
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – जिल्ला प्रहरी कार्यालयले अवैध रुपमा घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण रोक्न अभियान सञ्चालन गरेपछि जिल्लामा राजस्व बृद्धि हुँदै गएको छ। जिल्लाका विभिन्न बजारहरुमा अनुमति बिना मदिरा उत्पादन तथा बिक्री वितरण हुँदै आएका व्यवसायीहरुले धमाधम अनुमति लिन थालेपछि राजस्व बृद्धि हुँदै गएको हो।
एक हप्ता अघिदेखि जिल्ला प्रहरी कार्यालयले जिल्ला प्रशासन, उद्योग वाणिज्य संघसँग समन्वय गरेर अवैध घरेलु मदिरा नियन्त्रण गरि नष्ट गर्दै आएको छ। प्रहरीले जिल्लाको मुख्य बजारहरु मुसीकोट खलंगा, झल्नेटा, सिम्रुतु, सिम्ली, सोलावाङ, पुर्तिमकाँडा, रुकुमकोट, आठविसकोट लगायतका बजारहरुबाट सयौं लिटर घरेलु मदिरा नियन्त्रण गरि नष्ट गरिसकेको प्रहरी नायव उपरीक्षक अंगुर जीसीले जानकारी दिए।
अनुगमनका क्रममा ग्रामिण क्षेत्रमा धेरै व्यापारिहरुले अनुमति बिना सिसाको मदिरा र घरेलु मदिरा बिक्री वितरण गरेको पाइएको प्रहरीले जनाएको छ। प्रहरीले पहिलो पटक मदिरा मात्र बरामद गरिएको र दोस्रो पटक पुनः मदिरा भेटिएमा कानुन बमोजिम कारवाही हुने बताएपछि यहाँका व्यापारीहरुले मदिराका लागि अनुमति लिन थालेका छन्।
कोष तथा लेखा नियन्त्रण कार्यालयमा मदिरा बिक्री वितरणको लागि ४० जना भन्दा बढिले अनुमिति लिइसकेका छन्। जसबाट दुई लाख भन्दा बढि राजस्व संकलन भएको कार्यालयकी कम्प्युटर अपरेटर संगीता आचार्यले जानकारी दिइन्। मदिरा बिक्री वितरणका लागि अनुमति लिन नगरपालिका भित्रका व्यापारिहरुले सात हजार र गाविसका व्यवसायीहरुले तीन हजार राजस्व तिर्नु पर्छ। त्यस्तै घरेलु तथा साना उद्योग विकास समितिको समेत राजस्वमा बृद्धि आएको छ। यहाँ ४० भन्दा बढि व्यापारीहरुले अनुमति लिएका छन्।
व्यापारको पुँजी अनुसार कार्यालयमा राजस्व तिर्नु पर्ने घरेलु तथा साना उद्योग विकास समितिका निमित्त उद्योग अधिकृत लक्ष्मण कुमार शर्माले जानकारी दिए। उनका अनुसार एक लाख देखि ३ लाखसम्म ३ हजार १ सय १०, ३ लाखदेखि ५ लाखसम्म ६ हजार १ सय १० र ५ लाखदेखि ५० लाखसम्म १२ हजार राजस्व तिर्नुपर्छ।
प्रहरीले यो अभियान सञ्चालन गरेदेखि यहाँ २ लाख भन्दा बढि राजश्व संकलन भएको छ। यहाँ दैनिक ८ देखि १० जनासम्म घरेलु मदिराको अनुमति लिन आउने गरेको कार्यालयले जनाएको छ। उद्योग वाणिज्य संघबाट ९० जनाले अनुमति लिएका छन्। यहाँ सेवा शुल्क भनेर २६ सय रुपयाँ राजस्व लाग्ने रुकुम उद्योग वाणिज्य संघका कार्यालय प्रमुख हिरामणी बस्यालले बताए। प्रहरीले उक्त अभियान सञ्चालन गरेपछि मदिरा बेचबिखनबाट यस वर्षको राजश्व संकलन बढ्ने देखिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्