
नयाँ दिल्ली- चीनले रेलवेमार्फत ठूलो परिमाणमा व्यापारिक सामाग्री तिब्बतको बाटो हुँदै नेपाल पठाउन थालेपछि भारत तर्सिएको छ । चीनले रेलबाट सामान नेपालतर्फ पठाउन थालेपछि भारतीय पक्षले भने आफूलाई झट्का दिने रणनीतिमा चीन जुटेको निचोड निकालेको छ ।
भारतीय पक्षले आफूलाई माथ दिनका लागि चीनले नेपालमा रेलबाट सामान पठाउनु आफ्ना लागि जोखिमपूर्ण कदमका रुपमा बुझेको छ। चीनले नेपालबाट भारतलाई घेर्ने यस रणनीतिमार्फत सबैभन्दा पहिले भारत र नेपालका बीच बेरोक टोक भइरहेको व्यापारमा लगाम लगाउने कदम चालेको भारतीय पक्षको बुझाइ छ ।
भारतलाई घेर्नका लागि चीनले आफ्नो देशबाट आपूर्ति हुने सामान तिब्बतको बाटोबाट नेपालतर्फ पठाएर नयाँ परिवहन सेवा शुरू गरेको छ। चीनको सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार नयाँ परिवहन सेवाका क्रममा चीनले तिब्बतसम्म रेलबाट ल्याएको करिब २८ करोड डलरको सामान त्यहाँबाट ट्रकमा लादेर नेपालको सीमा सहर केरुङबाट नेपालको राजधानी काठमाडौँका लागि पठाएको छ ।
यस परिवहन सेवाको शुरुआत शुक्रवार भएको हो । चीनको योजना नेपालसम्म एक रणनीतिक रेलवे लिङ्क स्थापित गर्ने पनि रहेको छ। यो रेल लिङ्क तिब्बतको केरुङ हुँदै नेपालसम्म पुग्नेछ । नेपालमा पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री पद सम्हालेपछि चीनले पहिलो पटक हिमाली देशमा उसैको भूमिबाट सिधै नेपालतर्फ पठाएको हो ।
चीनले बेइजिङबाट पठाएको सामान एक सातामै काठमाडौँ आइपुगेको हो । जबकि त्यही सामान भारतीय बन्दरगाह हुँदै नेपाल आइपुग्न कम्तिमा पनि ४० दिन लाग्थ्यो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नेपाल र चीनबीच भएको पारवहन तथा व्यापार सम्झौता अनुसार चीनले रसुवागढी नाका हुँदै यी सामान सिधै नेपाल पठाइरहेको छ।
चीनले सिधै नेपालमा सामान पठाउन सुरु गरेपछि पारवहन सम्झौता गर्ने तत्कालीन प्रधानमन्त्री ओलीलाई भारतीय सञ्चारमाध्यमले चीनतर्फ झुकाव राख्ने व्यक्तिकारुमा चित्रित गरेका छन् । ‘ओलीको झुकाव भारतसँग भन्दा कयौँ गुणा धेरै चीनसँग रहेको छ’, भारतीय मिडियाले लेखेका छन्, ‘भारतसँगको निर्भरता कम गर्नैका लागि ओलीले चीनसँग यो सम्झौता पनि गरेका हुन् ।
तर दुर्गम हिमाली भूगोलका कारण चीनबाट आउने सामान नेपालका लागि धेरै महंगा साबित हुने भारतीय पक्षको जिकिर छ । सिन्ह्वाका अनुसार यस कदमबाट चीन, नेपालसँग आफ्नो व्यापारिक सम्बन्ध बढाउन चाहन्छ । अर्कातिर चीन आफ्नो बेल्ट एन्ड रोड (सिल्क रोड) अभियानलाई तीब्र गतिमा अघि बढाइरहेको छ।
भारतले चीन र नेपालको यो कारोबारलाई सिल्क रोड निर्माण अभियानको एक हिस्साका रुपमा लिएको छ । सिन्ह्वाको रिपोर्टमा नेपालमा सुरु गरिएको परिवहन सेवाका लागि मालवाहक रेल चीनको ग्वान्डन्ग प्रान्तको राजधानी ग्वाङ्चु र तिब्बतको सिगात्सेबीच ५२०० किलोमिटर लामो दुरी तय गर्नेछ ।
यस मालवाहक रेलमा जुत्ता कपडा, फर्निचर, इलेक्ट्रोनिक्स र भवन निर्माणसँग सम्बन्धित सामान नेपाल पठाइएको छ । तिब्बतबाट अगाडि ८७० किलोमिटरको बाटो ट्रकबाट तय हुनेछ । ट्रकबाट यी सामानलाई केरुङबाट अन्तिम गन्तब्य काठमाडौँसम्म पुर्याइनेछ ।
- एसियन समाचार
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्