
काठमाडौं— सरकारले मृगौलाका विरामीहरुलाई आवश्यक पर्ने संपूर्ण डायलाईसिस निःशुल्क भएको छ। यसअघि हप्तामा दुई पटक मात्रै निःशुल्क डायलाईसिसको व्यवस्था गरिएकोमा अबदेखि जति पटक आवश्यक पर्छ त्यति पटक निःशुल्क भएको हो।
स्वास्थ्य मन्त्री गगनकुमार थापाको निर्देशनमा मन्त्रालयको चिकित्सा सेवा महाशाखाले आवश्यकता अनुसारको डायलाईसिस निःशुल्क गर्न सोमबार सम्बन्धित अस्पतालहरुलाई परिपत्र गरेको छ।
मन्त्री थापाले डायलाईसिस गर्न नपाएर कुनै विरामीले ज्यान गुमाउन नपरोस भनेर मृगौलाको निःशुल्क डायलाईसिस सेवा विस्तार गर्न विषेश प्राथमिकता दिएको बताए ।
विरामीले मृगौला प्रत्यारोपण नगर्दासम्म हप्तामा तीन पटकसम्म डायलाईसिस गर्नु पर्ने मानव अङ्ग प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले बताए। डायलाईसिस गर्दा हरेक पटक २५ सय रुपैया लाग्ने गरेको छ। हप्ताको तीन पटक र प्रत्येक पटक २५ सय रुपैयाका दरले डायलाईसिसका लागि मात्रै हरेक हप्ता कम्तिमा ७५ सय रुपैया लाग्ने गर्दछ। यही सेवालाई नै मन्त्रालयले निःशुल्क गरेको हो।
प्रधानमन्त्रीको घोषणा, सरकारको चालु आर्थिक बर्षको नीति तथा कार्यक्रम र स्वास्थ्य मन्त्रालयको निर्णय समेतबाट सम्पूर्ण डायलाईसिस निःशुल्क हुन लागेको हो।
मन्त्रालयले दिएको निर्देशनमा ‘निःशुल्क उपचार गराउने व्यवस्था अनिवार्य कार्यान्वयन गर्न निर्णयानुसार अनुरोध छ’, भनिएको छ।
नेपालमा अहिले मानव अंग प्रत्यारोपण केन्द्र र किड्नी सेन्टर सहित ३२ अस्पतालहरुमा निःशुल्क लाडलाईसिसको व्यवस्था उपलब्ध छ। यी मध्ये चार ओटा अञ्चल अस्पताल रहेका छन् भने बाँकी अञ्चल अस्पतालहरुमा पनि मन्त्रालयले निःशुल्क डायलाईसिस सेवा सञ्चालन गर्ने प्रक्रिया अघि बढाइसकेको छ।
स्वास्थ्य मन्त्री थापाले पदवहाली गर्ने बेलामा ६ महिना भित्रमा सबै अञ्चल अस्पतालहरुमा निःशुल्क डायलाईसिसको व्यवस्था गर्ने घोषणा गरेका थिए।
प्रत्येक अंचल अस्पतालहरुलाई २ ओटा डायलाईसिस मेसिन किनेर सेवा सुरु गर्न मन्त्रालयले आवश्यक रकम पनि पठाइ सकेको छ। ६ महिना भित्रमा सबै अंचल अस्पतालहरुमा सेवा सुरु भइसक्ने मन्त्रालयको दावी छ।
मन्त्री थापाले डायलाईसिस गर्न नपाएर कुनै विरामीले ज्यान गुमाउन नपरोस भनेर मृगौलाको निःशुल्क डायलाईसिस सेवा विस्तार गर्न विषेश प्राथमिकता दिएको बताए।
- नागरिक
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्