×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेयर बजारमा हल्लाको पछि लाग्नुहुँदैन

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १८ मंसिर २०७३, शनिबार

PRIME CA
laxmi sunrise bank

सेयर बजारमा हल्लाको पछि लाग्नुहुँदैन


उतार–चढावपूर्ण बजारबाट सेयर लगानीकर्ताले कसरी लाभ लिने ? 
अहिले बजार जोखिमपूर्ण अवस्थामा छ । यो उच्च अंकमा पुगेर फर्केको छ । हामीले विगतलाई हेर्दा पनि घट्दो बजारमा कहिले बढ्ने र फेरि घट्दो प्रवृत्ति देखिएको थियो । अहिले पनि त्यस्तै अवस्था हो कि भन्ने भान भएको छ। 
अर्कोतिर कतिपय लगानीकर्ता अझै बजार बढ्छ भन्ने मान्यता राख्छन् र केही घ भन्ने आशामा छन् । यस्तो अवस्थामा लगानीकर्ताले स्वाभाविक अनुमान गर्न सक्दैनन् । नयाँ लगानीकर्ता आए भने बजार बढ्न पनि सक्छ । आफूले कतिसम्म लगानी गर्न सक्छु र जोखिम उठाउन सक्छु भन्नेमा पहिले लगानीकर्ता आफैँ स्पष्ट हुनुपर्छ । लगानी होल्ड गर्ने आफ्नो क्षमतालाई मूल्यांकन गरी लगानी रणनीति बनाउनुपर्छ । कतिसम्म लोभ गर्ने वा कति नाफाको लक्ष्य राख्ने भन्ने अर्को महत्वपूर्ण कुरा हो । नाफाको लक्ष्य जति धेरै हुन्छ, जोखिम पनि त्यति बढी हुन्छ । त्यसलाई व्यवस्थापन गर्ने गरी नाफाको लक्ष्य राख्नुपर्छ ।

बजार घट्न थालेपछि मानिस सेयर बेच्न थाल्छन् । घट्दो बजारमा सेयर किन्ने कम्पनीको छनोट कसरी गर्न सकिन्छ ? 


घट्दो बजारमा पनि कतिपय कम्पनी आधारभूत रूपमा बलिया हुन्छन् । नियमित नाफामा रहेका र नाफाको दर बढाएका, प्रतिसेयर आम्दानी बढाएका, व्यावसायिक आकार बढाएका कम्पनी हुन्छन् । त्यस्ता कम्पनीको आधारभूत विश्लेषण गरी सेयर किन्नु उचित हुन्छ । त्यस्ता कम्पनीमा गरेको लगानी डुब्ने खतरा कम हुन्छ । 

पछिल्लो समय हल्लाको पछि लाग्नेले कमाउने र विश्लेषण गर्नेले गुमाउने अवस्था सिर्जना भयो भनिन्छ । यस्तो अवस्थामा लगानीकर्ताले कुन बाटो रोज्ने ? 


सुरुमा हल्लाको पछि लागेजस्तो देखियो । पछि त्यही कुरा सत्य सावित हुने प्रवृत्ति देखिएको हो । त्यो हल्ला नभएर आन्तरिक सूचनामा पहुँच पाउने अवस्था हो । त्यस्तो सूचनामा आधारित भएर गर्ने इन्साइडेड ट्रेडिङका कारण उनीहरूले नाफा कमाएका हुन् । त्यस्ता सूचनामा पहुँच पाउनेले अवसरको सदुपयोग गर्छन् । त्यसो गर्न नसक्नेले आधारभूत पक्षको विश्लेषण गरेर नै लगानी गर्नुपर्छ । 

अहिलेको अवस्थामा सेयर बजारमा लगानी गर्दा कस्तो रणनीति अपनाउनु उचित हुन्छ ? 

त्यो लगानीकर्ता आफैँमा भर पर्ने विषय हो । लगानीकर्ताको उद्देश्य अल्पकालीन रूपमा सेयरको व्यापार गरी पुँजीगत लाभ कमाउने हो । यसमा लगानीकर्ता अलि बढी नै स्मार्ट बन्नुपर्छ । अहिले बजारमा सेयरको आपूर्ति निकै बढेर गएको छ । हकप्रद र बोनस सेयरका रूपमा थुप्रै सेयर बजारमा आएको छ । लघुवित्त संस्था र जलविद्युत्ले नयाँ सेयर पनि बढाएका छन् । बैंक र बिमा कम्पनीले पनि पुँजी बढाउन अतिरिक्त निष्कासन (फर्दर पब्लिक अफरिङ–एफपिओ) जारी गरिरहेका छन् । यसले सेयर बजारमा आपूर्ति बढेको छ । तर, बैंकमा घट्दै गएको तरलता र बढ्दो ब्याजदरले सेयरको माग घटाउन सहयोग पुगेको छ । आपूर्ति बढ्ने र माग घट्ने अवस्था बन्दै गएको छ । यो विषयमा पनि लगानीकर्ताले सोचेर लगानी गर्नुपर्छ । हल्लाको पछि मात्रै लाग्नुहुन्न । 
सेयर लगानीकर्ताले ध्यान दिनुपर्ने अरू विषय के–के हुन् ? 


अल्पकालीन वा व्यापारिक प्रयोजनका लागि सेयरमा लगानी गर्ने हो भने बजारको चाल (मुभमेन्ट)लाई समात्न सक्नुपर्छ । त्यस्तो व्यक्तिले बजार केही तलमाथि हुँदा पनि कमाउने अवसर पाउँछ । यसमा लगानीकर्ता धेरै नै स्मार्ट हुनुपर्छ । दीर्घकालीन लगानीकर्ताले अरू धेरै कुरा विचार गर्नुपर्ने हुन्छ । एकातिर कम्पनीको आधारभूत अध्ययन गर्नुपर्छ । तर, त्यस्तो अध्ययनले मात्रै पनि काम गर्दैन । राजनीतिक घटनाक्रम, आर्थिक गतिविधि, ब्याजदर र वित्तीय प्रणालीको तरलतामा आउने परिवर्तन, बाह्य क्षेत्रको लगानी, वैकल्पिक लगानी अवसरजस्ता थुप्रै कुराले असर पार्छन् । यी सबै पक्षको मोटामोटी अध्ययन गरी सबैभन्दा राम्रो विकल्प छान्ने र त्यसमै लगानी गर्ने गर्नुपर्छ ।
  • नयाँ पत्रिकाबाट 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: