×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंसिर महिनासम्म लोडसेडिङ हुँदैन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मंसिर महिनासम्म लोडसेडिङ हुँदैन

२५ कार्तिक २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 

काठमाण्डौ – तिहार र छठ बेला बन्द भएका उद्योगधन्दाबाट बचेको बिजुली आपूर्ति गरेर लोडसेडिङ हटाएको हल्ला चलाइयो । हामीले यसबीच बिजुली आपूर्ति, उत्पादन, वितरण र पूर्वाधारमा केही महत्वपूर्ण सुधार गरेका छौं । त्यही सुधारकै कारण काठमाडौं उपत्यकाबाट लोडसेडिङ हटाउन सकिन्छ भन्नेमा पुगेका हौं ।
मंसिर महिनासम्म लोडसेडिङ हुँदैन,हामीले त्यतिबेलासम्म नियमित बिजुली आपूर्ति गर्न सम्पूर्ण व्यवस्थापन गरिसकेका छौं । त्यसपछि पनि कसरी व्यवस्थापन गर्न सकिन्छ भन्नेमा हाम्रो अध्ययन भइरहेको छ । आगामी जेठदेखि लोडसेडिङ हुँदैन ।
हिउँदका चार–पाँच महिना पनि काठमाडौंलाई कसरी लोडसेडिङमुक्त राख्न सकिन्छ भन्नेतर्फ हामी लागिरहेका छौं । हामीले कुनै चमत्कार गरेका छैनौं, यो स्रोत व्यवस्थापनको मात्र कुरा हो । लोडसेडिङ हटाउनु सरकार र मेरो लागि पनि चुनौतीपूर्ण थियो । अहिले काठमाडौंमा लोडसेडिङ हटाउन सकेपछि हामीलाई लागेको छ, गरेपछि त हुने रैछ । मुख्य कुरा व्यवस्थापन हो ।
देशभर यस्ता साना–साना समस्या धेरै थिए । हामीले तिनलाई पनि व्यवस्थापन गरेका हौं । काठमाडौंमा मात्र होइन, देशभरि पनि अहिले दुई घन्टाभन्दा बढी लोडसेडिङ भएको छैन । यतिमात्र होइन, कुन बेला ‘रन अफ द रिभर’ चलाउने, कुन बेला ‘रिजर्भ’ चलाउने र कुन बेला पिकिङ रन अफ द रिभर चलाउने भन्ने पनि निक्र्यौल गरिएको छ । यसले पनि लोडसेडिङ हटाउन धेरै मद्धत पुग्छ ।
प्राधिकरणले तिहारदेखि नै काठमाडौं उपत्यकामा लोडसेडिङ गरेको छैन । जलाशयुयुक्त कुलेखानी रित्याएर वा बन्द उद्योगधन्दाबाट बचेको बिजुली प्रयोग गरेर लोडसेडिङ हटेको भन्ने आरोप पनि सुनि आए तर त्यस्तो कदापी होइन । कुलेखानी रित्याएर लोडसेडिङ हटाइयो, फेरि मंसिरबाट लोडसेडिङ भइहाल्छ भन्ने खालका नकारात्मक हल्ला पनि सुनेँ । यसमा कुनै सत्यता छैन । हामीले कुलेखानी पहिलेजति नै चलाएका छौं, फरक यत्ति हो, अहिले हामी चाहिएका बेला मात्र चलाउँछौं ।
अर्को वर्षदेखि केही विद्युत आयोजनाबाट थप बिजुली आउने र भारतबाट पनि थप बिजुली आयात गर्न सकिने भएकाले यो हिउँद लोडसेडिङ हटाउन हामीहरु लागिपरेका छौं ।  अहिले हामी क्राइसिस म्यानेजमेन्ट कसरी गर्ने भन्नेमा लागिरहेका छौं । लोडसेडिङ हटाउने कुरा निरन्तर प्रक्रिया हो । त्यो सुरु भइसकेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी