
- अर्थ सरोकार सम्बाददाता
नेश्नल हाइड्रोपावर कम्पनीमा अर्वौँको घोटाला भएको तथ्यको खुलासा भएको छ । कम्पनीको पछिल्ला केहि बर्षको लेखापरिक्षण प्रतिवेदन (अडिट रिपोर्ट) केलाउँदा यस्तो घोटालाको तथ्यको खुलासा भएको हो । लेखा परिक्षण प्रतिवेदनलाइ केलाएर हेर्दा कम्पनीका नयाँ तथा सञ्चालक र व्यवस्थापन मिलेर अर्वौँको घोटाला गरेको स्पष्ट देख्न सकिन्छ । आर्थिक वर्ष २०६८-०६९ देखि २०७१-०७२ सम्मका लेखापरिक्षण प्रतिवेदन पल्टाएर हेर्दा यस्तो तथ्य फेला परेको हो ।
एक अर्व पढी घोटाला, सेवा बिकास बैंकमा डाइरेक्टर अझै घोटाला गर्दै
नेशनल हाइड्रोमा एक गिरोह नै मिलेर झण्डै एक अर्ब रुपैयाँभन्दा बढी रकम घोटाला गरेको छ । अहिलेपनि विश्वेश्वर सुवेदी नामका एक जना सञ्चालकलाई भोजपुरको इर्खु खोलामा १४ मेगावाटको प्रोजेक्ट सञ्चालन गर्न भनी सीईओ बनाएर घोटाला गर्न थालिएको छ । उनी सेवा विकास बैंकका डाईरेक्टर पनि हुन् । हालका प्रबन्ध निर्देशकको समेत मिलेमतोमा उनी यसरी हाइड्रोको पैसामाथि मनोमानी गर्दै मोटाउन पल्किएका छन्। र्पति मेगावाट ५५ देखि ६० करोड पुर्याएर, इन्द्रावतीको कर्जा नतिरी प्रोजेक्ट समेत संचालन नगरी घोटाला गरिएको छ ।
यसरी खुल्यो घोटालाको रहस्य
नेशनल हाइड्रोका चार आर्थिक वर्षको प्रतिवेदन हेर्ने हो भने हाइड्रोको निर्माण खर्चमा वार्षिक प्रतिवेदनको पाना नम्बर १७ मा एक अर्ब ७७ करोड २२ लाख ६८ हजार सात सय ८२ रुपैयाँ ४६ पैसा करोड ९८ लाख ५० हजार एक सय ९७ रुपैया लागत भएको देखिन्छ । २० वर्षअगाडि निर्माण गरिएको यो प्रोजेक्टको लागत ७.६ मेगावाटको ६० देखि ७० करोड रुपैयाँ लाग्नुपर्ने भएपनि बढी मूल्यांकन गरी एक अर्ब ७७ करोड रुपैया घोटाला गरेको प्रतिवेदनमा स्पष्ट देखिएको छ ।
प्रतिवेदनको पाना नम्बर ३० मा सुनकोशी हाइड्रोपावरको क्षमता ४.५ मेगावाट भन्ने उल्लेख छ । जसमा ३५ करोड रुपैया लगानी गरी पाना नम्बर १५ अनुसार १९ करोड ९९ लाख ७४ हजार नौ सय सात रुपैयाँ विभिन्न बैंकबाट ऋण लिई ५४ करोड ९९ लाख ७४ हजार नौ सय सात रुपैयाँ खर्च भएको देखिएको छ । उक्त रकमबाट प्रोजेक्टनै सम्पन्न भइसक्नुपर्नेमा २० प्रतिशत कामपनि नभएको रिपोर्टमा स्पष्ट रुपमा उल्लेख छ । ‘यसबाट कम्पनीमा कति ठूलो परिमाणमा भ्रष्टाचार भएको छ भन्ने कुरा प्रष्ट हुन्छ,’ रिपोर्टमा भनिएको छ ।
कसले गरेको थियो हाइड्रोको लेखापरीक्षण ?
नेशनल हाइड्रोको आर्थिक वर्ष २०६९/०७०, २०७०/०७१ र २०७१/०७२ को लेखपरीक्षण सिए ज्योति प्रकाश पाण्डेको फर्म जेपी पाण्डे एण्ड एसोसिएटस् ले गरेको छ भने २०६८-०६९ र २०६७-०६८ को लेखापरीक्षण सिए अनील पौडेलको अडिट फर्म एपी एण्ड एसोसिएट्सले गरेको छ । त्यसअघिको दुई आर्थिक वर्षको लेखापरीक्षण सिए एसी लालको फर्म एसीलाल एसोसिएट्सले गरेको छ । ती सबै अडिट रिपोर्ट प्रमाणित गर्ने व्यक्तिहरुको सूचीमा अहिलेका हाइड्रोका निर्देशक प्रकाश रजौरे छन्।
पानीमाथिको ओभानो बन्न खोज्दै पाण्डे र रजौर
नेशनल हाइड्रोमा पहिले लक्ष्मीबहादुर श्रेष्ठको बोलवाला रहेको थियो भने उनका छोरा जेन श्रेष्ठ हैद्रोका प्रबन्ध निर्देशक रहेका थिए । त्यतिबेला अहिलेका प्रबन्ध सञ्चालक प्रकाश रजौरे एनबी ग्रुपकै पछि लागेर हिंड्ने गरेको भएपनि एनबी ग्रुपको पतनपछि अहिलेका अध्यक्ष कुमार पाण्डे, प्रबन्ध सञ्चालक प्रकाश रजौरे तथा सञ्चालक विश्वेश्वर सुवेदीहरु लक्ष्मीबहादुरको साथ छोडेर असन्तुष्ट पक्षसँग मिल्न गएको हाइड्रो स्रोतले बताएको छ । उतिबेला मिलेर गरिएको घोटाला अहिले आफ्नो नेतृत्वमा पुगेपछि लक्ष्मीबहादुरहरुको एकलौटी करामत भनी आफू पानीमाथिको ओभानो हुने प्रयासमा पाण्डे र रजौरे लागेको स्रोतको दावी छ ।
यस्तो पनि देखायो अडीट रिपोर्टले
हाइड्रोको प्रतिवेदन पल्टाएर हेर्ने हो भने १३ करोड २९ लाख २८ हजार छ सय ४२ रुपैयाँ ५६ को कुनैपनि ‘सपोर्टिङ डकुमेन्ट’ नभएकोले विभिन्न व्यक्ति तथा कम्पनीको नाउँमा अनियमित तरिकाले १३ करोड २९ लाख २८ हजार छ सय ४२ रुपैयाँ ५६ पैसा पेश्की खर्च लेखी घोटाला गरेको उल्लेख गरिएको छ । यसमा व्यक्तिगत जमानी दिने संस्थापन समूहका लक्ष्मीबहादुर श्रेष्ठ र एवं प्रबन्ध निर्देशक जेन श्रेष्ठ समेतले जमानी दिएको हुँदा निजहरुकै घरघरानाबाट असुलउपर गरी १३ करोड २९ लाख २८ हजार छ सय ४२ रुपैयाँ ५६ पैसा असुल गर्नुपर्ने पनि उल्लेख छ । यसैगरी सुनकोशी हाइड्रोमा लक्ष्मीबहादुर तथा जेन श्रेष्ठले हकप्रद सेयर निष्काशन गर्दा सात करोड रुपैयाँ घोटाला गरेको देखिएको छ । त्यसैगरी प्रतिवेदनको पाना नम्बर २४ मा टीडीएसबापत चार-पाँच करोड रुपैयाँ तिनुपर्ने देखिएको पनि प्रतिवेदनमा उल्लेख छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्