
सेयर मुल्य या नेप्से बढ्ने र घट्ने बजारको रित हो । माग र आपुर्तीको सामान्य सिद्धान्त बुझे मात्रै पनि यसको चरित्र बुझिन्छ । तर, यहा अनेक बिश्लेषण र खुराफातीमा आफुलाई बिज्ञ बिश्लेषक र बिद्धान सावित गर्नेहरुको लर्को लागेको छ । यति बुझिराख्नुस, ‘सेयरको बारेमा कसैले भविष्यबाणि गर्छ भने त्यो मुर्ख हो ! र, कसैले त्यो पत्याउंछ भने त्यो महामुर्ख हो ।’
म पनि विगत चार महिनादेखि ‘बजारको गति स्टेवल या तल हुन्छ’ भन्ने बिचार राख्दै आएको हुं । मैले कनै बिश्लेषण या अनुसन्धान गरेर यो भनेको हैन । यो त मेरो २०५९ सालदेखि निरन्तर यही मार्केटमा दैनिक संलग्नता, सुचना संकलन र समाचार प्रेषणको अनुभवले भनेको हुं ।
अनुभव भन्दा ठुलो गुरु कोही हुन्न । बजारमा कसैले आफुलाई सेयर गुरु भन्छ र भनाउंछ भने त्यो ‘गुरु’ हैन ‘गोरु’ सावीत हुन बेर लगाउंदैन । किनकी किताव पढेर पौडी खेल्न जानिन्न । जानिने भए त म पनि किताव पढेर अहिले प्लेन चलाएर हिंडथे ।
बजारमा धेरै फ्याक्टरहरु छन । नियमित लगानीकर्ताहरु सानो मुनाफामा नै चित्त बुझाउंछन । उनीहरुका लागि नेप्सेको गतिको मतलब हुन्न र। आफुसंग भएको सेयरमा १० प्रतिशत मुनाफा आयो भने ३ दिनमै फाल्दिहाल्छन ।
एकाथरी हुन्छन, बकुल्ला प्रवृत्तिका, जो कहिले झर्ला र टिपिहालुला बनेर बसेका हुन्छन । उनीहरुले आंखा लगाएको सेयर जतिबेला घट्छ ढुकेर बस्छन । घट्दा पनि किन्दैनन,जतिबेला उनीहरुलाई लाग्छ, अब प्राइस बटमलाईनमा पुग्यो। अनि भटाभट सेयर उठाउंछन ।
यस्ता लगानीकर्ता अलि लामो समय होल्ड पनि गर्छन् । यीनीहरु बजारका लागि घातक हैनन, १० रुप्पे बढ्दा फालेर तरकारी र दारु खर्च बनाउनेहरु घातक हुन ।
बजार चहारेको अनुभवले मैले १२ थरी लगानीकर्ताको चरित्र भेटेको छु । तर कोहीप्रति गुनासो छैन । किनभने म खासै लगानीकर्ता पनि हैन । खुला बजारमा सबैलाई लगानीको छुट र उनीहरुको निर्णयमा अरुले औंला उठाउन पनि मिल्दैन ।
‘जसको लगानी, उसको निर्णय ।’ सबै लगानीकर्ताको निर्णयलाई सम्मान गर्नुपर्छ । सबै लगानीकर्ताको प्रवृत्ति उस्तै भईदिए त बजार नै चल्दैन । सबैले कि न्न खोजे, सेयर पाउने कहां ? सबैले बेच्न चाहे किन्ने कसले ?
तर फोरमका बहस हेर्दा यस्तो लाग्छ, सबै लगानीकर्ताले एउटै निर्णय गर्नुपर्छ । जुन एकदम गलत तर्क हो । ल’गानी गर्नु कुनै जन्ती गएको हैन, सबैको गन्तब्य एउटै हुने ।’
यसैले बजार घटोस भनेर कामना गर्नेहरुलाई पनि सम्मान गरौं, नसरापौं। किनभने भोली तपाइले बेच्दा त्यो सेयर किन्ने उनीहरु नै हुन् । किन्न बसेकाले ‘घटोस अनि किनौला’ भन्ने चाहनु स्वभाविक हो, तपाइ आफै पनि त्यो स्थानमा रहेको भए त्यही चाहनुहुन्थ्यो ।
आजको बजारको गतिमाथि धेरैको प्रतिक्रिया ‘लौन के भाको हो ?’ भन्ने टाइपको छ । कतिपय ब्रोकरहरुले फोन गरेर सुझाव मागे । लगानीकर्ताहरु त झनै अन्योलमा छन ।
तर मेरो बिचारमा यो सामान्य प्रवृत्ति हो । यही त बजारको सुन्दर रुप हो । ‘छिनको छिनमै कमाउने’ मौका पनि यही हो ।
हामी अनलाईन कारोवार भएन भनेर कराउनेहरु यदी अनलाईन कारोवार भएको भए हरेक दिन यस्तो प्रवृत्ति देख्न पाइन्छ । छिनमै किनेको सेयर छिनमै बेचेर मुनाफा गर्दा तपाइको मुहारमा देखिने खुशी अरुभन्दा बेग्लै हुन्छ । कल्पना गरौं त ।
चार दिन अगाडी ३९ सयमा एभरेष्ट बैंक बेचेको लगानीकर्ताले आज ३१ सयमा त्यही सेयर पाउंदा किन्छ नि । उसको के अपराध ? त्यही भएको हो ।
यो सामान्य प्रवृत्तिलाई सामान्य रुपमा नै लिनुपर्छ । न यो ब्रोकरको चलखेल हो, न माफीयाको नत ठुला खेलाडीको ।
नेपालको बजारमा ठुला खेलाडी नै छैनन भन्छु म । म्यूचुल फण्डहरु पनि एक अर्बको पुंजी भएका न हुन । जुन एक दिनको कारोवारलाई नि पुग्दैन । इन्भेष्टमेन्ट कम्पनीहरु त एक २, ४ करोडको भन्दा बढी इन्भेष्ट गर्ने हैसियतका नै छैनन । अनि यस्तोमा किन हामी उनीहरुलाई सत्तोसराप गर्ने ? कसैले चाहदैमा बजार घट्ने बढ्ने हुन्न । यो त आम जनताको हातमा छ ।
बजार सधैं बढीरहंदा सबैलाई रमाइलो लाग्छ । कतिसम्म भने १२ सयमा किनेको लुम्बिनी इन्स्योरेन्स १५ सयमा बेचेर फेरी १८ सयमा त्यही किन्नेहरु पनि छन । बढिरहंदा पनि आफै घाटा खान्छन ।
तर, बढेर मात्र हुन्न । ‘रात अध्यारो हुने भएकाले नै उज्यालो दिनको महत्व भएको हो । यदी अध्यारो थिएन भने उज्यालोको के भ्यालु ? यसर्थ घट्छ भनेर नै बढ्नुका् मुल्य भएको हो ।
यसर्थ घट्दैमा डराउनुपर्दैन । लगानी व्यवस्थापन गर्नुस । ‘जहिलेसम्म घाटा खाएर सेयर बेच्न जानिन्न तपाई पर्फेक्ट लगानीकर्ता हुनुहुन्न ।’ घट्दो बजारमा कमाउने भनेको यही हो । तपाइले ३८ सयमा किनेको एभरेष्ट ३४ सयमा बेच्नुस । घाटा त भयो . तर, फेरी ३ हजारमा किन्नुस, अब नाफा नि भयो । सेयर जति थियो त्यति नि रह्यो ।
बजारको गति यही हो । आत्तिनु हुन्न । जे हुन्छ भएरै छाड्छ । मुल कुरो यसको ‘बटमलाईन कति हो ?’ भन्ने कसैलाई थाहा छैन । आज १२ सयसम्म आउंछ भन्ेर बिश्लेषण गर्नेहरु त्यसबेला सेयर किन्छन । तर, बजार अझै तल गए उनीहरु पनि घाटामै हुन्छन ।
एउटा उदाहरण,
२०६७ सालमा ११७५पुगेको बजार लामो समय घट्यो । जब बजार ६०० इन्डेक्स पुगेपछी सबै ठुला लगानीकर्ताहरु घर धितो राख्दै ऋण लिएर सेयर किने । उनीहरुले बटमलाईन ५५० सोचेका थिए । तर, नेप्से २९२ पुग्यो । अझै ४ बर्ष कुर्ने पनि पर्यो । त्यतिन्जेलमा कैयौं ठुला भन्नेका घर लिलाम भएको पनि हामीले भोगेका छौं ।
यसर्थ भगवान ओशोले भनेका छन, ‘तिमी सबैभन्दा खराब अवस्थाको लागि समेत मानसिक रुपमा तयार भएर बस । तिमीलाई कहिल्यै समस्या र चिन्ता हुद्यैन ।’ यही कुरा मनन गरौं ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्