Skip to content
LAXMI SUNRISE BANK

भान्सामा एभेरेष्ट ग्याँसका सिलिन्डर प्रयोग गर्नुहुन्छ ? होसियार, एभेरेष्ट ग्याँस कम्पनीले यस्तो बदमासी गरेको छ !

अर्थ सरोकार

  • इश्वर देवकोटाको अनुभव !

एभरेष्ट ग्यास कम्पनीले अति पुराना ग्यासका सिलिन्डर उपभोक्ताका भान्छामा पठाएको छ ।  यसको उत्पादनमा सुरक्षा सम्बेदनशिलता, गुणस्तर र मापदण्ड नियमित जाँच गर्ने निकाय कुन हो ? दुइ दिनअघि भान्छामा प्रयोगमा रहेको ग्यास रेगुलेटर बन्द गरेको समयमा समेत लिकेज रहेको पत्ता लागे पछि सम्बन्धित नजिकको डिपोमा जानकारी गराएँ ।  डिपोले लिकेज सिलिन्डर लगेर एभरेष्ट ग्यासको कारखानामा लैजान भन्यो, ग्यास जस्तो प्रज्ज्वलन शिल सम्बेदनशील पदार्थ आफैले बोकेर एभेरेष्ट ग्यासको रिफिलिंग स्टेसन, चाल्नाखेल पुर्याएँ । 

एभरेष्ट ग्यासका प्रतिनिधिले उक्त लिकेज सिलिन्डर उपभोक्ताबाट सिधै हामीले लिन मिल्दैन जहाँ किनेको हो त्यहि पुर्याउनुस, कि भने बल्खुमा हाम्रो अर्को कारखाना छ त्यहाँ लैजानु भने ।  लिकेज भैरहेको ग्यास सिलिन्डर उपभोक्ताले आफै बोकेर उसका डिपो र कारखाना चाहर्नुपर्ने नियम हो ? प्रज्ज्वलन शिल पदार्थ ग्याँसमा यस्तो लापरबाही, खेलाची गर्न छुट दिइएको हो ? कुनै ठुलै दुर्घटना भएमात्र सम्बधित निकायले ध्यान दिनेहो कि सतर्कताका बिधि नियमपनि छन्  

कुनैपनि ग्यास उत्पादक कम्पनीले पुराना थोत्रा सिलिन्डरको प्रयोग गर्न पाउनु हुदैन  प्राबिधिक रुपमा आएका / आउने समस्याका कारण हुनसक्ने उच्च जोखिमलाई न्यूनीकरण गर्न सम्बधित कम्पनीले तत्काल लिकेज अवस्थामा रहेका सिलिन्डर निस्क्रिय गर्ने वा सुरक्षित रुपमा भण्डारण गर्ने उपाय सर्वसाधारणलाइ सिकाउनु पर्छ , जानकारी दिनुपर्छ समस्या आउँदा उजुरी गर्ने निकाय हुनुपर्छ , आपतकालीन सहयोगको व्यवस्था हुनुपर्छ  

हामीले इन्धन सुविधाको नाममा पैसो तिरेर भयानक बिष्फोटक पदार्थ “ग्यास सिलिन्डर” खरिद गरेका छौं  बेलैमा सचेत भएनौ भने हुनसक्ने जनधनको क्षति कसले व्यहोर्छ । कृपया ध्यानकर्षण होस्  सम्बन्धित निकायले सचेत बनोस् तत्कालका लागि मैले लिकेज सिलिन्डर एभरेष्ट ग्यास कम्पनी आफैले फिर्ता नलिएपछी प्रहरीको रहोबरमा डिपोमानै पुर्याएर जिम्मा लागाएको छु  लिकेज सिलिन्डर भण्डारण गर्न असुरक्षित हुने भएको र समयमा कम्पनीले लिकेज सिलिन्डर नउठाउने भएकोले सुरक्षाकै कारण आफुले जोखिम मोल्न नसक्ने डिपो संचालक बताउँछन्म  जस्ता उपभोक्ताले लिकेज सिलिन्डर बोकेर प्रहरी गुहार्न जान नपरोस् 


Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK