×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘अंगीकृत’ नागरिकले पनि संवैधानिक पद पाउने ब्यवस्था

PRIME CA
GLOBAL IME BANK

‘अंगीकृत’ नागरिकले पनि संवैधानिक पद पाउने ब्यवस्था

२० कार्तिक २०७३, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं – मधेसी मोर्चासँग भएको सहमति अनुसार सरकारले संविधान संशोधनका लागि झण्डै डेढ पेजको नयाँ प्रस्ताव तयार पारेको छ ।

उच्च स्रोतका अनुसार सरकारले तयार पारेको प्रस्तावमा संविधानको छ वटा धारामा संशोधन गर्न लागिएको हो । ती प्रस्तावमा मधेसी मोर्चाले भने अनुसारको व्यवस्था मिल्दोजुल्दो गरेर राखिएको छ । प्रदेशको सीमाङ्कनमा भने आयोग गठनको प्रस्ताव गरिएको छ । सोही आयोगको सुझाव अनुसार पछि निर्णय गर्ने प्रस्तावमा उल्लेख छ ।

संविधानको धारा ७ को उपधार ३ मा रहेको भाषासम्बन्धी, धारा ११ को उपधारा ६ मा रहेको नागरिकतासम्बन्धी प्रावधान, धारा ४२ को उपधारा १ मा रहेको समानुपातिक र समावेशितासम्बन्धी व्यवस्था, धारा ५६ को उपधारा ३ मा रहेको संघीयता, धारा ८६ को उपधारा २ क मा रहेको राष्ट्रियसभामा प्रतिनिधित्वसम्बन्धी व्यवस्था र धारा २८९ को उपधारा १ मा रहेको संवैधानिक पदमा नियुक्तिसम्बन्धी व्यवस्था रहेका धाराहरू संशोधनका लागि नयाँ प्रस्ताव तयारी गरिएको छ ।

स्रोतका अनुसार हिन्दी भाषालाई सम्पर्क भाषाका रुपमा राख्न प्रस्ताव गरिएको छ । राष्ट्रियसभामा दलित, जनजाति र अपाङलाई एक–एक गरी ३ सिट आरक्षणमा राख्ने व्यवस्था प्रस्ताव गरिएको छ । यसमा खसेको मतलाई आधारमानेर जनसंख्याका आधारमा सिट निर्धारण गर्ने उल्लेख रहेको छ ।

अंगीकृत र वंशजको नागरिकता लिएका नागरिकहरू कम्तिमा दस वर्ष नेपालभित्र बसेकाहरूलाई संवैधानिक निकायजस्ता उच्च पदमा नियुक्ति र प्रतिस्पर्धाको व्यवस्थासहित प्रधानमन्त्री पुष्पकमल दाहालले संविधान संशोधनको प्रस्ताव तयार पारेको स्रोतको भनाइ छ । तर मधेसी मोर्चाले नागरिकताको व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै कम्तिमा पनि ०६४ सालको अन्तरिम संविधानमा रहेको व्यवस्थालाई यथावत राख्न दबाब दिइरहेको छ ।

शुक्रबार राति कांग्रेस, माओवादी र मधेसी मोर्चाका प्रमुख शीर्ष नेताहरूलाई संविधान संशोधनका लागि तयार पारिएको प्रस्ताव पाठइएको छ । मधेसी मोर्चाका नेताहरूले सो प्रस्तावमा आजदेखि आन्तरिक छलफल गरेर प्रधानमन्त्री दाहाललाई सुझावसहितको सल्लाह दिने एक नेताले बताए ।

प्रधानमन्त्री दाहालले कात्तिक मसान्तभित्र संविधान संशोधनको प्रस्ताव संसद सचिवालयमा दर्ता गर्ने यसअघि नै मधेसी मोर्चालाई आश्वासन दिइसकेका छन् ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: