
- अर्थ सरोकार संम्वाददाता
काठमाडौं – चुक्ता पूँजी ८ अर्ब रुपैयाँ पुर्याउने अवधि अब ६ महिना मात्र छ। डेढ बर्षअघि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत बाणिज्य बैंकहरुको चुक्ता पूँजी २ अर्बबाट ८ अर्ब रुपैयाँ पुर्याउनु पर्ने व्यवस्था गरेको थियो।
राष्ट्र बैंकको ब्यवस्था अनुसार दुई बाणिज्य बैंकले पूँजी ८ अर्ब रुपैयाँ पुर्याइसकेका छन्। पूँजी पूर्याउनेमा राष्ट्रिय वाणिज्य बैंक र नेपाल इन्भेष्टमेन्ट बैंक हुन् । राष्ट्र बैंक नियमन विभाग प्रमुख नारायणप्रसाद पौडेलका अनुसार नौं वटा वाणिज्य बैंकलाई भने चूक्ता पूँजी पुर्याउन निक्कै हम्मे छ। नौंमध्ये पनि पाँच वटाले पूँजी पुर्याउन सक्ने सम्भावना क्षिण छ।
राष्ट्र बैंक प्रवक्तासमेत रहेका पौडेलले चैतसम्म तीन वाणिज्य बैंकले आठ अर्ब रुपैयाँ पूँजी पुर्याउने बताए । ुराष्ट्र बैंकको निर्देशन अनुसार समयमा पूँजी नपुर्याउनेलाई कारवाही गर्ने हामीसँग स्पष्ट कानुनी व्यवस्था छु अर्थको अर्थले आयोजना गरेको कार्यक्रममा वोल्दै पौडेलले भने, ुनयाँ आएको राष्ट्र बैंक ऐनले निर्देशन अवज्ञा गर्नेलाई कारवाही गर्ने बाटो दिएको छ। सञ्चालकहरुसमेत कारवाही गर्न सकिन्छ।
पौडेलले चुक्ता पूँजी ८ अर्ब रुपैयाँ पूर्याउन कठिन भएका बैंकहरुको नाम भने भनेनन् । राष्ट्र बैंक स्रोतका अनुसार, मेगा, सिभिल, सेञ्चुरी, जनता र कुमारी बैंकलाई चुक्ता पूँजी आठ अर्ब पुर्याउन गाह्रो छ । हामीले चुक्ता पूँजी पुर्याउन कठिन भएका बैंकहरुसँग छलफल गरिरहेका छौं। विभागले अहिले त्यसलाई हेरिरहेको छु गभर्नर डा। चिरञ्जिबी नेपालले भने, पूँजी बृद्धि गर्ने उपाय मर्जर, वोनस र हकप्रद भएकाले उपयुक्त विकल्पमा जान पनि भनेका छौं।
उनले चुक्ता पूँजी बृद्धिको निर्णयपछि धेरै संस्थाहरु मर्जरमा गए पनि वाणिज्य बैकहरुमा खासै प्रगति नभएको बताए। पौडेलले १३० वटा संस्था मर्जर भएर ४२ वटामा झरेको जानकारी दिँदै केही दिनमै तीन वटा गाभिएर एकिकृत कारोबार गर्ने बताए । उनले २५ वटा संस्थाले सैद्धान्ति स्वीकृत पाइसकेकाले ती संस्था गाभिएर १० मा झर्ने बताए। १० वटाले चार वटामा झर्नका लागि निवेदन दिएका छन्।
ुविकास बैंक र फाइनान्स कम्पनीहरुमा उल्लेख्य मर्जर भएको छु पौडेलले भने, तर यी संस्थाहरुले तोकिएको पूँजी पुर्याउन निक्कै कठिन देखिएको छ। उनीहरुले निक्कै नै मेहेनत गर्नु पर्ने देखिन्छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्