×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

हेर्नुस निन्द्रा नलाग्ने कारण यस्ता छन्

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

हेर्नुस निन्द्रा नलाग्ने कारण यस्ता छन्

१० पुष २०७३, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार संम्वाददाता 

काठमाण्डौ – आजभोली धेरै जस्तो मान्छेको जिवन शैली अति नै व्यस्त भएको पाइन्छ । धेरैजसो मानिसहरु निन्द्राको समस्याबाट गुज्रिरहेको पाइन्छ । निन्द्रा नलाग्दा भोलीपल्टको दिन पनि खराब हुने धेरैको अनुभव छ । राम्ररी निन्द्रा नपर्दा टाउको भारी हुने र शरीरमा उर्जा कम हुने गर्छ । यसरी पर्याप्त नसुत्दा र कम सुत्ने बानीले विभिन्न रोग निम्त्याउने गर्छ । विज्ञहरुका अनुसार यस्ता कारणले निन्द्रा पर्दैन ।
कफी सेवन् — रातको समयमा कफी पिउनु निकै हानी कारक मानिन्छ । कफीमा भएको क्याफीनले निन्द्रा लाग्नबाट रोक्छ । कफीले दिमागलाई उत्तेजित बनाउने र राती लामो समयसम्म सक्रिय बनाउने भएकाले सुत्नेबेलमा कफी खाने बानी बन्द गर्नुपर्छ ।
चम्किलो बत्ती — राती सुत्दा बत्ती बालेर सुत्ने बानी छ भने पनि समयमा निन्द्रा पर्दैन । बत्ती बालेर सुत्दा दिउँसको जस्तो वातावरणा देखिने भएाले बत्ती निभाएर सुत्नु नै राम्रो हुन्छ । बत्ती निभाएर सुत्दा आँखाामा शितलता प्रदान हुने पनि विभिन्न अध्ययले देखाएको छ ।
सुत्नुअघि मदिरा सेवन् गर्ने — मदिरा पिउनु त्यसै पनि राम्रो बानी होइन । कतिपय मानिसको रातमा निन्द्रा नपर्दा मदिरा सेवन गर्ने बानी हुन्छ । सुत्नेबेलामा मदिरा पिउनाले इन्सोमेनियाको खतरा हुन्छ ।
खाना र निन्द्रबीचको ग्याप — हामीले खाना खाने गरेको र सुत्ने गरेको समयको ग्याप बढि या घटि भयो भने पनि निन्द्रा लाग्दैन । कम्तीमा पनि डिनर लिने र सुत्ने समयबीच दुई घण्टाको अन्तर हुनु जरुरी छ । खाने बित्तिकै सुत्दा पाचन प्रणालीमा असर गर्छ भने धेरै चाँडो खाना खाएर ढिलो सुत्दा रातमा भोक लागेर निन्द्रा बिग्रन्छ ।
विवााद र झगडा — यदि तपाई सुत्नेबेलामा कसैसँग झगडा गर्नुहुन्छ भने राम्रो निन्द्रा पर्दैन । तनाव भएको समयमा सुत्दा मुड खराब हुनुको साथै अतिरिक्त शरीरमा हर्मनको सन्तुलन बिग्रन्छ ।
चर्को गीत संगीत — सुत्नेबेलामा चर्को गीत संगीत सुन्ने गर्नाले सनन्द्रा बिग्रन्छ । यदी कसैको सुत्ने समयमा गीत संगीत सुन्ने बानी नै छ भने सफ्ट म्युजिक सुन्न सकिन्छ ।
धेरै खाने या खाली पेट सुत्ने — धेरै खानाले र खाली पेट सुत्दा पनि निन्दामा असर पर्छ । कतिपय खानेुकुराले निन्द्रामा  गहिरो असर गर्ने हुनाले दिमागलाई शान्त र आनन्द दिने खानेकुरा खाने गर्नुपर्छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: