×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चिनियाँ रेल चाहिँदैन, पर्यावरण विनाश गर्न पाइँदैन !

LAXMI SUNRISE BANK

चिनियाँ रेल चाहिँदैन, पर्यावरण विनाश गर्न पाइँदैन !

१५ आश्विन २०७३, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

चीनबाट रेल आयो भने पर्यावरण खत्तमै हुन्छ । वनजंगल स्वाहा हुन्छ । चीनबाट आउने रेलले चिसो ल्याउँछ, हिउँ ल्याउँछ । ल हेर्नूस् त, ‘चीन र चिसो’ शब्द पनि उस्तैउस्तै छ ।

हिउँ नै हिउँको बाटोबाट आएको रेलले ल्याएको चिसोबाट बच्न के गर्ने त ? जनतालाई हिटर बाँडौँ भने बिजुली छैन । न्यानो ज्याकेट बाँडौँ भने पैसा छैन । चिसोबाट बच्न केही न केही त बाँड्नै पर्‍यो । बाँड्ने त्यही दाउरा हो । दाउरा आकाशबाट आउँदैन क्यारे !

देशीले पनि दाउरा सहयोग दिँदैनन् । यहीँका वनजंगल मास्ने हो, दाउरा बाल्ने हो । पर्यावरण बिग्रने चिन्ताले हाम्रा मन्त्रीहरू निदाउन सक्या छैनन् ।

साँच्चै रेल पनि आयो, सडक पनि मर्मत भएर राम्ररी चल्यो, धमाधम रेल र मोटर आउन थाले भने नेपाली जनता चिसोले भटाभट मर्न के बेर ? खतरा यति मात्रै होइन, रेल र मोटरको इन्जिनको तातोले सबै हिउँ पग्लिएर ठूलो बाढीपहिरो आयो भने के गर्ने ? जाबो रेल र सडकका लागि मान्छेको नाश, पर्यावरणको विनाश ! त्यसैले चिनियाँ रेल चाहिँदैन, पर्यावरण विनाश गर्न पाइँदैन ।

बाढीपहिरो संवाद:प्रचण्ड र केपी ओलीको मन्तव्य

असोज लागिसक्यो, पानी परेको पर्‍यै छ । बाढीपहिरो आएको आयै छ ? के कारणले यस्तो भएको हो ? नियन्त्रणको उपाय के हुन सक्छ ? यसै विषयमा प्रस्तुत छ, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केपी ओलीको मन्तव्य :

पुष्पकमल दाहाल : निश्चित रूपमा सहमति नभएकाले नै प्राकृतिक प्रकोप भइरहेको हो । सहमतिका लागि सरकार गम्भीर छ । यसमा ओलीजी पनि गम्भीर भइदिनुपर्छ भन्ने हाम्रो आग्रह हो । बाढीपहिरो उत्तरतर्फबाट आइरहेकामा पनि हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ र यसलाई नियन्त्रण गर्न मण्डले राष्ट्रवाद बाधक भएको छ । हामीले गम्भीरतापूर्वक बाढीपहिरोलाई लिनुपर्छ र यसलाई रोक्न प्रमुख प्रतिपक्षी दलको पनि सहयोगको अपेक्षा गर्दछु ।

केपी ओली : पानी परेपछि बाढीपहिरो नआएर के आकाशबाट फूल बर्सन्छ ? खालि दक्षिणतिर मात्र आँखा लाउने, जम्ल्याहा हात गर्ने अनि उत्तरबाट बाढीपहिरो नआएर के आउँछ त ? प्रधानमन्त्री बनेपछि प्रचण्डजीले बाढीपहिरो रोक्न सक्नुहुन्न भन्ने मैले पहिले नै भनेको हो । पहिले पानी पर्न प्रचण्डजीले रोक्नुपर्‍यो, त्यसपछि बाढीपहिरो रोक्न एमालेले सहयोग गर्छ, नत्र छाता ओढेर बस्छ ।

  • एसियन समाचार
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी