×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मृत्युशैयामा छ्पटपटाएको बिरामीलाई ब्लड बोकेर जादा प्रहरीले छिर्न दिएन !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

मृत्युशैयामा छ्पटपटाएको बिरामीलाई ब्लड बोकेर जादा प्रहरीले छिर्न दिएन !

Artha Sarokar

१८ कार्तिक २०७३, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता

काठमाडौं – भारतीय राष्ट्रपति प्रणव मुखर्जी नेपालको तीन दिने भ्रमणका लागि दिल्ली विमानस्थलबाट उड्ने तयारीमै थिए । उनी काठमाडौं ओर्लिइसकेकै थिएनन् ।
नयाँ बानेश्वर चोक र बबरमहलको बीचमा पर्ने बुद्धनगरभित्रबाट मोटरसाइकलमा सवार एक व्यक्ति अल्फाबिटा कम्प्लेक्स नजिकै पुगे । उनले मोटरसाइकलमा रगत बोक्न प्रयोग गरिने ‘मेडिकल बक्स’ बोकेका थिए ।
तर, बुद्धनगर चोकैमा बसेका ट्राफिक प्रहरीले उनलाई अगाडि बढ्न दिएनन् । प्रहरीले केहीबेरमा भारतका राष्ट्रपतिको सवारी भएपछि मात्रै जान सक्ने भन्दै रोके ।
उनले आग्रह गरे, ‘हस्पिटलमा मेरो बिरामीको अवस्था निकै क्रिटिकल छ, म उसका लागि रगत लिएर आएको हुँ । बबरमहलबाट अनामनगर हुँदै भित्री बाटोबाट जान्छु ।’
उनी रहेछन् कृष्णहरि कार्की । कार्कीका बिरामी आफन्त पुतलीसडकस्थित भ्याली म्याटरनिटी नर्सिङ होममा रहेछन् । तर, आदेश पालनामा खटिएका प्रहरीले उनको पीडा बुझ्न सकेनन् । प्रहरीले भने, ‘हरेकको व्यक्तिगत समस्या सुनेर छोड्न सकिँदैन, यो मेरो क्षेत्राधिकारभित्रको कुरा पनि होइन ।’
यति सवाल जवाफमै कार्कीले भावुक हुँदै भने, ‘नेपाल सरकार मूर्दावाद १ नेपाल सरकार चोर हो १’ कार्कीले मुख छोप्दै भने, ‘मेरो बिरामी मर्न लागिसक्यो।’
यति भन्दै गर्दा उनका आँखाबाट आँसु झरिरहेका थिए । कार्कीले भाइजर खोलेर आँसु पुछे । त्यसपछि निराश हुँदै बुद्धनगरभित्रकै सडकतिर फर्किएर अलप भए ।
कार्की फर्किएपछि ट्राफिक जवानले भने, ‘मैले उहाँको समस्या बुझेको छु, तर हाकिमले नछोड् भन्यो त मैले के गर्नु, मैले आदेश पालना गरेको हुँ ।’
आजभन्दा ठीक एक वर्षअघि भारतले लगाएको अघोषित नाकाबन्दीले देश थिलथिलो बनेको थियो । गत वर्षको कात्तिक महिनामा इन्धन अभावमा एम्बुलेन्स चल्न नसक्दा राजधानीसँगै जोडिएको धादिङमा एकजनाको अकालमै मृत्यु भएको थियो । तर, यो त एउटा उदाहरण मात्रै हो, एक बर्षअघि भारतले लगाएको नाकाबन्दीबाट औषधि अभाव, इन्धन अभावका कारण धेरैले यस्तो सास्ती कति खेपे कति ।
तर, राष्ट्रिय समस्या भएकाले त्यतिखेर त्यसको दोष सरकारमाथि परेन । भारतले गरेको अघोषित नाकाबन्दीका कारण समस्या भएको भन्दै सबैले त्यसैअनुसार सामना गर्दै चित्त बुझाए । तर, अहिले जनताले सरकारसँग चित्त बुझाउने ठाउँ देखेनन् ।
बुद्धनगरचोकबाट अस्पताल जान नसकी फर्किएका कार्की कसरी र कतिबेला पुतलीसडकस्थित अस्पताल पुगे, त्यो जान्न सकिएन । तर, मुख्य प्रश्न हो एक घण्टापछि भारतीय राष्ट्रपतिको सवारी हुने भन्दै कार्कीलाई बाटो काट्न दिइएन ।
कार्की एक घण्टापछि रगत बोकेर जाँदा डाक्टरले ढीला गर्नुभयो, बचाउन सकिएन भन्ने जवाफ दिएको भए यसमा मुख्य दोषी को हुन्छ सरकार मृत्युशैयामा छ्पटपटाएको बिरामीलाई ब्लड बोकेर जादा प्रहरीले छिर्न दिएन ।
   
 एसियन समाचारबाट
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी