
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – चालु आर्थिक वर्षसम्म निर्माण पूरा गर्ने लक्ष्य लिइएको राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाको समयमै पूरा नहुने भएको छ। नहरको रेखाङ्कन गरिएको क्षेत्रका रुख कटानी प्रक्रियामा ढिलाइ भएका कारण समयमै आयोजना निर्माण पूरा हुन नसक्ने देखिएको हो। मुक्त कमैयाको बसोवास रहेको ठाउँ बलचौर क्षेत्र आयोजनाको मूल नहरको रेखाङ्कनमा परेकाले उनीहरुलाई स्थानान्तरण गरी व्यवस्थापन गर्न पनि समय लाग्ने भएको छ। आयोजनाका इन्जिनियर प्रकाशराज सत्यालका अनुसार कर्णाली मुहान भएको उक्त आयोजनाको निर्माण कार्य हालसम्म ६० प्रतिशत मात्र पूरा भएको छ ।
सरकारले विश्व बैंकको सहयोगमा २०६६ साल बाट निर्माण थालेको आयोजनाको इन्टेक तथा ‘लिङ्क क्यानल‘ निर्माण कार्य भने पूरा भएको इन्जिनियर सत्यालले बताए। इन्टेक तथा लिङ्क क्यानलदेखि बलचौरसम्मको मूल नहर तथा ‘सेटलिङ्क बेसिन’ निर्माण कार्य करिब ७० प्रतिशत पूरा भएको छ।
बलचौरदेखि कटासेसम्म मूल नहर, फिडर नहर, तथा पावर हाउस निर्माण कार्य भइरहेको आयोजनाले जनाएको छ। अहिले लम्कीतर्फको नयाँ शाखा नहर निर्माणका लागि प्रक्रिया अघि बढाइएको इन्जिनियर सत्यालले बताए। कटासेदेखि मोहनासम्म फिडर नहर, शाखा पुनःनिर्माण तथा सडकमा ग्राभेलको काम निर्माणाधीन छ। सिञ्चित क्षेत्रको बचावटका लागि कर्णाली, पथरैया, र मोहना नदीमा तटबन्धको लक्ष्य रहेको छ। हालसम्म २१ किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण भईसकेको भन्दै इन्जिनियर सत्यालले बाँकी भागमा निर्माण कार्य जारी रहेको बताए।
आयोजना निर्माणपछि कैलालीको पूर्वी क्षेत्रका टिकापुर नगरपालिका र लम्कीचुहा नगरपालिका, पथरैया, दुर्गौली, जानकीनगर, प्रतापपुर, धनसिंपुर, नारायणपुर, मुनुवा गाविसको करिब २० हजार ३ सय हेक्टर जग्गामा सिँचाइ सुविधा पुग्ने बताइएको छ। आयोजना निर्माणको कुल खर्च सरकार, विश्व बैंकको ऋण र अनुदान तथा उपभोक्ताको श्रमदानसहित १२ अर्ब ६३ करोड २१ लाख रुपैयाँ रहेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्