
- अर्थ सरोकार संम्वाददाता
काठमाण्डौ – सामान्यतया केरा पाकेपछि फलफूलको रुपमा खाने गरिन्छ। तर पछिल्लो समय काँचो केराको बिभिन्न परिकार बनाएर पनि खाने गरिएको छ। जारी चितवन महोत्सवमा एउटा स्टलमा केराको मात्रै परिकार बिक्री गरिन्छ। यो स्टलमा दिनभर ग्राहकको भीड हुन्छ। उनीहरु केराको म:म, पकौडा र चिप्स खाएर फर्किन्छन्।
गैडाकोट नगरपालिका १४ अमरापुरीका प्रजापति कँडेललाई केराको मःम खाने औधी रहर थियो। केराबाट पनि मःम बन्छ भन्ने उत्सुकता पहिलेदेखिकै हो। महोत्सवमा देखेपछि मस्म चाखिन्। ‘आधा घण्टा लाइन मै बसेर केराको मस्म खाएँ, साह्रै मिठो,’ कँडेलले भनिन्। मस्म खान मात्रै होइन पैसा तिर्न पनि उपभोक्ताहरु लाइनमा बस्न बाध्य थिए।
भरतपुर १० की मिठु श्रेष्ठलाई पनि केराको मःम निकै मन पर्यो। उनीहरुलाई मात्रै होइन महोत्सव घुम्न आएका धेरैले केराको परिकार खाएर भोक मेटाए। स्दादिष्ट, सस्तो र स्वास्थ्यका लागि पनि फाइदा गर्ने हुनाले जो कसैको रोजाई केरा नै थियो। केराको परिकार खान आयोजक चितवन केरा उत्पादक संघले टिकटको व्यवस्था गरेको छ। टिकट लिनकै लागि ग्राहकहरुको तछाड मछाड देखिन्थ्यो। बुढापाकादेखि केटाकेटीसम्म लाइनमा बसेका थिए।
महोत्सवमा निकै लोकप्रिय बनेको केराको परिकारको स्टलमा दैनिक लाखको कारोबार भइरहेको छ। ‘ग्राहकको माग पूरा गर्न कामदारलाई भ्यान नभ्याई छ, चितवन केरा उत्पादक संघका अध्यक्ष विष्णुहरि पन्तले भने दैनिक एक लाख भन्दा वढीको कारोबार भइरहेको छ।’
शुक्रबार एकै दिन १ लाख ७२ हजारको कारोबार भएकोमा शनिबार भने २ लाख ३० हजारको कारोवबार भएको अध्यक्ष पन्तले बताए। केराको मःम, अचार, पकौडा, चिप्स केरा परिसर रहेको स्टलमा पुगेर खाने व्यवस्था आयोजकले मिलाएको छ।
केराको मःम चिप्स, वुङ्गोको अचार र पकौडालाई प्रति प्लेट ७० रुपैयाँमा बिक्री गर्ने गरिएको छ। केराको परिकार बनाउन संघका पदाधिकारीसहित ४० जना कामदार खटिएका छन्।
अघिल्लो पटकको महोत्सवमा १२ लाखको कारोबार भएकोमा यस पटक भने १५ लाखसम्म पुग्ने अनुमान चितवन केरा उत्पादक संघको छ। चितवनमा करिब २५ सय विगाहामा ६ सय भन्दा बढी किसानले केरा खेती गर्दै आएका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्