×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतले दियो नेपालमाथि यस्तो अनुचित दबाब, प्रधानमन्त्रीद्वारा अस्वीकार

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

भारतले दियो नेपालमाथि यस्तो अनुचित दबाब, प्रधानमन्त्रीद्वारा अस्वीकार

१० कार्तिक २०७३, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – भारतले आफ्ना नागरिकलाई नेपालीसरह ‘राष्ट्रिय व्यवहार’ हुनुपर्ने भन्दै नेपाललाई पुनः दबाब दिएको छ ।
भारतीय विदेश मन्त्रालयले पन्ध्र दिनअघि परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै भारतीय नागरिकलाई नेपाली नागरिकसरह ‘राष्ट्रिय व्यवहार’ गर्ने सम्वन्धमा नेपालको धारणा मागेको हो ।
परराष्ट्रका एक उच्च अधिकारीले नेपालले त्यससम्बधमा तत्काल कुने निर्णय गर्न नसक्ने जवाफ कूटनीतिक च्यानबाट भारत सरकारलाई दिइसकको जानकारी दिए ।
यद्दपि नेपाल र भारतबीच बिहीबार नयाँदिल्लीमा हुन लागेको एकदिने विदेशमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा उक्त एजेन्डा भारतीय पक्षले उठाउने सम्भावना रहेको ती अधिकारीले बताए ।
‘यस विषय संयुक्त आयोगको बैठकमा भारतले नउठाओस् भन्ने हाम्रो चाहना छ’, बैठककमा लागि नयाँ दिल्ली पुगेका ती अधिकारीले भने । काठमाण्डुस्थित भारतीय दूतावासका एक अधिकारीले यस सम्बन्धमा नेपालको निर्णय आफूहरूलाई मान्य हुने बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले यस विषयमा अहिले कुनै निर्णय लिन नसकिने भारतीय पक्षलाई बताइसकेको स्रोतको भनाइ छ । यद्यपी यो विषय नयाँ भने होइन । भारतले विगतदेखि नै यस मुद्दामा सहमत गराउन नेपाललाई दबाब दिँदै आएको छ ।
नेपाल र भारतबीच सन् १९५० मा शान्ति तथा मैत्री सन्धि भएदेखि नै नेपालले अव्यावहारिक भन्दै हटाउन चाहेको सन्धिको प्रावधानलाई टेकेर उक्त मुद्दालाई भारतले पुनः अघि सारेको हो ।
उक्त सन्धिको धारा ७ ले भारत र नेपालका नागरिकलाई एक अर्काको देशमा बसोबास गर्न, सम्पत्ति खरिद बिक्री गर्न, व्यापारिक गतिविधिमा संलग्न हुन, एक अर्काको देशभित्र सहज रुपमा घुमफिर गर्ने सुविधा बताउँछ । यद्यपि यस धाराको पालना नेपाल र भारत दुवैले गरेको देखिँदैन ।
धारा ६ ले नेपाल र भारतले एक अर्को देशका नागरिकलाई आर्थिक तथा औद्योगिक विकासका लागि एक अर्काको भूमिमा सहभागी हुन पाउने सुविधा दिएको छ ।
तर, यस प्रावधानको कार्यान्वयन हालसम्म हुन सकेको छैन । नेपालले माथि उल्लेखित प्रावधान पूर्णरुपमा अव्यावहारिक मान्दै आएको छ ।
नेपाल र भारतबीचको प्रबुद्ध समूहको बैठकमा समेत यी प्रावधानका विषयमा एकपटक छलफल भइसकेको प्रबुद्ध समूहका एक सदस्यले बताए ।
  • अन्नपूर्ण पोस्टबाट
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी