तै असुरक्षित एयरलाईन्स हुन् । विज्ञका अनुसार समयमा मर्मतसम्भार नगर्ने र कवाडीमा खरिद गरेका दशकौँ पुराना विमानहरु सञ्चालन गर्दै आइरहेको यति र तारा एयरलाइन्सको लापरबाहीको कारण हालसम्म झण्डै ७६ जनाले ज्यान गुमाइसकेका छन् ।
नेपाल नागरिक उड्डयन प्राधिकरणसम्बद्ध स्रोतका अनुसार यति एयरलाईन्सले पुराना जहाज र नेपाल एयरलाइन्ससँग कवाडीको मूल्यमा खरिद गरिएको जहाजलाई मर्मतसम्भार तथा रंगरोगन गरेर नयाँजस्तै बनाएर उडान भर्दै यात्रुको जीवनमाथि खेलबाड गर्दै आएको छ । तारा तथा यतिमा सबै विमान पुरानो भएको र पटक–पटक दुर्घटना भएको कारण यात्रुहरुको संख्या घट्दै गएपछि यात्रुहरुको आँखामा छारो हाल्ने कार्य गर्दै आएपनि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालय मौन छ ।
कसरी असुरक्षित ?
यति एयरलाइन्सकै भगिनी एयरलाइन्स हो, तारा एयरलाइन्स । दुर्घटना हुनेमा अग्रपङ्तीमा तारा एयरलाईन्स नै छ ।
उक्त एयरलाईन्सको जहाजहरुको इन्जिनको बीमा नहुने तथा जहाज र यात्रुको मात्रै बीमा हुने गरेको विषयमा यस अघि नै सञ्चार माध्यमले समाचार लेखिसकेका छन् । नेपालको हवाई माफियाको रुपमा परिचित आङछिरिङ शेर्पा मालिक रहेको यति र यतिको भगिनी संस्था तारा एयर नेपालको हवाई क्षेत्रमा सबैभन्दा असुरक्षित हवाई कम्पनी रहेको स्रोतको दाबी छ । यति एयरलाइन्सको विमान सन् २००४ मा लमजुङमा दुर्घटना हुँदा तीन जना, २००६ मा जुम्लामा भएको दुर्घटनामा नौ जना र २००६ मा लुक्लामा भएको दुर्घटनामा १९ जनाको ज्यान गइसकेको छ । त्यस्तै तारा एयरको विमान सन् २०१० मा ओखलढुंगामा भएको दुर्घटनामा २२ जना र हिजो फागुन १२ गते म्याग्दीमा भएको दुर्घटनामा २३ जनाले गरी हालसम्म जम्मा ७६ जनाको ज्यान गइसकेको तथ्यांकले नै पुष्टि गर्छ ।
तारा एयरको जहाज सन् २०१० मे २३ मा सुर्खेत विमानस्थलबाट मुगुको ताल्चाको लागि उडान भर्नै लाग्दा उडिसकेपछि आकाशमै जहाजको ढोका खुलेको थियो । १८ यात्रु र तीन चालक दलका सदस्यसहित उडेको जहाजको आकाशमा क्याबिनको ढोका एक्कासी खुलेपछि सुर्खेत विमानस्थलमा आपत्कालीन अवतरण गरेर सम्भावित दुर्घटना टरेको थियो । ‘उड्दै गर्दा ढोका खुल्यो भने दुर्घटना त हुन्छ नै,’ एक पूर्व पाइलट भन्छन्, ‘पुराना इन्जीनहरु छन् यसले आकाशमै आगो लाग्ने हो की भन्ने खतरा पैदा गर्दछ ।’
त्यस्तै २०६९ सालमा जहाजको नोज गियर लक भएकाले पोखरा विमानस्थलमा यती एअरको विमान ठूलो दुर्घटना हुनबाट जोगिएको थियो ।
जेटस्ट्रिम जहाजबाट उडान भर्दै आएको यति एयरलाइन्ससँग २९ सिट क्षमताका सातवटा कवाडी विमान रहेका छन् । विश्वकै असुरक्षित जहाज कम्पनीमा नेपालका दुई तारा र नेपाल एयरलाइन्ससहित काजकिस्तानको स्कट एयरलाइन्स र अफगानिस्तानको काए एयरलाइन्स छन् ।
  • दियो पोस्ट 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी