×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चीनका एअरक्राप्ट र सैन्य ड्रिलले अमेरिका र भारत तनावमा

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

चीनका एअरक्राप्ट र सैन्य ड्रिलले अमेरिका र भारत तनावमा

२ पुष २०७३, शनिबार

पढ्न लाग्ने समय: २ मिनेटभन्दा कम

दक्षिण कोरिया नजिकैको बोहाइ सागर इलाकामा चीनले आफ्नो एअरक्राप्ट क्यारियर र वारशिपसंगै लाइभ सैन्य ड्रिल सुरु गरेको छ । चीनको युद्ध अभ्यासको यो उचाइले अमेरिका र भारत दुवै तनावमा छन् ।
चीनले घोषित रुपमै अमेरिकाले विवादित भनेको उक्त क्षेत्रमा उच्च प्रकारको सैन्य ड्रिल सुरु गरेको यो पहिलो पटक हो । यस सैन्य ड्रिलले भावी अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पलाई ठूलो झट्का दिएको छ भने भारतको चुरीफुरीलाई समेत निराश बनाएको एसियाको भौगोलिक मामिलाका जानकारहरुको विश्लेषण छ ।
अमेरिकी राष्ट्रपतिको पदभार नसम्हाल्दै ताइवानका राष्ट्रपतिसंग ट्रम्पले विवादित फोन संवाद गरि अमेरिकाले यसअघि स्विकार्दै आएको एक चीन नीतिलाई तोडेपछि जवाफमा चीन दक्षिणी सागरमा थप आक्रामक वनेको हो । बोहाइ सागरको उच्च तहको सैन्य ड्रिल कुनै गुपचुप विषय नभएर चीनका सरकारी सञ्चारमाध्यमले पुष्टी गरेपछि ह्वाइट हाउस स्तब्ध वनेको छ ।
विहिवार चाइनेज सेन्ट्रल टेलिभिजनले चीनले आफ्ना समुन्द्री जहाज र विमानबाहक एअरक्राप्ट बोहाइ सागरमा उतारेको दृष्यलाई जोडतोडका साथ प्रसारण गरेको छ । जुन जहाज र एअरक्राप्टले आकाशदेखि आकाश, समुन्द्रदेखि समुन्द्र र समुन्द्रदेखि आकाश सम्म प्रहार गर्नसक्ने युद्ध अभ्यास जारी राखेका छन् ।
यस युद्ध अभ्याासमा चीनका खतरानाक मिसाइलहरुद्धारा लैस शेनयांग जे जेट फाइटर पनि सहभागि छ । एक विमानवाहक दस्ताले साँच्चिकै गोलाबारुद र उच्च प्रकारको युद्ध अभ्यास गरेको यो पहिलो पटक हो चाइनेज सेन्ट्रल टेलिभिजनले दावी गरेको छ । बोहाइ सागरको यो इलाका दक्षिण चीनसागरमा अवस्थित छ ।
यहाँ चिनिया सेनाको उपस्थितीले वेइजिंग माथि दबाव दिने कोशिसमा रहेका अन्तराष्ट्रिय शक्तिकेन्द्रलाई निकै ठूलो चुनौति खडा भएको छ । साउथ चाइना सी मा समुन्द्री चौकिलाई सैन्यकरण र ब्यारेकिकरण गर्ने वेइजिंग नीतिको अमेरिकाले यस अघि आलोचना गर्दै आएपनि वेइजिंगले त्यस्ता आलोचनालाई कुनै स्थान दिएको छैन ।
अमेरिकाले पनि उक्त क्षेत्रमा आफ्नो हवाइ र समुन्द्री उपस्थिती जनाउदै आएको छ । चीनले भने उक्त समुन्द्री भु भाग आफ्नो रहेको भन्दै विशेष अधिकार स्थापना गर्ने अभ्यास अगाडि वढाएको छ ।
बुधवार एकजना अमेरिकी थिंकट्यांकले चीनले दक्षिण चीनसागरका मानव निर्मित कृत्रिम द्धिपहरुमा एन्टी एअरक्राप्ट र एन्टी मिसाइल सिष्टम तैनाथ गरिरहेको बताए लगत्तै विहिवार चाइनेज सेन्ट्रल टेलिभिजनले दृष्य सहित रिपोर्ट प्रसारण गरेको हो ।
चीनले भने आफ्नो क्षेत्रमा सैन्य संरचना खडा गर्न वेइजिंगलाई पूर्ण अधिकार रहेको प्रतिक्रिया दिएको छ । विहिवार समाचार एजेन्सी शिन्ह्वाले युद्ध अभ्यास गरिएको बोहाइ सागरको उक्त इलाका चीनको भएको र त्यसमा कसैको दावी नरहेको वताएको छ ।
दक्षिणी चीन सागरमा अमेरिका र भारतको तिव्र चासो हुनु र चीनले कुनैपनि मुल्यमा आफ्नो स्वामित्व स्थापित गर्नुको रहस्य यस्तो छ ।
साउथ चाइना सी को ३५ लाख वर्ग किलोमिटर क्षेत्रमा तेल र ग्यासको भण्डार छ । त्यसैका लागि अमेरिकाले फिलिपिन्स, भियतनाम, मलेशिया,ताइवान,जापान र व्रुनाइलाई आ आफ्नो दावा गर्न उचालेको छ ।
साथै यो क्षेत्र अन्तराष्ट्रिय कनेक्टीभिटीका लागि मुख्य ब्यापारिक जलमार्ग पनि हो । यस क्षेत्रमा प्रतिबर्ष ७ ट्रिलियनको ब्यापारिक कारोबार हुने गर्छ । यसमा सबैभन्दा ठूलो हिस्सा अमेरिकाको छ भने भियतनामले दावा गरेको क्षेत्रमा तेल खोजीका लागि भारतलाई आमन्त्रण गरिएको छ ।
यस क्षेत्रमा हुने चीनिया गतिविधिको अमेरिकाले विरोध गर्दै आएपनि पाकिस्तानको ग्वादर बन्दरगाह आफ्नो सडकमार्ग चीन पाकिस्तान आर्थिक करिडोर बनाइसकेपछि चीनको पहुँच दक्षिण चीनसागरसम्मका लागि निकै सहज बनेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: